महोत्तरी – आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा महोत्तरी प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ। महोत्तरीको औरही नगरपालिका–७ भोईलका ३२ वर्षीय सत्यनारायण यादवलाई शुक्रबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो।
प्राप्त जानकारी अनुसार, बलवा नगरपालिका–५ मनसिस्वा टोलमा सत्यनारायणले आफ्नी २४ वर्षीया श्रीमती सुधीरा देवी यादवमाथि गए राति इँटा प्रहार गरेका थिए। इँटाको चोट लाग्दा सुधीरा देवीको घटनास्थलमै मृत्यु भएको बताइएको छ।
घटनाबारे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बलवाबाट खटिएको टोलीले सत्यनारायण यादवलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ।
स्थानीयका अनुसार घटनापछि क्षेत्रमा त्रास फैलिएको छ। सुधीरा देवीको मृत्युका कारणबारे थप विवरण आउन बाँकी छ भने सत्यनारायण यादवमाथि कानुनी प्रक्रिया अघि बढाइने प्रहरीको भनाइ छ।










Discussion about this post