इनरूवा – सुनसरीको भोक्राह नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजादले नव वर्ष २०८२ सालको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् दीर्घायुको शुभकामना व्यक्त गरेका छन्।
शुभकामना सन्देशमार्फत अध्यक्ष आजादले नव वर्षलाई आशा, अपेक्षा र उमङ्गको उत्सवका रूपमा चित्रण गर्दै शिक्षा, स्वास्थ्य, कृषि तथा वातावरण संरक्षणलाई उच्च प्राथमिकतामा राख्दै दिगो विकासतर्फ संघीय, प्रदेश सरकार तथा सम्बन्धित निकायलाई अग्रसर हुन आह्वान गरेका छन्।
“अब आउने वर्ष विगतको जस्तो बाढी, पहिरो, आगलागी जस्ता प्राकृतिक विपत्तिहरूको सामना गर्न नपरोस् भन्ने मेरो हार्दिक कामना छ,” सन्देशमा उल्लेख छ।
उनले अन्धविश्वास फैलाउने र अतीतमा फर्काउने संस्कृतिलाई अन्त्य गर्दै श्रमको सम्मान गर्ने, प्रगतिपथमा हिँडाउने संस्कृतिको निर्माणमा सबैलाई संलग्न हुन आग्रह गरेका छन्।
“द्वन्द्व मच्चाउने र बाहुबलीयतातिर धकेल्ने होइन, निमुखालाई न्याय र विपन्नलाई आय दिलाउने तथा गाउँपालिकावासीलाई गाउँपालिकै रमाइलो लाग्ने सम्पन्नता र सभ्यताको निर्माण गर्नु नै हाम्रो लक्ष्य हो,” अध्यक्ष आजादको भनाइ छ।










Discussion about this post