इटहरी – हिरासतमा रहेका व्यक्तिलाई छुटाइदिने भन्दै रकम असुली गर्ने एक व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा इनरुवा नगरपालिका–६ निवासी २२ वर्षीय आकाश भन्ने विनोद दाहाल रहेका छन्। उनले आफूलाई प्रहरी निरीक्षक भन्दै ठगी गरेको आरोप लागेको छ।
सुनसरी प्रहरीका अनुसार लागूऔषध मुद्दामा अनुसन्धानको क्रममा म्याद थप भई इलाका प्रहरी कार्यालय पकलीको हिरासतमा रहेका प्रतिवादी हेमन विश्वकर्मालाई छुटाइदिने भन्दै उनकी आमा लीला विश्वकर्मासँग पटक–पटक गरी २५ हजार रुपैयाँ लिएको खुलासा भएको छ। साथै, उनले थप १५ हजार रुपैयाँ माग गरिरहेका थिए।
पीडितले प्रहरीमा उजुरी दिएपछि सुनसरी प्रहरीले रामधुनी नगरपालिका–५, लगौना मोडबाट दाहाललाई रकम लिइरहेको अवस्थामा पक्राउ गरेको हो। उनलाई पक्राउ गर्दा साथमा १५ हजार रुपैयाँ र प्रयोग गरेको मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका दाहालविरुद्ध ठगी अभियोगमा जिल्ला अदालत सुनसरीबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी प्रमुख एसपी सुमन तिम्सिनाले जानकारी दिए।










Discussion about this post