इनरुवा । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिका कार्यालयकाे सभाहलमा सेवा प्रवाहकाे मापदण्ड सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम भाेक्राहा नरसिंह गाउँपालिका कार्यालयकाे आयाेजना तथा समाधान नेपाल प्रा.लि., भक्तपुरकाे सहजीकरणमा हिजो आइतबार सम्पन्न भएको हो।
गाउँपालिका कार्यालयदेखि प्रत्येक वडासम्म सेवा डिजिटल र व्यवस्थित बनाउन डिजिटल दर्ता तथा चलानीको महत्त्वबारे छलफल गरिएको थियो। कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका शाखा अधिकृत युवराज आचार्य र राम गुरूङ लगायतका विज्ञ प्रशिक्षकहरूले सहभागीहरूलाई तालिम प्रदान गरेका छन्।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरेले अध्यक्षता गरेका थिए भने निमित्त पालिका अध्यक्ष सुनिता कुमारी उराँवले प्रमुख आतिथ्य प्रदान गरिन्। प्रमुख अतिथिले नागरिकलाई छिटो, छरितो र पारदर्शी सेवा प्रदान गर्नका लागि पालिकाले डिजिटल प्रविधिको प्रयोगलाई प्राथमिकता दिइरहेको बताए।
तालिमका सहभागीहरूले डिजिटल सेवा प्रणालीले जनताका दैनिक कामकाजमा सहजता ल्याउने विश्वास व्यक्त गरेका छन्। कार्यक्रमले गाउँपालिकाभित्र सेवा प्रवाहलाई थप चुस्त र प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
अन्तर्क्रिया कार्यक्रममा विभिन्न वडाका जनप्रतिनिधि, कर्मचारी, र सेवाग्राहीको उल्लेखनीय उपस्थिति रहेको थियो।










Discussion about this post