इनरुवा : सुनसरीको इनरुवा नगरपालिका-१ निवासी इन्द्र प्रसाद पोखरेल भूमि समस्या समाधान आयोग, जिल्ला समिति सुनसरीको अध्यक्षमा नियुक्त भएका छन्। पुस २९ गते मन्त्रिस्तरीय निर्णयबाट उहाँलाई नियुक्त गरिएको हो।
भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि गठित आयोगले दशकौँदेखि थाती रहेका भूमि विवाद समाधान गर्ने अपेक्षा गरिएको छ।
पोखरेलले भूमिहीनहरूको समस्या समाधान गर्न कानूनी र प्रशासनिक प्रक्रिया चुस्त बनाउने प्रतिबद्धता जनाएका छन्। स्थानीय जनप्रतिनिधि र सरोकारवालाहरूले आयोगको नेतृत्वले भूमि व्यवस्थापनका मुद्दाहरू प्रभावकारी रूपमा समाधान गर्ने विश्वास व्यक्त गरेका छन्।
नवनियुक्त अध्यक्ष पोखरेललाई बधाई दिने क्रम जारी छ। आयोगले छिट्टै कार्ययोजना सार्वजनिक गर्ने बताएको छ।










Discussion about this post