काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको हेलो सरकारको वेबसाइट रुसी ह्याकर समूहले ह्याक गरेको छ ।
ह्याकरले हेलो सरकार वेबसाइटमा राखिएका संवेदनशील डेटाहरू डार्कवेबमा बिक्रीमा राखिदिएका छन् । जसमा ह्याकर समूहले एक हजार डलरमा पूरै डेटाबेस र १ हजार ३ सय डलरमा लाइभ सेल एक्सेस दिने उल्लेख गरेका छन् ।
यस्तै ह्याकरले पर्सनल आइडेन्टीफिएबल इन्फरमेशन (पीआईआई) पनि राखिएदिएका छन्, जसमा नागरिकको नाम, इमेल, युजरनेम, मोबाइल नम्बर, पासवर्ड, डिभाइसको आइडी, फोटो, अफिसको आइडी, नेपालीमा रहेको नाम, ठेगानालगायतका सबै विवरण रहेका छन् ।
वेभसाइट ह्याकबारे साइबर ब्यूरोका प्रवक्ता (एसपी) दीपकराज अवस्थीले त्यसबारे केही जानकरी नभएको बताए । उनले भने, ‘त्यहाँको आइटी टिमले काम गरिरहेको होला, हामीलाई औपचारिक जानकारी आएको छैन ।’
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post