विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले पुस २१ गते कोशी प्रदेश प्रहरी तालिम केन्द्र रानी विराटनगरको स्थलगत निरीक्षण भ्रमण गर्नु भएको छ। निरीक्षणको क्रममा उहाँले तालिम केन्द्रका प्रहरी व्यारेक, मेष, चमेना, क्यान्टिन, पुस्ताकलय, आन्तरिक र बाह्य प्रशिक्षण कक्ष र प्रशिक्षार्थीहरूको व्यक्तिगत टर्न आउटको अवलोकन गर्नुभयो।
निरीक्षणपछि, प्रदेश प्रहरी प्रमुख अधिकारीले तालिम केन्द्रलाई व्यवसायिक प्रहरी जनशक्ति उत्पादन गर्ने उद्गम स्थल भएको भन्दै प्रशिक्षकहरूले उच्च मनोबलका साथ वैज्ञानिक विधिमा तालिम दिनुपर्ने कुरामा जोड दिनुभयो। उहाँले प्रशिक्षार्थीहरूलाई जनअपेक्षाअनुसार प्रहरी सेवा प्रवाह गर्नका लागि अनुशासित, कर्तव्यपरायण र जिम्मेवार प्रहरी जनशक्ति तयार पार्न निर्देशन दिनुभयो।
प्रशिक्षण केन्द्रको कार्यप्रणालीको बारेमा टिप्पणी गर्दै, उहाँले तालिम केन्द्रले समाजलाई जीवन्त, गतिशील र सुरक्षित राख्नका लागि तालिमरत प्रहरी कर्मचारीलाई प्रस्तुत हुन सिकाउनु पर्नेमा जोड दिनुभयो। साथै, प्रशिक्षकहरूले प्रत्येक विषयमा नमुना हुन जरुरी रहेको बताए।
कोशी प्रदेश प्रहरी प्रमुखले तालिम केन्द्रमा वृक्षारोपण कार्यक्रम पनि सञ्चालन गर्नुभयो। तालिम केन्द्रका समादेशक, प्रहरी वरिष्ठ उपरीक्षक अबि नारायण काफ्लेले तालिम केन्द्रको समग्र स्थिति प्रस्तुत गर्दै निरीक्षण भ्रमण सम्पन्न भएको थियो।










Discussion about this post