विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कोशी प्रदेशसभाको बैठकमा अहिलेकै परिस्थिति रहे विपक्षी दलहरू सहभागी नहुने भएका छन् ।
प्रधानमन्त्री ओलीले भोली दिउँसो २ बजेदेखि सुरु हुने प्रदेशसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । प्रदेशसभाका विपक्षी दलहरू नेकपा माओवादी केन्द्र, राप्रपा र नेकपा एकीकृत समाजवादी ले सो बैठकमा अनुपस्थित रहनेबारे छलफल अगाडि बढाएका हुन् ।
विपक्षी दलहरूसँग प्रदेश सरकारले कुनै छलफल नगरेको, विपक्षीले उठाएका प्रश्नको उत्तर मुख्यमन्त्रीले नदिएको र विपक्षीप्रति सरकार उदासीन भएको भन्दै उनीहरूले प्रधानमन्त्रीको सम्बोधन बहिष्कार गर्नसक्ने जनाएका हुन् ।
यसअघि हिंजो आइतबार बसेको प्रदेशसभा बैठकमा विशेष समय लिएर बोलेका माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्रीको अहिलेकै अवस्था रहे आफूहरूले प्रधानमन्त्रीको सम्बोधनमा बस्न बाध्य नहुने चेतावनी दिएका थिए । उनले विपक्षी दलका नेता बोल्दा मुख्यमन्त्री अनुपस्थित रहेको भन्दै असन्तुष्टिसमेत व्यक्त गरेका थिए ।
शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्याएको...










Discussion about this post