मोरङ । कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूह, जिल्ला प्रहरी कार्यालय मोरङ, इलाका प्रहरी कार्यालय पथरी तथा इलाका प्रहरी कार्यालय उर्लाबारीको संयुक्त टोलीले चोरी भएका ३२ थान मोबाइल बरामद गरेको छ।
माघ २१ गते मोरङको उर्लाबारी नगरपालिका–५ स्थित योगराज कार्कीको मोबाइल वर्ल्ड पसलको सटर तोडफोड गरी मोबाइल चोरी भएको घटनापछि प्रहरीले खोजतलास तीव्र पारेको थियो। अनुसन्धानका क्रममा भारतीय प्रहरीको सहकार्यमा विभिन्न स्थानबाट चोरी भएका मोबाइल फेला पारिएको हो।
प्रहरीका अनुसार उर्लाबारीमा चोरी भएका २० थान मोबाइल भारतका विभिन्न स्थानबाट बरामद गरिएको छ भने, नवलपरासीबाट चोरी भएका ११ थान र दमकमा चोरी भएको १ थान मोबाइल समेत फेला पारिएको छ।
मोबाइल चोरीमा संलग्न व्यक्तिहरूको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।










Discussion about this post