दिपेन्द्र यादव /सुनसरी– कोशी प्रदेश सरकारले ‘कोशी पर्यटन वर्ष २०८२’ लाई सफल बनाउने उद्देश्यसहित भारतबाट नेपाल प्रवेश गर्ने सवारीसाधनमा स्टिकर टाँस्ने अभियानको सुरु गरेको छ। पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजनामा आज आइतबार कोशी ब्यारेजस्थित प्रहरी चौकीको प्राङ्गणमा औपचारिक कार्यक्रमबीच उक्त अभियानको शुभारम्भ गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले भारतीय नम्बर प्लेटका सवारीसाधनमा स्टिकर टाँसी अभियानको सुरुआत गरेका छन् । मन्त्री मण्डलले सीमावर्ती क्षेत्रमा सहज आवागमन व्यवस्थापन गर्दै नेपाल भ्रमणमा आउने विदेशी नागरिकलाई स्वागत गर्ने वातावरण सिर्जना गर्नु अभियानको उद्देश्य रहेको बताए ।
उक्त कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव राम प्रसाद आचार्य, सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्र, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिना, सशस्त्र प्रहरी बल ४ नं. गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापा, प्रहरी चाैकी काेशी ब्यारेजका इन्चार्ज बलराम यादव, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू र स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमअन्तर्गत नेपाल भित्रिने भारतीय नम्बर प्लेट भएका सवारीसाधनको आवश्यक कागजात जाँचपछी ‘कोशी पर्यटन वर्ष २०८२’ अंकित स्टिकर टाँसिनेछ। यस अभियानले नेपाल भ्रमणमा आउने पर्यटकलाई स्वागत गर्दै, पर्यटन प्रवर्द्धनमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास लिइएको छ।
शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्याएको...










Discussion about this post