दुहबी / सुनसरीको दुह्बी नगरपालिकाको १६ औ नगरसभा सम्पन्न भएको छ। नगरप्रमुख वेदनारायण गच्छादारको अध्यक्षता मा आयोजित उक्त नगरसभा मा उपप्रमुख मेनुका खतीवडा , प्रमुख प्रशासकिय अधिकृत हिमालय बराल, वडा नम्बर १ देखि १२ सम्मका वडा अध्यक्ष , कार्यपालिका सदस्य लगायत जनप्रतिनिधीहरु, बिभिन्न साखाका कर्मचारी , पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
नगर प्रमुख वेद गच्छादारले चालु आर्थीक बर्षमा अपेक्षा गरिएको राजश्व संकलन गर्न नसक्दा बिभिन्न बिषयगत शाखाहरुको बजेट कटौती गर्नु परेको बताए। चालु आर्थिक बर्षको लक्षित बजेट १अर्ब ५ करोड आकल गरिएको थियो जसमध्य राजस्व संकलन तर्फ २० करोड ७३ लाख ८१ हजार लक्ष गरेको भएपनि हाल सम्म ३ करोड २३ लाख मात्र संगलन गर्न सकिएको हुदा शाखा गत बजेट कटौति गर्नु परेको नगर प्रमुखले जनाएका छन ।
कृषी शाखाबाट १७ लाख ९० हजार, पन्जिकरण शाखाबाट २ लाख ३० हजार, उद्यमबिकाश साखाबाट १२ लाख, रोजगार साखाबाट ५ लाख, बातावरण शाखाबाट ७ लाख, योजनासाखा बात २ लाख , राजश्व शाखाबाट ५ लाख, पशु शाखाबाट २३ लाख ७० हजार, प्रशासन शाखाबाट ४ लाख, सहकारी शाखाबाट ३ लाख ५० हजार, शिक्षा बाट ३० लाख ७० हजार, सुचना प्रबिधी बाट १ लाख स्वास्थ्य शाखाबाट ४४ लाख , महिला बालबालिका शाखाबाट ७ लाख, न्यायिक शाखाबाट ८ लाख ५० हजार र पुर्वाधार बाट ६ करोड ५६ लाख ६८ हजार ४३ रुपैया ५५ पैसा गरी जम्म ८ करोड ३० लाख २८ हजार ४३ रुपैया ५५ पैसा कटौती गरेको जनाए ।
प्रदेश सरकार बाट राजश्व बाडफाडमा आउने पर्ने १ करोड ४२ लाख भएपनि हाल सम्म ४२ लाख ९७ हजार मात्रै आएको, संघिय सरकार बाट ११ करोड ७६ लाख आउनु पर्नेमा हाल सम्म ३ करोड ४७ लाख मात्रै आएको हुदा लक्ष अनुसारको बजेट स्थानिय राजस्व र प्रदेश तथा संघिय राजश्व बाडफाड र बित्तिय समानिकरणको बजेट तुलानात्मक रुपमा आउन नसक्ने हुदा नगरपालिका मार्फत सन्चालन हुने बिकाश निर्माणका काम हरु प्रभाबित हुन नदिन शाखागत बजेट कटौति गर्नु परेको नगरप्रमुख ले बताएका छन ।
नगरप्रमुख गच्छादारले प्रस्तुत गरेका आर्थिक बर्ष ८१/८२ का बिभिन्न प्रस्ताब हरु सर्वसम्मत पारित भएका छन । जनताका न्युन्तम आवस्यकतालाइ मध्यनजर गरी रोजगार र सिपमुलक कार्यक्रम थप गर्दै लैजाने र भैपरि आउने पुजिगत तर्फ पनि कटौति गरेको पुँजि थप गरिएको नगर प्रमुख गच्छादार ले बताएका छन । नगरसभामा उपप्रमुख मेनुका खतीवडाले आ ब ८०/८१ का कार्यप्रगती र ८१/८२ का कार्यबिबरण हरु पेश गरेकि थिइन्। उनले न्यायीक समितिमा अधिकतम जग्गा किचलोका मुद्दा हरु आउनेहुदा यस बर्षपनि १ सय ओटा मुदामध्य ८६ वटाको मिलापत्र गरेको सार्वजनिक गरिन्।










Discussion about this post