इनरुवा । सुनसरीकाे भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजादले स्थानीय खेलाडीहरूलाई प्रोत्साहन गर्न जर्सी वितरण गरेका छन्। गाउँपालिकाको समग्र खेलकुद विकास र खेलाडीहरूको मनोबल अभिवृद्धि गर्ने उद्देश्यले स्थानीय खेलाडीहरूलाई जर्सी वितरण गरिएको हो।
गाउँपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष आजादले स्थानीय खेलाडीहरूलाई जर्सी हस्तान्तरण गरेका हुन्। कार्यक्रममा बोल्दै उनले खेलकुदले समाजमा सकारात्मक सन्देश प्रवाह गर्नेदेखि युवाहरूलाई सशक्त बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए।
“खेलकुदमार्फत हाम्रो समुदायका युवाहरूलाई सही मार्गतर्फ उन्मुख गराउन सकिन्छ। यसका लागि गाउँपालिकाले सधैं खेलाडीहरूको साथ दिनेछ,” अध्यक्ष आजादले भने।
जर्सी वितरण कार्यक्रममा विभिन्न वडाका स्थानीय खेलाडीहरू, वडा अध्यक्षहरू, र खेलकुदप्रेमीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमका सहभागीहरूले गाउँपालिकाले खेलकुद क्षेत्रलाई दिएको प्राथमिकताप्रति धन्यवाद व्यक्त गरे।
यता भोक्राहा नरसिंह गाउँपालिका यसअघि पनि स्थानीय स्तरमा खेलकुद प्रतियोगिता आयोजना गर्दै आएको छ। अध्यक्ष आजादले स्थानीय खेलाडीहरूकाे लागि खेलकुद विकासका गर्न विभिन्न योजनाहरू कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन्।










Discussion about this post