दिपेन्द्र यादव/सुनसरी: शिक्षा क्षेत्रमा सुधार ल्याउँदै बालबालिकाको भविष्य उज्यालो बनाउनका लागि मधेश प्रदेशको बर्दिवासमा दुईदिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र स्ट्रिट चाइल्ड अफ नेपाल को सहकार्यमा आयोजित यो कार्यक्रम ReAL योजना (Recovery and Accelerated Learning) अन्तर्गत सञ्चालन गरिएको थियो।
उता कोभिड महामारीका कारण विद्यालय बन्द हुँदा बालबालिकाले सिकाइको अवसर गुमाउन पुगेका थिए। यसले शिक्षा क्षेत्रमा गम्भीर असमानता निम्त्याएको थियो। यस्तो समस्यालाई सम्बोधन गर्दै शिक्षा मन्त्रालयले ReAL योजना कार्यान्वयन सुरु गरेको हो ।
त्यसैगरी कार्यक्रमको दोस्रो दिन ५० भन्दा बढी प्रशिक्षकहरूको सहभागितामा प्रशिक्षण सम्पन्न भयो। प्रशिक्षकहरूले Teaching at the Right Level (TaRL) पद्धतिको आधारमा बालबालिकाको सिकाइ सुधार्न नयाँ तरिका र रणनीतिहरूमा प्रशिक्षण लिएका थिए।
कार्यक्रममा TaRL पद्धतिमा विद्यार्थीको सिकाइ स्तर मूल्यांकन गरी सोहीअनुसार समूहमा विभाजन गरिन्छ र उपयुक्त शिक्षण सामग्री उपलब्ध गराएको थियोे ।
त्यसैगरी कार्यक्रम प्रशिक्षणका प्रमुख प्रशिक्षकहरू शिक्षा मन्त्रालय र स्ट्रिट चाइल्ड अफ नेपाल का विशेषज्ञ थिए। उनीहरूले ReAL योजनाका चार मुख्य प्रक्रियाहरूलाई प्रस्ट पारेका थिए ।
उक्त कार्यक्रममा सिकाइ स्तर परीक्षण: विद्यार्थीहरूको वर्तमान अवस्था पत्ता लगाउन परीक्षण गरिने,समूह वर्गीकरण: समान स्तर भएका बालबालिकालाई समूहबद्ध गरिने, सिकाइ सुधारका गतिविधिहरू: ६ देखि १० हप्तासम्मको योजना तयार गरी आवश्यक गतिविधिहरू सञ्चालन गरिने, नतिजा व्यवस्थापन: सुधारको स्तर परीक्षण गरी IEMIS (एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली) मा नतिजा प्रविष्ट गरिने जनाएका छन् ।
त्यसैगरी शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक टुकराज अधिकारीले प्रशिक्षण समापन समारोहमा ReAL योजनाको महत्त्वबारे भने, “ReAL योजनाले बालबालिकाको सिकाइ स्तरमा महत्वपूर्ण सुधार ल्याउनेछ। यसका लागि सरकारले आवश्यक बजेटको व्यवस्था गरिसकेको बताए ।
कार्यक्रमको अन्त्यमा, धनुषा र भक्तपुरका विभिन्न स्थानीय तहका प्रतिनिधिहरूले आगामी शैक्षिक सत्रदेखि ReAL योजना लागू गर्ने प्रतिबद्धता जनाए।










Discussion about this post