इनरुवा — अनलाइनमार्फत हुने वाल यौन दुर्व्यवहारसम्बन्धी एकदिने तालिम कार्यक्रम सुनसरीमा सम्पन्न भएको छ।
आज जिल्ला प्रहरी कार्यालय सुनसरीको सहकार्यमा तथा ‘भ्वाइस अफ चिल्ड्रेन’ इटहरी, सुनसरीको आयोजनामा इनरुवा–३ स्थित फुलवारी रिसोर्टको सभाहलमा तालिम कार्यक्रम सम्पन्न गरिएको हो।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सुनसरी तथा यस अन्तर्गतका मुद्दा चल्ने प्रहरी इकाइहरूमध्ये अपराध अनुसन्धान शाखा र महिला, बालबालिका तथा जेष्ठ नागरिक सहायता कक्षमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरूको सहभागिता रहेको थियो।
तालिममा अनलाइन प्लेटफर्मको दुरुपयोगमार्फत बालबालिकामाथि हुन सक्ने यौन दुर्व्यवहारका प्रवृत्तिहरू, तिनको पहिचान, रोकथाम र कानुनी प्रक्रिया सम्बन्धमा विस्तृत जानकारी दिइएको थियो।
कार्यक्रमले प्रहरी कर्मचारीको क्षमता अभिवृद्धिमा योगदान पुर्याउने विश्वास आयोजक संस्थाले व्यक्त गरेको छ।










Discussion about this post