सुनसरी । प्रेमीकाको विवाह अरू कसैसँग भएको पीडामा एक युवकले आत्महत्या गरेका छन्। सुनसरीको हरिनगर गाउँपालिका–१ का २३ वर्षीय राहुल बहरदारले आज बिहान आफ्नो घरभन्दा करिब डेढ किलोमिटर टाढा रहेको मकैबारीमा मसला रुखमा झुन्डिएर ज्यान लिएका हुन्।
स्थानीयहरूका अनुसार राहुल केही दिनदेखि मानसिक तनावमा देखिएका थिए। जब उनले प्रेमीकाको विवाह अरू कसैसँग भएको खबर पाए, त्यसपछि उनी झनै विचलित भएका थिए। पारिवारिक श्रोतले बताएअनुसार, प्रेमसँग गहिरो रुपमा जोडिएका राहुल उक्त खबरपछि गम्भीर तनावमा पुगेका थिए।
घटनाबारे जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय सुनसरीबाट टोली पुगेको छ। प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा प्रेम सम्बन्धकै कारण मानसिक तनावमा परेर आत्महत्या गरेको देखिए पनि अन्य कारणहरूबारे थप अनुसन्धान भइरहेको छ। शवलाई पोस्टमार्टमका लागि धरानस्थित बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।
प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ। यस दुखद घटनाले परिवार, आफन्त र स्थानीयहरूलाई स्तब्ध बनाएको छ।










Discussion about this post