दिपेन्द्र यादव/सुनसरी । नशाको नालाबाट समाजलाई जोगाउने अभिलाषा, युवा पुस्तालाई स्वस्थ जीवनशैलीतर्फ अग्रसर गराउने अभिप्रायसहित शसस्त्र प्रहरी बल नं. ४ गण, सुनसरीको आयोजनामा देवानगञ्ज गाउँपालिका–५, साहेबगंजस्थित श्री अमर सिंह माध्यमिक विद्यालयमा आयोजित लागू औषधविरुद्धको चेतनामूलक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमको अध्यक्षता सशस्त्र प्रहरी बल नं. ४ गण, सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) श्री निर्मल थापाले गरेकाे थियो। कार्यक्रमका प्रमुख अतिथि देवानगञ्ज गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद मेहता रहेको थियो भने विशिष्ट अतिथिका रूपमा गाउँपालिकाका उपाध्यक्ष विभा कुमारी यादव , वडा नं. ५ का वडाध्यक्ष, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष तथा समाजका विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
उक्त कार्यक्रमको मूल उद्देश्य समाजमा दिनप्रतिदिन बढ्दै गएको लागू औषधको दुर्व्यसन र त्यसले पारिरहेको नकारात्मक प्रभावबारे जनचेतना फैलाउनु रहेको आयोजक पक्षले स्पष्ट पारेको छ।
कार्यक्रममा विभिन्न वक्ताहरूले युवावर्गलाई लक्षित गर्दै नशाले जीवनमा ल्याउने अन्धकार र त्यसको दीर्घकालीन असरबारे गम्भीर धारणा प्रस्तुत गरेका थिए । गाउँपालिका अध्यक्ष मेहताले “नशाले व्यक्ति मात्र होइन, समाज नै तहसनहस हुने खतरा पैदा गर्दछ,” भन्दै स्थानीय तह, विद्यालय, परिवार र सुरक्षानिकायबीचको समन्वयद्वारा मात्र यस समस्याको समाधान सम्भव हुने बताए।
सशस्त्र प्रहरी उपरीक्षक थापाले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै शसस्त्र प्रहरी बल केवल सीमाको सुरक्षा गर्ने निकाय मात्र नभई समाजिक सुरक्षामा समेत समर्पित रहेको उल्लेख गरेका थिए । उनले विद्यालयस्तरमै यस्ता चेतनामूलक कार्यक्रमले दीर्घकालीन सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।
कार्यक्रमको मुख्य आकर्षणको रूपमा शसस्त्र प्रहरी बलका प्रतिनिधिहरूले विद्यार्थीहरूलाई लागू औषधका प्रकार, त्यसको दुष्परिणाम, कानुनी पक्ष तथा समाजमा त्यसले पार्ने नकारात्मक असरबारे विस्तृत जानकारी प्रस्तुत गरे। अन्तरक्रियात्मक शैलीमा गरिएको कार्यक्रमले विद्यार्थीहरूमा सजीव चासो र सहभागिता जगाएको थियो।
कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीय समुदायका विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागी विद्यार्थीहरूले आफूहरूले यस्ता जानकारीमूलक कार्यक्रमबाट महत्वपूर्ण शिक्षा पाएको महसुस व्यक्त गरे।
कार्यक्रमको अन्त्यमा विद्यालय प्रशासनले शसस्त्र प्रहरी बललाई धन्यवाद ज्ञापन गर्दै यस्ता कार्यक्रमले विद्यार्थीहरूको मानसिकता र जीवनशैली परिवर्तन गर्न सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गर्यो।
समाजमा व्याप्त नशा र दुर्व्यसनको छायालाई हटाउँदै उज्यालो भविष्यतर्फको बाटो देखाउने यस्तो पहलले समाजमा सकारात्मक सन्देश फैलाएको छ। शसस्त्र प्रहरी बलको यस्तो सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धता उदाहरणीय रहेको सहभागीहरूले उल्लेख गरे।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post