दिपेन्द्र यादव / इनरुवा – सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा सरुवा भई आएका प्रमुख प्रशासकीय अधिकृत विनोद अधिकारीलाई भव्य स्वागत तथा पूर्व प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरेलाई बिदाई गरिएको छ।
गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादको अध्यक्षतामा आयोजित फेरि भेटौंला कार्यक्रममा नयाँ प्रशासकीय अधिकृत अधिकारीलाई स्वागत गर्दै पूर्व प्रशासकीय अधिकृत घिमिरेलाई सम्मानपूर्वक बिदाई गरिएको हो।
कार्यक्रममा संविधानसभा सदस्य सूर्यदेव दास उराँव र गाउँपालिका उपाध्यक्ष सुनिता उराँव प्रमुख अतिथिका रूपमा उपस्थित थिए। साथै, गाउँपालिकाका विभिन्न वडाध्यक्ष, कार्यपालिका सदस्य, विभिन्न शाखाका प्रमुख तथा स्थानीय समाजसेवीहरूको उपस्थिति रहेको थियो।
स्वास्थ्य शाखा प्रमुख हिरा साहले उद्घोषण गरेको उक्त कार्यक्रममा बोल्दै अध्यक्ष अजमल अख्तर आजादले सुवर्ण घिमिरेको कार्यकालको प्रशंसा गर्दै गाउँपालिकाको सेवा प्रवाहमा उहाँको योगदान अविस्मरणीय रहने बताए। साथै, उनले नयाँ प्रशासकीय अधिकृत विनोद अधिकारीलाई सफल कार्यकालको शुभकामना दिए।
संविधानसभा सदस्य सूर्यदेव दास उराँवले घिमिरेको कार्यकाल प्रशंसनीय रहेको बताउँदै आगामी दिनमा पनि प्रशासनिक सुधारका लागि निरन्तर प्रयत्न आवश्यक रहेको उल्लेख गरे। उपाध्यक्ष सुनिता उराँवले गाउँपालिकाको समुचित विकासका लागि प्रशासकीय अधिकृतको भूमिका महत्वपूर्ण रहेको बताउँदै अधिकारीलाई सक्रियताका साथ काम गर्न आग्रह गरिन्।
नयाँ प्रशासकीय अधिकृत विनोद अधिकारीले आफैंलाई जिम्मेवारीबोध भएको बताउँदै पारदर्शिता, प्रभावकारी सेवा प्रवाह र समृद्ध गाउँपालिकाका लागि निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे। पूर्व प्रशासकीय अधिकृत सुवर्ण घिमिरेले आफूले कार्यकालभरि स्थानीय सरकारलाई सबल बनाउन प्रयास गरेको बताउँदै सहयोगका लागि सबैलाई धन्यवाद दिए।
समारोहमा प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरेलाई सम्मानपत्र तथा मायाको चिनो प्रदान गर्दै भव्य बिदाई गरिएको थियो।
शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्याएको...










Discussion about this post