इनरुवा । अमेरिकाको टेक्सास राज्यमा बसोबास गर्दै आएका ५५ वर्षीय नेपाली नागरिक अर्थराज कोईराला नेपाल आएलगत्तै कानुनी फन्दामा परेका छन्। सुनसरीको बराहक्षेत्र नगरपालिका–७ निवासी कोईरालामाथि ११ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको गम्भीर आरोप लागेको छ।
बालिकाका परिवारजनले इलाका प्रहरी कार्यालय महेन्द्रनगर, चक्रघट्टीमा किटानी जाहेरी दिएपछि कोईरालालाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ। उनी हाल सोही प्रहरी कार्यालयको हिरासतमा रहेका छन्।
कोइराला केही साताअघि मात्र अमेरिका टेक्सासबाट नेपाल आएका थिए। उनी त्यहाँको नेपाली ड्यास्पोरा राजनीतिक गतिविधिमा समेत संलग्न रहेको खुलेको छ।
सुनसरी प्रहरी प्रमुख एसपी सुमन तिम्सिनाले घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा कोईरालालाई नियन्त्रणमा लिइएको र थप अनुसन्धान अघि बढाइएको जानकारी दिए।
प्रहरीले घटनासम्बन्धी आवश्यक प्रमाण संकलनको काम भइरहेको जनाएको छ भने बालिकाको स्वास्थ्य परीक्षणसमेत गराइएको छ।
बाल यौन दुर्व्यवहार सम्बन्धी मुद्दालाई प्रहरीले उच्च प्राथमिकतामा राख्दै संवेदनशील रूपमा अनुसन्धान अगाडि बढाएको बताइएको छ।










Discussion about this post