• pradeshpoint
  • Pradeshpoint
Monday, May 4, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

कानुन निर्माण : विधायकी अधिकार हतारमा प्रयोग गरेको देखिन्छ

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८१ चैत्र १३ गते, १४:२६ बजे प्रकाशित
in FEATURE, अर्थ पाना, कला, पालिका खबर, भ्रष्टाचार, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
कानुन निर्माण : विधायकी अधिकार हतारमा प्रयोग गरेको देखिन्छ
15
SHARES
Share on FacebookShare on Twitter

प्रदेशको संरचना कार्यान्वयनमा आइसक्दा हामी पनि सुरुका दिनमा दुविधामा थियौँ । किनभने संविधानमा लेखिएका शब्दहरू समान अर्थका हुनका साथै उस्तै–उस्तै अधिकार क्षेत्र राखिएका थिए । जस्तै शिक्षा, प्रशासन, प्रहरी, वन, खानी, सहकारी, स्वास्थ्य जस्ता विषयहरू आम जनजीविकासँग सरोकार राख्दथे । ती विषय कता–कता सङ्घको पनि, प्रदेश र स्थानीय तहको पनि जस्तो देखिन्थ्यो । त्यसले दुविधा उत्पन्न गराएको थियो । पछि सङ्घ, प्रदेश र स्थानीय तहसम्बन्धी छुट्टै कानुन निर्माण भयो ।
संविधानमा दण्ड र सजाय पनि गर्न पाउँछ भन्ने छ तर, त्यस कानुनमा चाहिँ सजायमात्रै लेखियो । त्यसले प्रदेशका कानुनहरूलाई सङ्कुचित बनाइयो । प्रदेशका कानुनमा सजाय भनेको जरिबानामात्रै गर्न पाउने र कैद लगायतका गम्भीर कसुरमा दण्ड दिन नपाउने भन्ने अर्थ सङ्घको कानुनले लगाउँथ्यो । त्यसो हुँदा संविधानमा चाहिँ एकल अधिकार सूचीमा कानुन बनाउन अधिकार दिने र सङ्घीय कानुनले चाहिँ प्रदेशका ऐनलाई खुम्च्याउने खालको काम भयो ।
धेरै ठाउँमा हामीले भन्ने गरेका छौँ– सजाय निर्धारण गर्ने कानुन भएन भने त्यो कानुन हुँदैन । दण्ड र सजाय दिन नसक्ने कानुनको औचित्य हुँदैन भन्ने मान्यता छ तर, प्रदेशलाई केही सङ्कुचित गर्न खोजियो । यद्यपि प्रदेशले कानुन निर्माण गर्दा जे सिद्धान्त छन्, त्यसलाई अनुसरण गरेकै देखिन्छ ।
देश सङ्घीयतामा गइसकेपछि पनि एकात्मक रूपमा न्यायपालिका रहिरहेको अवस्था छ । त्यस्तो अवस्थामा कसरी समन्वय होला भनेर पनि ख्याल गरेरै कानुन निर्माण गरेको देखिन्छ । यो बिचमा प्रदेशले जसरी कानुन निर्माण गरेको छ, त्यो महत्त्वपूर्ण देखिन्छ । प्रदेश सभाबाट एकै दिन चार वटा कानुन पनि पारित भएको उदाहरण छ । त्यो भनेको जसरी पनि प्रदेशलाई अगाडि बढाउनु पर्छ भन्ने जिम्मेवारीबोध हो । त्यो हुँदा विधायकी अधिकार हतारमा प्रयोग गरेको पनि देखिन्छ । त्यसले केही कमी–कमजोरी पनि देखियो ।
प्रदेश सरकार सञ्चालन गर्न संरचनागत व्यवस्थाका लागि मात्रै होइन, संविधानले नै निर्देशित गरेको स्थानीय तहलाई चाहिने आवश्यक कानुन पनि प्रदेशले बनाएको छ ।
प्रदेश तहलाई प्रदत्त कानुन बनाउने अख्तियारी पनि सङ्घीय शासन प्रणालीलाई समृद्ध बनाउनका लागि दिइएको हो । त्यही कारण प्रदेशमा विभिन्न कानुन आएका छन् । नियमावली, निर्देशिका, कार्यविधि र निर्देशिका पनि बनाइएको छ । यस्तै, बेलाबेलामा अध्यादेशको पनि अभ्यास प्रदेशमा भइरहेको छ । यस हिसाबले हेर्दा प्रदेश सभा र प्रदेश सरकार पनि कानुन निर्माणमा सक्षम देखिएको छ ।
प्रदेशले बनाएका कानुनहरूको विषयमा हामीले गरेको अध्ययनमा ऐनमा राम्रो पक्ष पनि पाइएको छ । सुधार गर्नुपर्ने विषय पनि पर्याप्त छन् । सरकारले अघिल्लो कार्यकालमा कानुन मस्यौदा बनाउन मस्यौदा समिति पनि बनाएको थियो । प्रदेशका आवश्यकतालाई हेरेरै त्यसबेला कानुन निर्माण गरियो । कानुन निर्माण र कार्यान्वयनमा जे जति प्रगति भएका छन्, त्यो महत्त्वपूर्ण उपलब्धि हो ।
प्रदेश सरकार सञ्चालन गर्न संरचनागत व्यवस्थाका लागि मात्रै होइन, संविधानले नै निर्देशित गरेको स्थानीय तहलाई चाहिने आवश्यक कानुन पनि प्रदेशले बनाएको छ ।
प्रदेशमा निर्मित सबै कानुनको बारेमा हामीले व्यापक छलफल गरेका थियौँ । त्यसक्रममा हामीले तत्कालै २४ वटा कानुन संशोधन गर्नुपर्ने देखिएको भनेका छौँ । ती कानुनलाई पनि हामीले तीन किसिमले विभाजन गरेका छौँ । कार्यान्वयन भएका, आंशिक कार्यान्वयन भएका र कार्यान्वयन नभएका कानुनको विषयमा पनि हामीले जानकारी दिएका छौँ । प्रदेशले बनाएका कानुन कार्यान्वयन नै नहुने हो भने त्यसको औचित्य के हुन्छ ? त्यस्ता कानुनलाई के गर्ने ? यो छलफलको विषय बनाउनु पर्ने आवश्यकता छ । जस्तै: बृहत् विराट क्षेत्रसम्बन्धी कानुन १८ वटा पालिका समेटेर बन्यो । यो असमान जस्तो देखियो । त्यसकारण पनि कार्यान्वयन नभएको हुनसक्छ । धेरै कानुन बनाइए तर, अक्षरशः पालना गर्न नसकिएको पनि पाइयो । त्यसलाई कसरी शत प्रतिशत लागु गर्न सकिन्छ भनेर योजना बनाउनु आवश्यक छ ।
संविधानको अनुसूची ६ अनुसार प्रदेशको एकल अधिकार प्रयोग गर्दा पनि धेरै कानुन बन्न बाँकी रहेछ । यस्ता २३ वटा कानुन बन्न बाँकी देखिन्छ । साझा अधिकार सूची हेर्दा पनि नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णयबाट गरिएका विषयहरूलाई हेर्दा २९ वटा विषयमा अहिले पनि प्रदेश कानुन बन्न जरुरी छ । यसरी हेर्दा प्रदेशले संविधानतः ५२ वटा कानुन बनाउन सक्ने देखिन्छ । त्यसैले प्रदेश सभालाई सरकारले पर्याप्त बिजनेस दिनुपर्ने आवश्यकता छ ।
प्रदेशको पूर्णताको लागि पनि कानुन निर्माण गर्नुपर्छ । अहिले पनि प्रशासनिक सङ्घीयताको कुराहरू पूर्ण रूपमा कार्यान्वयन भएको छैन । सङ्घीय कानुन नबनीकन पूरा हुन नसकेको कुरा पनि छन् ।
प्रदेश संरचनाले स्थानीय सेवाको गठन र व्यवस्थापनको लागि अहिले पनि कानुन बनाएको छैन । प्रदेशले पनि उपर्युक्त कानुन नबनाएको देखिन्छ । अहिले पनि प्रदेश र स्थानीय तहमा आएका कर्मचारीको सुरक्षाको विषय पनि समस्या देखिएको छ । प्रदेश किताबखाना व्यवस्थित नभएका कारण कर्मचारीको सेवा सुविधाको विषय स्पष्ट भइसकेको छैन । त्यसलाई कानुन बनाएर व्यवस्थित गर्नुपर्छ । एकल अधिकार सूचीमा गर्नैपर्ने कामहरू अहिले पनि भइरहेको छैन । जस्तोः वित्तीय संस्थाको सञ्चालन, वैदेशिक अनुदान, प्रदेश आर्थिक कार्य गर्नेबारे ऐनहरू बनेको छैन । अहिले पनि दाताहरूलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा कानुन छैन ।
प्रदेश वित्तीय व्यवस्थापनको कुरा, बैंकसँग सम्बन्धित कुरामा समस्या देखिएको छ । त्यसलाई व्यवस्थित गर्न र परिचालन गर्न कानुन बनेको छैन । प्रदेशको मनमोहन प्राविधिक विश्वविद्यालय बनाइयो तर, प्रदेशको शिक्षा कस्तो हुने ? प्रदेशको भूमि व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा स्पष्ट छैन । मौलिक हकसँग सम्बन्धित १७ वटा कानुन अहिले पनि बनेका छैनन् । ती कानुन आवश्यक छन् । प्रदेश सबलीकरणका लागि ३० वटा काम गर्नुपर्ने विषय छन् । जसमा कानुन निर्माण गर्ने क्रममा नागरिकको सहभागिता, सरोकारवाला र सम्बन्धित क्षेत्रका विज्ञसँगको छलफललाई जोड दिनुपर्छ । कानुन बनाउने कुरा जनताको भावनालाई पनि प्रतिबिम्बित गर्नुपर्छ । त्यस्तै प्रदेशको कानुनसँग सम्बन्धित कुराको व्यवस्थापन गर्ने दायित्व आन्तरिक मामिला तथा कानुन मन्त्रालयकै हो तर, स्थानीय तह र प्रदेशमा बनेका कानुनहरूको सङ्ग्रह भएको छैन ।
मुख्यतः राजनीतिक सङ्घीयतामा प्रतिनिधित्वको कुराहरू, संयन्त्र निर्माण गर्ने कुरा बालिका मताधिकारको कुराहरू शत प्रतिशत कार्यान्वयन भयो तर, राजनीतिक दलका काम–कारबाहीको कुरालाई हेर्ने हो भने माथिबाटै निर्देशित हुनेजस्तो देखिएको छ ।

राजस्व परिचालन, मन्त्रालय मातहतका निर्देशनालयमा एकीकृत सेवा पुर्‍याउने उद्देश्यले एकीकृत ऐनहरू बनाउने विषयमा पनि प्रदेशले ध्यान दिनुपर्छ । जस्तै: सहकारी रजिष्टार कार्यालय सुनसरीको इनरुवामा छ । कोशी प्रदेशका १४ वटै जिल्लामा उसले नियमन गर्नुपर्छ । सबै जिल्लामा सेवा दिने गरी प्रकृति मिल्ने खालका कार्यालयमा त्यो सहकारीको विषय पनि हेर्ने गरी एकीकृत सेवा दिने गरी नयाँ कानुन र संरचना निर्माण गर्न किन नसक्ने ? यसले प्रदेशको सबै संरचनाको उपस्थिति त्यहाँ हुनसक्छ ।

प्रदेश प्रहरी अहिले पनि हस्तान्तरण भएको छैन । यातायात कार्यालयहरूलाई छोडेर हेर्ने हो भने आन्तरिक मामिला तथा कानुन मन्त्रालयको काम ७ वटा जिल्लामै छैन । त्यसकारण ती कार्यालयहरूको सेवा प्रवाह जिल्ला जिल्लामा पुर्‍याउने गरी कानुन निर्माण गरेर सेवा प्रवाहलाई सबैतिर पुर्‍याउनु पर्छ । विधायकी कार्य र व्यवस्थापकीय कार्य सांसदहरूले नै गर्ने हो तर, बजेट र साना टुक्रे योजनाहरूमा ध्यान दिएको देखिन्छ । माननीय सदस्यहरूको काम कुन मन्त्रालयमा बजेट छ र कसरी काम गर्न सकिन्छ भन्नेतिर भन्दा विधायकी काममा ध्यान दिनुपर्छ ।

संविधानले सङ्घ, प्रदेश र स्थानीय तहबिच समन्वय र सहकार्यको मूलभूत मान्यता अगाडि सारेको छ । यसो गर्दा एक अर्काबिचको समन्वय अहिले पनि भइरहेको देखिँदैन । एकात्मक शासन व्यवस्थाको अवशेषले गर्दा त्यस्तो भएको हुनसक्छ । हामीले नयाँ संविधानको प्रयोग अक्षरशः पालना गर्ने हो भने हामीले समन्वय, सहकार्य र सहअस्तित्वको भावना अनुसार काम गर्नु पर्छ । छायाको रूपमा रहेको एकात्मकताको भूतलाई हटाउँदै प्रदेश सरकार र प्रदेश सभा आफ्नो क्षेत्रमा आफ्ना कार्यक्रम कार्यान्वयनको लागि नीति नियमहरू बनाउने कुरामा अगाडि बढ्नुपर्छ ।

मुख्यतः राजनीतिक सङ्घीयतामा प्रतिनिधित्वको कुराहरू, संयन्त्र निर्माण गर्ने कुरा बालिका मताधिकारको कुराहरू शत प्रतिशत कार्यान्वयन भयो तर, राजनीतिक दलका काम–कारबाहीको कुरालाई हेर्ने हो भने माथिबाटै निर्देशित हुनेजस्तो देखिएको छ । राजनीतिक दलका काम कारबाहीमा हुने गरेका क्रियाकलापहरूमा यहाँका दलहरू स्वतन्त्र हुन सकेनन् कि भन्ने कुरा पनि छन् ।

प्रशासनिक सङ्घीयताको हिसाबले कुरा गर्ने हो भने प्रहरी र कर्मचारी आफ्नो हुनुपर्ने हो । अहिले पनि प्रहरी र कर्मचारीको लागि सङ्घीय सरकारको मुख ताक्नुपर्ने अवस्था छ । यस्तै वित्तीय सङ्घीयताको कुरा गर्दा जबसम्म आर्थिक रूपमा स्रोत साधनलाई समेट्ने खालको अभ्यास गर्न सक्दैनौँ, समानीकरण र अन्य अनुदानको भर पर्छौँ, त्यसले प्रदेश धनी बन्न सक्दैन । आफ्नो स्रोत साधनलाई प्रयोग गर्दै वित्तीय सङ्घीयता कार्यान्वयन गर्नका लागि उपर्युक्त ढङ्गले काम गर्नु जरुरी छ ।

 

Tags: अधिकारकानुन निर्माण :गरेकोदेखिन्छप्रयोगविधायकीहतारमा

Related Posts

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
FEATURE

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
0

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्‍याएको...

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल
FEATURE

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
0

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहत स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरूमाथि यौन शोषण तथा यौन दुर्व्यवहारसम्बन्धी...

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    792 shares
    Share 317 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    726 shares
    Share 290 Tweet 182
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist