चिराैली – भाेक्राहा नरसिंह गाउँपालिका–४ मा फागु पूर्णिमाकाे अवसरमा हाेली मिलन तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएकाे छ।
वडाध्यक्ष हारूण अंसारीकाे विशेष पहलमा सम्पन्न उक्त कार्यक्रममा स्थानीयबासीकाे उल्लेखनीय सहभागिता रहेकाे थियाे। वडाध्यक्ष अंसारीले आफू व्यक्तिगत रूपमा रंग र अबिर नखेलेपनि सहभागीहरूलाई अबिर लगाइदिई, मिठाइँ तथा खाजाकाे व्यवस्था गर्दै शुभकामना आदान–प्रदान गरेका थिए।
वडासचिव शाेभानन्द शाहका अनुसार कार्यक्रम केवल मनोरञ्जनका लागि मात्र नभई सामाजिक सद्भाव मजबुत बनाउने अभिप्रायले आयोजना गरिएकाे थियाे। कार्यक्रममा स्थानीय युवा, समाजसेवी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूले समेत सहभागिता जनाएका थिए।
कार्यक्रमका क्रममा हाेलीकाे सांस्कृतिक तथा धार्मिक महत्वबारे चर्चा गरिँदै यसले आपसी मित्रता, सद्भाव र भाइचारा प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरिएकाे थियाे। सहभागीहरूले एकअर्कालाई अबिर लगाउँदै आपसी मेलमिलाप र एकता कायम राख्ने प्रतिबद्धता जनाएका थिए।
कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकाेमा आयोजकहरूले स्थानीयबासीप्रति आभार व्यक्त गर्दै आगामी वर्षहरूमा पनि यस्ता कार्यक्रम निरन्तर गरिने बताएका छन्।










Discussion about this post