इनरुवा । सुनसरी जिल्लाका प्रख्यात प्रजातान्त्रिक नेता र समाजसेवी राम बहादुर बस्नेतको असामयिक निधनले सम्पूर्ण जिल्लामा शोकको लहर फैलाएको छ। नेपाली काँग्रेस पार्टीका प्रमुख नेता, प्रजातन्त्र पुनरवहालीका अग्रणी संघर्षकर्ता र समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याउने राम बहादुर बस्नेतको निधनले जिल्लाका नागरिक र राजनीतिक कार्यकर्ता स्तब्ध भएका छन्। उहाँको योगदानको कदर गर्दै, विभिन्न स्थानीय तहहरूले शोक व्यक्त गरेका छन्।
दिवंगत नेता बस्नेतको योगदानलाई सम्मान गर्दै, सुनसरी जिल्लाका १२ वटा स्थानीय तहमध्ये ९ वटाले आज १ दिनको शोक विदा घोषणा गरेका छन्।
शोक विदा दिने स्थानीय तहहरूमा इनरूवा नगरपालिका, दुहबी नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका, इटहरी उपमहानगरपालिका, रामधुनी नगरपालिका, बराक्षेत्र नगरपालिका, कोशी गाउँपालिका, हरिनगर गाउँपालिका र बर्जु गाउँपालिका रहेका छन्। यी स्थानीय तहहरूले शोक विदाको अवसरमा कार्यालय, स्वास्थ्य र शैक्षिक संस्थाहरू (अत्यावश्यक सेवाबाहेक) बन्द राख्ने निर्णय गरेका छन्।
त्यसैगरी, केही स्थानीय तहहरूले शोक विदा घाेषणा नगरेका छन्। यता विदा नरहेको स्थानीय तहहरूमा धरान उपमहानगरपालिका, गढी गाउँपालिका र देवानगञ्ज गाउँपालिका रहेका छन्। यी स्थानहरूमा भने विदा भनेको निर्णय अझै लिइएको छैन।
स्थानीय प्रशासनका प्रमुख प्रशासकीय अधिकृतहरूले शोक विदा घोषणापछि स्थानीय नागरिक र सरकारी कर्मचारीलाई दिवंगत नेता राम बहादुर बस्नेतको योगदानलाई सम्मान गर्दै शोक व्यक्त गर्न आह्वान गरेका छन्। शोक विदा घोषणा गर्ने स्थानीय तहहरूले यस अवसरलाई दिवंगत नेता बस्नेतको योगदान सम्झने र उनलाई श्रद्धांजलि अर्पण गर्ने एकजुट हुने अवसरका रूपमा प्रयोग गर्ने निर्णय गरेका छन्।
सुनसरी जिल्लाका नागरिक र प्रशासनिक अधिकारीहरूले दिवंगत नेता राम बहादुर बस्नेतको योगदानलाई सम्झनुका साथै, उहाँको निधनमा शोक व्यक्त गर्दै एकजुटता र सम्मानको लागि १ दिन शाेक विदा घाेषणा गरेका छन्। यसैबीच, स्थानीय प्रशासन र नागरिकहरू दिवंगत नेता बस्नेतको योगदानलाई सम्मान गर्ने क्रममा शोकमा सहभागी भएका छन्।











Discussion about this post