दिपेन्द्र यादव/इनरुवा। फागुन ११ गते आएको हावाहुरी र असिनापानीका कारण भोक्राहा नरसिंहका किसानले लगाएको बालीनालीमा ठूलो क्षति पुगेको छ। किसानहरूले वडा, पालिका, तथा जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाएपछि कृषि ज्ञान केन्द्र सुनसरीले पालिकाकाे अनुरोधमा स्थलगत अनुगमन तथा क्षतिको विवरण संकलन गरेको छ।
कृषि ज्ञान केन्द्र सुनसरीका बाली संरक्षण अधिकृत मिरा तिमिल्सिनाका अनुसार अनुगमनका क्रममा गहुँ, मकै, केरा, बोडी, बन्दा, फूलकोबी, खिरा, सिमी, करेला लगायतका बालीनालीमा क्षति पुगेको देखिएको छ। विशेषगरी भोक्राहा नरसिंह–१ र २ मा करिब २०० हेक्टरभन्दा बढी क्षेत्रफलमा बाली नष्ट भएको तथ्यांक संकलन गरिएको छ।
पालिका कृषि शाखा प्रमुख सकिल अन्सारीले अनुगमनका क्रममा ३३४ जना किसानले आफ्नो बाली क्षतिको विवरण टिपोट गराएको बताए। उनले प्राकृतिक प्रकोपका कारण किसानलाई ठूलो आर्थिक भार परेको र क्षतिपूर्ति उपलब्ध गराउन पालिका तथा सम्बन्धित निकायसँग पहल गरिने जानकारी दिए।
अनुगमनका क्रममा वार्ड अध्यक्ष लक्षमण मेहता, वार्ड सदस्य, किसान महासंघका सभापति, कृषि ज्ञान केन्द्र सुनसरीका प्रतिनिधि मिरा तिम्सिना, तथा स्थानीय किसानहरूको उपस्थिति रहेको थियो।
भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले किसानहरूको समस्याप्रति पालिका गम्भीर रहेको उल्लेख गर्दै क्षति भएका किसानलाई राहत उपलब्ध गराउन प्रदेश तथा संघीय सरकारसँग समन्वय गरिने बताए। किसानहरूले क्षतिपूर्ति तथा राहतका लागि तत्काल पहल गर्न माग गरेका छन्।

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post