दिपेन्द्र यादव-इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका गाउँ कार्यपालिका चिराओलीको १७औं हिउँदे अधिवेशन आजदेखि औपचारिक रुपमा सुरु भएको छ। गाउँपालिकाकी उपाध्यक्ष सुनिता कुमारी उराँवको अध्यक्षतामा तथा गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको हो।
उद्घाटन समारोहमा नेपाल सरकारका उपसचिव र भोक्राहा नरसिंह गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरेको विशिष्ट अतिथिको रूपमा उपस्थिति रहेको थियो। यस अधिवेशनमा गाउँसभा सदस्य, कार्यपालिका सदस्य, वडा सदस्य, कर्मचारी, पत्रकार र सुरक्षाकर्मीहरूको उपस्थिति रहेको थियो।
अधिवेशनको उद्घाटन समारोहमा गाउँपालिकाका प्रमुख व्यक्तित्व र समग्र प्रतिनिधिहरूको उपस्थितिमा १७औं हिउँदे अधिवेशनको शुभारम्भ गरिएको हो। पहिलो दिनमा सेवा निवृत्त कर्मचारी , अन्तर्राष्ट्रिय खाे-खाे काेच कपिलदेव यादव र शिक्षकहरूको सम्मान गर्दै बिदाइ पनि गरिएको छ। सेवा निवृत्त भएका व्यक्तिहरूको समर्पण र योगदानको कदर गर्दै, तिनीहरूको सेवा र कार्यकालको महत्वपूर्ण पक्षहरूको प्रशंसा गरिएको थियो।
गाउँसभा सञ्चालनको क्रममा विभिन्न विषयमा छलफल र निर्णय प्रक्रिया अघि बढाइएको छ। अधिवेशनको प्रारम्भिक सत्रमा प्रमुख योजनाहरू, आगामी वर्षको बजेट, विकासका कार्यहरू, जनताको समस्याहरू र आवश्यक सुधारहरूको बारेमा विचारविमर्श गरिएको छ। यस अधिवेशनमा प्रत्येक क्षेत्रका प्रतिनिधिहरूले गाउँपालिकाको समग्र प्रगति र चुनौतीहरूको बारेमा छलफल गर्ने अवसर पाएका छन्।
अधिवेशनको आगामी कार्यसूचीमा गाउँपालिकाको समग्र विकासका योजना र रणनीतिहरूमा छलफल गरिनेछ। विशेष गरी शिक्षा, स्वास्थ्य र संरचनात्मक विकासका परियोजनाहरूलाई प्राथमिकता दिने कुरा चर्चा गरिनेछ। यसैगरी, आगामी महिनामा लागू गर्नुपर्ने विभिन्न सरकारी योजनाहरू र स्थानीय स्तरमा विशेष ध्यान दिनुपर्ने विषयहरूमा पनि विचार गरिनेछ।
गाउँसभामा विशेष ध्यान दिने विषय भनेको गाउँको सामाजिक र आर्थिक समृद्धि, नारी सशक्तिकरण, शैक्षिक सुधार र बेरोजगारीको दर घटाउने विषय पनि रहनेछ। यसका साथै, युवा र बालबालिकाहरूको भविष्य सुनिश्चित गर्नका लागि नयाँ नीतिहरू र कार्यक्रमहरू ल्याउने योजना पनि रहेको छ।
गाउँपालिकाका सूचना अधिकृत सन्देश तिम्सिनाले जानकारी दिएअनुसार, आज बन्दसत्रपछि यो अधिवेशन भोलि, मंगलबार समापन हुनेछ। बन्दसत्रमा छलफलका विषयहरूलाई संवेदनशीलतासाथ उठाएर कार्यान्वयनका लागि निश्चित निर्णयहरू लिइने छन्।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post