• pradeshpoint
  • Pradeshpoint
Tuesday, April 28, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

कोशी प्रदेशभर ‘Fight Against Narcotics (FAN)’ अभियानको औपचारिक शुभारम्भ

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८१ फाल्गुन २८ गते, १७:३० बजे प्रकाशित
in FEATURE, कला, कला पाना, पालिका खबर, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
कोशी प्रदेशभर ‘Fight Against Narcotics (FAN)’ अभियानको औपचारिक शुभारम्भ
16
SHARES
Share on FacebookShare on Twitter

विराटनगर– “अवको युद्ध दुर्व्यसन विरुद्ध” भन्ने नाराका साथ लागूऔषध दुर्व्यसनविरुद्धको प्रदेशव्यापी अभियान Fight Against Narcotics (FAN) को औपचारिक शुभारम्भ गरिएको छ।

फागुन २८ गते सुनसरीको इटहरी उपमहानगरपालिका-६ स्थित म्याजिक स्टेण्डमा आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेश, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, र जिल्ला प्रहरी कार्यालय सुनसरीको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।मुख्यमन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा प्रहरी ब्यान्डसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, पूर्व प्रहरी संगठन, विभिन्न विद्यालय, संघसंस्था, नागरिक समाज, सञ्चारकर्मी तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो। लागूऔषधविरुद्धका जनचेतनामूलक प्लेकार्डसहित प्रभातफेरी निकालेर अभियानको शुभारम्भ गरिएको थियो।

कार्यक्रममा सुरक्षाकर्मी तथा विद्यार्थीहरूले “जागौं सबै जागौं, लागौं सबै लागौं, दुर्व्यसनविरुद्धमा” भन्ने गीत प्रस्तुत गर्दै सचेतनामूलक नृत्य प्रदर्शन गरेका थिए।मुख्यमन्त्री कार्कीले कम्प्युटरको माध्यमबाट डिजिटल बटन थिचेर कोशी प्रदेशका १४ वटै जिल्लामा एकैसाथ FAN अभियानको शुभारम्भ गरेका थिए। उनले लागूऔषध दुर्व्यसनले समाजलाई पछाडि धकेल्दै गएको उल्लेख गर्दै तीनै तहका सरकार, सुरक्षा निकाय, तथा अभियन्ताहरूले सहकार्य गरेमा दुर्व्यसनमुक्त समाज निर्माण गर्न सकिने बताए।

मुख्यमन्त्री कार्कीले FAN क्लबका पदाधिकारीहरूलाई अभियानको टि-शर्ट वितरण गर्दै लागूऔषध नियन्त्रणमा युवाको सक्रिय भूमिकाको आवश्यकता औंल्याए।कार्यक्रममा लागूऔषध दुर्व्यसनविरुद्ध सचेतनामूलक गतिविधि सञ्चालन गर्ने FAN तथा विभिन्न संघसंस्थाका व्यक्तित्वहरूलाई प्रशंसापत्र प्रदान गरी सम्मान गरिएको थियो।

२०७४ साल जेष्ठ ७ गते तत्कालीन सुनसरी प्रहरी प्रमुख रहँदा सुरु गरिएको FAN अभियानलाई कोशी प्रदेशभर विस्तार गरिएको अवसरमा अभियानका परिकल्पनाकार कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) राजन अधिकारीलाई उच्च सम्मानसहित सम्मानपत्र प्रदान गरिएको थियो।FAN अभियानका परिकल्पनाकार डीआईजी राजन अधिकारीले विशेषगरी किशोरहरू साथीको दबाब, जिज्ञासा, भ्रम वा अज्ञानताका कारण लागूऔषध दुर्व्यसनमा फस्ने उच्च जोखिममा रहने बताए। उनले “अवको युद्ध दुर्व्यसन विरुद्ध” भन्ने नारालाई आत्मसात गर्दै समाजका सबै तह तथा तप्काका व्यक्तिहरूले एकजुट भएर अभियान सफल बनाउनुपर्नेमा जोड दिए।

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री रेवती रमण भण्डारीले अभियानलाई दीर्घकालीन प्रभावकारी बनाउन आगामी आर्थिक वर्षमा थप बजेट तथा नीति कार्यक्रम ल्याइने जानकारी दिए। उनले FAN अभियानलाई कोशी प्रदेशका हरेक पालिकासम्म विस्तार गरिने प्रतिबद्धता व्यक्त गरे।कार्यक्रममा इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेल, पूर्व सहायक प्रमुख जिल्ला अधिकारी तथा FAN का संरक्षक ध्रुव बहादुर खड्का, FAN जिल्ला कार्यसमितिकी विमला ढकाल, लागूऔषधविरुद्ध सक्रिय अभियन्ता मनोज सुवेदी, र FAN क्लबका पूर्व विद्यार्थी रञ्जु दाहालले आ–आफ्नो मन्तव्य राखेका थिए।

उनीहरूले FAN अभियानले पछिल्लो समय लागूऔषध दुर्व्यसन नियन्त्रणका लागि उल्लेखनीय भूमिका खेलेको बताए। साथै, यसको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय, प्रदेश, र संघीय सरकारको पूर्ण सहयोग आवश्यक रहेको उल्लेख गरे।कार्यक्रममा सामाजिक विकास मन्त्री पाँचकर्ण राई, पर्यटन तथा वन मन्त्री सदानन्द मण्डल, कोशी प्रदेशसभा सदस्यहरू, विभिन्न मन्त्रालयका सचिवहरू, प्रमुख जिल्ला अधिकारीहरू, सुरक्षा निकायका प्रमुखहरू, स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरू, सुधार केन्द्रका प्रमुख तथा प्रतिनिधिहरू, पूर्व प्रहरी कर्मचारी, संघसंस्थाका प्रतिनिधिहरू, सञ्चारकर्मी, नागरिक समाजका अगुवा, शिक्षक तथा विद्यार्थीको उल्लेख्य उपस्थिति रहेको थियो।

लागूऔषध दुर्व्यसन नेपाली समाजका लागि गम्भीर चुनौती बन्दै गएको सन्दर्भमा Fight Against Narcotics (FAN) अभियानले यसविरुद्ध महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। सुरुवातमै व्यापक जनसहभागिता देखिएकोले यो अभियान प्रदेशभर प्रभावकारी रूपमा अघि बढ्ने विश्वास गरिएको छ।

Tags: ‘Fight Against Narcotics (FAN)’अभियानऔपचारिक शुभारम्भकोशी प्रदेशभर

Related Posts

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
FEATURE

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
0

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्‍याएको...

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल
FEATURE

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
0

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहत स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरूमाथि यौन शोषण तथा यौन दुर्व्यवहारसम्बन्धी...

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    792 shares
    Share 317 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    726 shares
    Share 290 Tweet 182
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist