• pradeshpoint
  • Pradeshpoint
Thursday, April 16, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

स्थानीय तहमा कार्यरत १५०० कर्मचारीको रोजगारी धरापमा

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८१ फाल्गुन १६ गते, ७:०७ बजे प्रकाशित
in FEATURE, कला, कला पाना, पालिका खबर, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
स्थानीय तहमा कार्यरत १५०० कर्मचारीको रोजगारी धरापमा
15
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी वैदेशिक सहायतामा रोक लगाउने निर्णयसँगै नेपालमा यसको प्रत्यक्ष असर देखिन थालेको छ। यसबाट प्रधानमन्त्री रोजगार कार्यक्रमसमेत प्रभावित हुने देखिएको छ।

नेपाल सरकार र विश्व बैंकबीच भएको सहकार्यअनुसार प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १२० मिलियन अमेरिकी डलर (करिब १४ अर्ब रुपैयाँ) को ऋण अनुदान स्वीकृत भएको थियो। उक्त रकम प्रयोग गरेर देशभरका ७५३ स्थानीय तहमार्फत आर्थिक रूपले विपन्न बेरोजगार युवालाई रोजगारी दिने, सीप तथा क्षमता अभिवृद्धि गर्ने र रोजगारमूलक सेवाहरू विस्तार गर्ने लक्ष्य राखिएको थियो।

तर, अमेरिकी सरकारले वैदेशिक सहायता रोक्ने निर्णय गरेसँगै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत सञ्चालन हुँदै आएको प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावित हुने देखिएको छ।

१५०० कर्मचारीको जागिर संकटमा

अहिले देशभरका स्थानीय तहहरूमा सञ्चालन भइरहेको रोजगार सेवा केन्द्रमा ३ जना कर्मचारी कार्यरत छन्। तीमध्ये रोजगार संयोजकको व्यवस्थापन संघीय सरकारले गर्दै आएको छ भने प्रविधिक सहायक र रोजगार सहायकको तलब भुक्तानी विश्व बैंकको अनुदानमार्फत हुँदै आएको छ।

विश्व बैंकको आर्थिक सहायता रोकिएमा करिब १५०० कर्मचारी बेरोजगार हुने जोखिम देखिएको छ।

तर, श्रम मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले तत्काल कर्मचारीहरूको रोजगारी संकटमा नपर्ने बताएका छन्। उनले भने, “स्थानीय तहमा कार्यरत रोजगार संयोजकको तलब भुक्तानी मन्त्रालयमार्फत हुँदै आएको छ। प्रविधिक सहायक र रोजगार सहायकको खर्च विश्व बैंकमार्फत हुने भएकाले अनुदान रोकिने स्थिति आएमा मन्त्रालयले व्यवस्थापन गर्नेछ।”

श्रम मन्त्रालयले अमेरिकी सहायता रोकिएको खबर आएपछि यस विषयमा व्यवस्थापनका लागि छलफल गरिरहेको बताइएको छ।

यूएसएडका तीन कार्यक्रम रोकिए

अमेरिकी राष्ट्रपतिको निर्णयसँगै यूएसएडका तीन कार्यक्रम रोकिएको अर्थ मन्त्रालयले जनाएको छ। जैविक विविधता कार्यक्रम, प्रदेश तथा स्थानीय शासन सुदृढीकरण कार्यक्रम, र जलवायु उत्थानशील नगरपालिका सेवा कार्यक्रम रोकिएको अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।

यी कार्यक्रमहरू डिजाइनकै क्रममा रहेका कारण कुनै सम्झौता भइसकेको थिएन। नेपालमा सन् १९५१ देखि विभिन्न अनुदान कार्यक्रम सञ्चालन गर्दै आएको यूएसएडले हाल अन्य सहायता पनि अस्थायी रूपमा रोकेको छ। नेपालले पाउनुपर्ने एमसीसी अनुदानसमेत अनिश्चित बनेको छ।

नेपाल सरकारले श्रम मन्त्रालयमार्फत प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरिरहेको भए पनि विदेशी अनुदान रोकिएमा रोजगार सहायक र प्रविधिक सहायकहरूको भविष्य अन्योलमा पर्ने देखिएको छ। स्थानीय तहका अधिकारीहरू यस विषयमा संघीय सरकारसँग समन्वय गरी समाधान खोज्नुपर्ने अवस्था आएको छ।

Tags: १५००कर्मचारीकोकार्यरतरोजगारी धरापमास्थानीय तहमा

Related Posts

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
FEATURE

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
0

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो
FEATURE

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
0

पवन रौनियार/इनरुवा । सुनसरी जिल्लाको कोशी गाउँपालिका–हरिपुरस्थित कोशी ब्यारेज क्षेत्रमा मुख्य भन्सार कार्यालय सञ्चालनमा रहे पनि जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रका...

तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist