• pradeshpoint
  • Pradeshpoint
Thursday, January 15, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

लगानी सम्मेलनको तयारी पूरा, ७१ वटा परियोजना तय

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ बैशाख १७ गते, ११:५९ बजे प्रकाशित
in FEATURE, अन्तरवार्ता, पालिका खबर, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
लगानी सम्मेलनको तयारी पूरा, ७१ वटा परियोजना तय
14
SHARES
Share on FacebookShare on Twitter

विराटनगर । कोशी प्रदेश सरकारले बिहीबार र शुक्रबार गते गर्ने भनेको प्रदेश लगानी सम्मेलनको तयारी पूरा भएको जनाएको छ ।

विराटनगरमा बुधबार पत्रकार सम्मेलन गरी प्रदेश सरकारले लगानी सम्मेलनमा एक खर्ब ७३ अर्ब ४९ करोड बराबरका ७१ वटा परियोजनाहरू सोकेसिङ गर्ने जानकारी दिएको छ । जसमा कृषि, पर्यटन, ऊर्जा, उद्योग, पूर्वाधार, आइटिलगायतका क्षेत्रहरू छन् । लगानी सम्मेलनकै क्रममा दुई दर्जन बढी परियोजनामा भने सम्झौता (एमओयू) नै हुने लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा. सरोज कोइरालाले जानकारी दिए ।

प्रदेश सरकारले यी परियोजनाहरूलाई सफल बनाउन आठ वटा कानुन अध्यादेशमार्फत संशोधन गरेको छ । यसले प्रदेशमा लगानी गर्दा आइपर्ने सम्पूर्ण झन्झटहरू अन्त्य हुने अपेक्षा गरेको कोइरालाको दाबी छ ।

‘लगानी सम्मेलनमा चीन, रुस, अमेरिका, दक्षिण कोरिया, भारत लगायतका देशका लगानीकर्ता र गैरआवासीय नेपालीहरूको सहभागिता हुनेछ,’ कोइरालाले भने, ‘स्वदेशका प्रतिष्ठित उद्योगपतिहरू पनि यो लगानी सम्मेलनमा सहभागी हुनुहुनेछ ।’

लगानी सम्मेलनमा कृषि र पर्यटनमा कोशी प्रदेशको सम्भावना, औद्योगिक उत्पादन र बजारीकरण, पूर्वाधार विकास र ऊर्जा, स्वास्थ्य सेवा र मेडिकल शिक्षामा लगानीका अवसर र सम्भावनाका विषयकमा छलफल हुनेछ । साथै, पहिलो दिनको मुख्यसत्रका रूपमा कोशी प्रदेशका हकमा लगानीमैत्री वातावरण र तीन तहका सरकारहरूबिचको अन्तरसम्बन्धका विषयमा विज्ञहरू र जनप्रतिनिधिहरूबाट धारणा प्रस्तुत हुने कोइरालाले जानकारी दिए ।

लगानी सम्मेलनका लागि प्रदेश सरकारले केही नीतिगत प्रतिवद्धतासमेत गरेको छ । जसमा प्रदेशभित्रका कृषि, उद्योग, पर्यटन, पूर्वाधार र जलस्रोतसँग सम्बन्धित सम्भाव्य आयोजना वा परियोजनाहरूको सूची तयार गरी तिनको प्राविधिक एवम् आर्थिक अवस्थाको विश्लेषण गरी लगानीकर्ता समक्ष प्रस्तुत गर्ने तय भएको छ ।

साथै, संघीय सरकार, स्थानीय तह र लगानीकर्ताहरूबाट प्राप्त आयोजना वा परियोजनाहरूको समेत सम्भाव्यता अध्ययन गरी लगानी आकर्षक गर्न आवश्यक कदम चाल्ने उल्लेख छ ।

यस्तै आयोजना वा परियोजनाको विकास, सञ्चालन र व्यवस्थापनको लागि प्रदेश सरकारले सम्बन्धित स्थानीय तह र संघीय सरकारसँग आवश्यक समन्वय र सहजीकरण गर्ने, लगानी कर्ताले लगानी गर्ने आयोजना वा उनीहरूको प्रतिविद्धतालाई व्यवहारिक रूपमा कार्यान्वयन गर्दा स्थानीय स्तरका बाधा अड्चन हटाउन प्रदेश सरकारले तत्काल पहल गरी निष्कर्षमा पुर्‍याउन आवश्यक कदम चाल्ने लगायत ६ बुँदे नीतिगत प्रतिबद्धता छन् ।
कोशी प्रदेश

Related Posts

भोक्राहा नरसिंह गाउँपालिकाद्वारा स्वास्थ्य संस्थालाई कम्प्युटर तथा प्रिन्टर सेट हस्तान्तरण
FEATURE

भोक्राहा नरसिंह गाउँपालिकाद्वारा स्वास्थ्य संस्थालाई कम्प्युटर तथा प्रिन्टर सेट हस्तान्तरण

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ पुस ३० गते, १९:५२ बजे प्रकाशित
0

इनरुवा । सुनसरीकाे भोक्राहा नरसिंह गाउँपालिकाले पालिकाभित्र रहेका स्वास्थ्य संस्थाहरूमा PAMS V2 र EHMIS प्रणाली अद्यावधिक तथा प्रभावकारी रूपमा सञ्चालन गर्न...

सानैदेखि जग बलियो बनाउन नयाँ रणनीतिमा किन्डरपिलर
FEATURE

सानैदेखि जग बलियो बनाउन नयाँ रणनीतिमा किन्डरपिलर

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ पुस ३० गते, १९:३८ बजे प्रकाशित
0

इटहरी । सानै उमेरदेखि विद्यार्थीको जग बलियो बनाउन इटहरी वडा नं. ४ मा रहेको किन्डरपिलर एकेडेमीले विद्यार्थीहरुलाई खेलकुद, सिर्जनात्मक र...

भान्साबाट पहिचानसम्म: राष्ट्रिय भाक्का दिवस मनाइँदै

भान्साबाट पहिचानसम्म: राष्ट्रिय भाक्का दिवस मनाइँदै

२०८२ पुस २९ गते, १३:२१ बजे प्रकाशित
सोलुखुम्बुमा बोलेरो जिप दुर्घटना : दुईको ज्यान गयो, सात घाइते

सोलुखुम्बुमा बोलेरो जिप दुर्घटना : दुईको ज्यान गयो, सात घाइते

२०८२ पुस २९ गते, १२:१० बजे प्रकाशित
सुनसरीमा प्रतिनिधिसभा निर्वाचनः ५ लाख ८० हजार ९४५ मतदाता सूचीकृत

सुनसरीमा प्रतिनिधिसभा निर्वाचनः ५ लाख ८० हजार ९४५ मतदाता सूचीकृत

२०८२ पुस २४ गते, १२:३१ बजे प्रकाशित
कोशी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेर, नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण

कोशी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेर, नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण

२०८२ पुस २३ गते, १३:०२ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

भोक्राहा नरसिंह गाउँपालिकाद्वारा स्वास्थ्य संस्थालाई कम्प्युटर तथा प्रिन्टर सेट हस्तान्तरण

भोक्राहा नरसिंह गाउँपालिकाद्वारा स्वास्थ्य संस्थालाई कम्प्युटर तथा प्रिन्टर सेट हस्तान्तरण

२०८२ पुस ३० गते, १९:५२ बजे प्रकाशित
सानैदेखि जग बलियो बनाउन नयाँ रणनीतिमा किन्डरपिलर

सानैदेखि जग बलियो बनाउन नयाँ रणनीतिमा किन्डरपिलर

२०८२ पुस ३० गते, १९:३८ बजे प्रकाशित
भान्साबाट पहिचानसम्म: राष्ट्रिय भाक्का दिवस मनाइँदै

भान्साबाट पहिचानसम्म: राष्ट्रिय भाक्का दिवस मनाइँदै

२०८२ पुस २९ गते, १३:२१ बजे प्रकाशित
सोलुखुम्बुमा बोलेरो जिप दुर्घटना : दुईको ज्यान गयो, सात घाइते

सोलुखुम्बुमा बोलेरो जिप दुर्घटना : दुईको ज्यान गयो, सात घाइते

२०८२ पुस २९ गते, १२:१० बजे प्रकाशित
सुनसरीमा प्रतिनिधिसभा निर्वाचनः ५ लाख ८० हजार ९४५ मतदाता सूचीकृत

सुनसरीमा प्रतिनिधिसभा निर्वाचनः ५ लाख ८० हजार ९४५ मतदाता सूचीकृत

२०८२ पुस २४ गते, १२:३१ बजे प्रकाशित
कोशी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेर, नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण

कोशी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेर, नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण

२०८२ पुस २३ गते, १३:०२ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1393 shares
    Share 557 Tweet 348
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    818 shares
    Share 327 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    788 shares
    Share 315 Tweet 197
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    765 shares
    Share 306 Tweet 191
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    722 shares
    Share 289 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist