• pradeshpoint
  • Pradeshpoint
Friday, April 17, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

नेपालमा चोरी, भारतमा बिक्री : ६ वटा मोटरसाइकलसहित गिरोह पक्राउ

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८१ चैत्र २८ गते, १३:४४ बजे प्रकाशित
in FEATURE, अन्तरवार्ता, अपराध खबर, कला, पालिका खबर, भ्रष्टाचार, शिक्षा समाचार, स्थानीय खबर
नेपालमा चोरी, भारतमा बिक्री : ६ वटा मोटरसाइकलसहित गिरोह पक्राउ
19
SHARES
Share on FacebookShare on Twitter

विराटनगर । विराटनगरबाट चैत महिनामा मात्रै ११ वटा मोटरसाइकल चोरी भएको छ । मोटरसाइकल चोरीमा संलग्न एक गिरोहलाई प्रहरीले ६ वटा मोटरसाइकल सहित पक्राउ गरेपछि यो रहस्य खुलेको हो ।

मोरङ प्रहरीले बुधबार पत्रकार सम्मेलन गरी मोटरसाइकल चोरीमा संलग्न दुई जनालाई सार्वजनिक गरेको हो । जसमा विराटनगर १७ का १७ वर्षीय मो. सोयल आलम र सोही ठाउँका २४ वर्षीय मो. नौसाद अन्सारी रहेका छन् ।

प्रहरीका अनुसार चैत्र महिनामा मात्रै विराटनगरबाट ११ वटा मोटरसाइकल चोरी भएको जनाएको छ । गत २१ गते मोरङ जिल्ला अदालतको पूर्वी सडक खण्डमा पार्किङ गरि राखेको स्थानबाट एउटा मोटरसाइकल हराएको थियो । यस्तै चैत १९ गते नेपाल भारतको सिमानामा पार्किङ गरिराखेको स्थानबाट एउटा स्कुटर हराएको थियो ।

यस्तै २२ गते कोशी हस्पिटलको पार्किङमा राखेको स्थानबाट एउटा मोटरसाइकल हराएको थियो भने चैत २५ गते विराटनगर महेन्द्र चोकमा रहेको सानिमा बैंकको कार्यालय भवनकै अगाडि पार्किङमा राखेको स्थानबाट अर्को मोटरसाइकल हराएको थियो ।

उता, २१ गते नै जोगवनीमा पार्किङ गरि राखेको स्थानबाट एउटा मोटरसाइकल हराएको थियो भने २५ गते कोशी अस्पतालकै पार्किङ गरि राखेको स्थानबाट अर्को मोटरसाइकल हराएको प्रहरीको रेकर्ड छ । गत फागुन ५ गते विराटनगर ३ बाट एउटा मोटरसाइकल हराएको थियो भने फागुन ७ गते विराटनगर ७ बाट निजी घरमा पार्किङ गरेकै स्थानबाट अर्को मोटरसाइकल हराएको थियो । यस्तै फागुन ५ गते नै विराटनगर ३ रेग्मीकाट एउटा, फागुन २१ गते जिल्ला अदालतको पूर्वतर्फ पार्किङ गरेको स्थानबाट एउटा र चैत १९ गते सीमा क्षेत्रबाट एउटा स्कुटर हराएको थियो ।

प्रहरीले पक्राउ परेकाहरूको साथबाट मोटरसाइकल चोरीमा प्रयोग गर्ने मास्टर चाबी, मोबाइल १ थान, प्रदेश १–०२–०४१ प ३४० नम्बरको मोटरसाइकल १ थान, को ३ प ९७९५ सुपर स्पेलेण्डर कालो रंगको मोटरसाइकल, ज ३ प ७४९८ हिरोहण्डा कालो रंगको मोटरसाइकल, मे ५ प ६६९२ सुपर स्पेलेण्डर निलो रंगको मोटरसाइकल, नम्बर नखुलेको रातो स्कुटर र खरानी रंगको अर्को मोटरसाइकल बरामद गरेको हो ।

विराटनगरमा भइरहेको मोटरसाइकलको श्रृंखलाबद्ध चोरी गरेको आरोपमा गिरोहका मुख्य व्यक्ति विराटनगर १७ का २४ वर्षीय नौसाद अन्सारी रहेको प्रहरीले दाबी गरेको छ । पक्राउ परेका अर्का व्यक्ति विराटनगर १७ कै वर्ष १७ का आलम भने सहयोगी रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेद प्रकाश जोशीले जानकारी दिए । पक्राउ परेका नौसाद मोटरसाइकल चोरी आरोपमा पक्राउ परेका पटके हुन् ।

उनी यसअघि पनि चोरी आरोपमा पक्राउ परेका प्रतिवादी हुन् । उनले विराटनगरको व्यस्त बजारमा राखिएको पार्किङ स्थलबाट पुरानो खालको मोटरसाइकल चोरी गर्ने र भारतमा पुर्‍याएर विक्री वितरण गरेको प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको डिएसपी जोशीले बताए ।

प्रहरीले नौसादसहित दुई जनालाई मंगलबार विराटनगर-७ अस्पताल चोकबाट कपडा पसल अगाडि पार्किङ गरेको प्र. १–०–२०४१ प ०३४० कालो रातो रङको हुन्डा सिबी साइन मोटरसाइकल चोरी गर्ने क्रममा पक्राउ गरेको थियो । प्रहरीले उनीहरूलाई पक्राउ गरेपछि थप ५ वटा मोटरसाइकल भारतमा विक्री गरेको खुलेको छ ।

‘त्यसपछि विक्री गरेको पाँच वटा मोटरसाइकल पनि नेपाल भारतको सीमा क्षेत्र दरैया र टिकुलिया क्षेत्रबाट बरामद गरेको हो,’ डिएसपी जोशीले भने, ‘चोरी गरेको मोटरसाइकलहरू भारतमा लगेर विक्री वितरण गरेको पाईको छ । त्यसपछि पीडितलाई फोन गरेर नौसादले फिरौती रकम पनि माग गरेको पाइएको छ ।’

नेपालमा चोरी गरेको मोटरसाइकलको नम्बर प्लेट फालेर भारत लैजाने गरेको पाइएको छ । ‘नयाँ भन्दा पनि पुरानो खालको मोटरसाइकल चोरी गर्ने गरेको पाइएको छ । पुरानो मोटरसाइकलको लक तोड्न सजिलो हुने भएकोले पुरानो रोज्ने गरेका छन्,’ डिएसपी जोशीले भने । चोरी गरी भारतीय बजारमा बिक्री गरिएका मोटरसाइकलहरू सुनसरीको देवानगन्ज हुँदै सीमावर्ती भारतीय बजार कटियारतर्फ अवैध घरेलु मदिराको ओसारपसारमा प्रयोग हुने गरेको पाइएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चोरी अपराध

Tags: गिरोह पक्राउचोरीनेपालमाभारतमा बिक्री : ६ वटामोटरसाइकलसहित

Related Posts

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
FEATURE

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
0

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो
FEATURE

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
0

पवन रौनियार/इनरुवा । सुनसरी जिल्लाको कोशी गाउँपालिका–हरिपुरस्थित कोशी ब्यारेज क्षेत्रमा मुख्य भन्सार कार्यालय सञ्चालनमा रहे पनि जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रका...

तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist