• pradeshpoint
  • Pradeshpoint
Wednesday, January 14, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

१० बुँदे पक्षधर बलबहादुर साम्सोहाङ र मणिशंकर पोमु निलम्बित

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ बैशाख २५ गते, १२:०८ बजे प्रकाशित
in FEATURE, Uncategorized, अन्तरवार्ता, अपराध खबर, पालिका खबर, भ्रष्टाचार, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
१० बुँदे पक्षधर बलबहादुर साम्सोहाङ र मणिशंकर पोमु निलम्बित
17
SHARES
Share on FacebookShare on Twitter

विराटनगर । नेकपा एमाले कोशी प्रदेश समितिको बैठकले ताप्लेजुङका एमाले नेता बलबहादुर साम्सोहाङ र मणिशंकर पोमुलाई निलम्बन गरेको छ । गत वैशाख १८ गते राष्ट्रिय युवा संघ नेपाल ताप्लेजुङको जिल्ला अधिवेशनबाट संस्थापन पक्षले एकलौटी कमिटी गठन गरेको विरोधमा साम्सोहाङ र पोमुलगायतले पत्रकार सम्मेलन गरेरै विरोध गरेका थिए ।

एमालेको प्रदेश समितिको मङ्गलवार सम्पन्न भएको बैठकले यस्तो निर्णय गरेको हो । ‘ताप्लेजुङ कमिटीले दिएको राय सुझावको आधारमा दुई जनाले बढ्तै गरे भनेर हामीले निलम्बन गरेका छौँ । थप बुझ्न समिति बनाएका छौँ,’ एमाले प्रदेश अध्यक्ष घनश्याम खतिवडाले भने, ‘जसमा पूर्व जिल्ला अध्यक्ष तथा पूर्व प्रदेश सांसद समेत रहेका एमालेका प्रदेश सल्लाहकार बलबहादुर साम्सोहाङ र प्रदेशको पर्यटन विभागको सचिव मणिशंकर पोमुख रहनुभएको छ ।’

उता कारबाहीमा परेका नेता बलबहादुर साम्सोहाङले आफूले पनि सो निर्णयबारे जानकारी पाएको बताए । युवा सङ्घको जिल्ला अधिवेशनमा एकलौटी घोषणाको विरोध गरेको कारण आफूलाई कारबाही गरेको जानकारीमा आएको उनले बताए । ‘एमालेभित्र पनि टिम टिम छ । टिमहरू मिलाएर लानुपर्छ भनेका थियौँ,’ साम्सोहाङले भने, ‘त्यसपछि हामीले अलिक विरोध गर्‍यौँ । त्यही कारण कारबाही भएको होला ।’

पार्टीले गरेको कारबाहीको विषयमा अब के गर्ने भनेर आफूले केही नसोचेको पनि उनले बताए । ‘अहिले खासै केही योजना बनाएको छैन,’ साम्सोहाङले भने, ‘अब हेर्दै जाऔँ के हुन्छ ।’

युवा सङ्घको जिल्ला अधिवेशनबाट भने संस्थापन पक्षले मानिक तुम्बाहाम्फेलाई अध्यक्षमा घोषणा गरेर अगाडि बढेको थियो । केन्द्रीय अध्यक्ष क्षितिज थेबेको प्रमुख आतिथ्यतामा गत बिहीबार उद्घाटन सत्र सकिएपछि राति नै बन्द सत्र सुरु भएको थियो ।

सङ्घको बन्द सत्र सुरु भएपछि प्रतिनिधिहरूबाट नयाँ कमिटीका लागि नाम सूची तयार गरेर अध्यक्ष मण्डलको तर्फबाट एकलौटी कमिटी घोषणा गर्न खोज्दा भने विवाद भएको थियो । अधिवेशन भने ताप्लेजुङ एमालेको पार्टी कार्यालय फुङलिङमै भएको थियो । विवाद भएपछि अधिवेशनस्थलमा टेबल, कुर्सी र माइकमा पनि तोडफोड भएको थियो ।

साम्सोहाङ पक्षधरले भने सहमतिमा कमिटी चयन गर्दा आफूहरूले सचिव पाउनुपर्ने माग गरेका थिए । तर, अध्यक्ष मण्डलले मानिकको नेतृत्वमा एकपक्षीय नाम घोषणा गरेको थियो । त्यसपछि त्यहाँ कुटाकुटसमेत भएको बताइन्छ । ताप्लेजुङ एमाले सचिव योगेश भट्टराईको गृह जिल्ला हो । तर उनी पनि युवा सङ्घको अधिवेशनमा सहभागी भएका थिएनन् ।

उता, एमाले प्रदेश समितिले इटहरीमा भएको सभा, दमकमा भएको सभा, काठमाडौँमा भएको कार्यक्रम सफल भएको निष्कर्ष निकालेको छ । यस्तै प्रदेश सरकारले पर्यटन वर्ष घोषणा गरेकोप्रति शुभकामना र धन्यवाद दिएको र लगानी सम्मेलनबाट डेढ खर्बभन्दा बढी लगानी गर्ने वातावरण बनाएको भन्दै प्रदेश सरकारलाई धन्यवाद दिने निर्णय भएको खतिवडाले जानकारी दिए ।

बैठकमा एमालेले चलाएको जरा केन्द्रित कार्यक्रमको समीक्षा गरेको उनले बताए । यस्तै समृद्धि चित्र तय गर्ने निर्णय गरेको र प्रदेश र स्थानीय सरकारलाई जनमुखी कार्यक्रम बनाउन निर्देशन दिएको समेत उनले बताए ।

Related Posts

भोक्राहा नरसिंह गाउँपालिकाद्वारा स्वास्थ्य संस्थालाई कम्प्युटर तथा प्रिन्टर सेट हस्तान्तरण
FEATURE

भोक्राहा नरसिंह गाउँपालिकाद्वारा स्वास्थ्य संस्थालाई कम्प्युटर तथा प्रिन्टर सेट हस्तान्तरण

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ पुस ३० गते, १९:५२ बजे प्रकाशित
0

इनरुवा । सुनसरीकाे भोक्राहा नरसिंह गाउँपालिकाले पालिकाभित्र रहेका स्वास्थ्य संस्थाहरूमा PAMS V2 र EHMIS प्रणाली अद्यावधिक तथा प्रभावकारी रूपमा सञ्चालन गर्न...

सानैदेखि जग बलियो बनाउन नयाँ रणनीतिमा किन्डरपिलर
FEATURE

सानैदेखि जग बलियो बनाउन नयाँ रणनीतिमा किन्डरपिलर

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ पुस ३० गते, १९:३८ बजे प्रकाशित
0

इटहरी । सानै उमेरदेखि विद्यार्थीको जग बलियो बनाउन इटहरी वडा नं. ४ मा रहेको किन्डरपिलर एकेडेमीले विद्यार्थीहरुलाई खेलकुद, सिर्जनात्मक र...

भान्साबाट पहिचानसम्म: राष्ट्रिय भाक्का दिवस मनाइँदै

भान्साबाट पहिचानसम्म: राष्ट्रिय भाक्का दिवस मनाइँदै

२०८२ पुस २९ गते, १३:२१ बजे प्रकाशित
सोलुखुम्बुमा बोलेरो जिप दुर्घटना : दुईको ज्यान गयो, सात घाइते

सोलुखुम्बुमा बोलेरो जिप दुर्घटना : दुईको ज्यान गयो, सात घाइते

२०८२ पुस २९ गते, १२:१० बजे प्रकाशित
सुनसरीमा प्रतिनिधिसभा निर्वाचनः ५ लाख ८० हजार ९४५ मतदाता सूचीकृत

सुनसरीमा प्रतिनिधिसभा निर्वाचनः ५ लाख ८० हजार ९४५ मतदाता सूचीकृत

२०८२ पुस २४ गते, १२:३१ बजे प्रकाशित
कोशी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेर, नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण

कोशी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेर, नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण

२०८२ पुस २३ गते, १३:०२ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

भोक्राहा नरसिंह गाउँपालिकाद्वारा स्वास्थ्य संस्थालाई कम्प्युटर तथा प्रिन्टर सेट हस्तान्तरण

भोक्राहा नरसिंह गाउँपालिकाद्वारा स्वास्थ्य संस्थालाई कम्प्युटर तथा प्रिन्टर सेट हस्तान्तरण

२०८२ पुस ३० गते, १९:५२ बजे प्रकाशित
सानैदेखि जग बलियो बनाउन नयाँ रणनीतिमा किन्डरपिलर

सानैदेखि जग बलियो बनाउन नयाँ रणनीतिमा किन्डरपिलर

२०८२ पुस ३० गते, १९:३८ बजे प्रकाशित
भान्साबाट पहिचानसम्म: राष्ट्रिय भाक्का दिवस मनाइँदै

भान्साबाट पहिचानसम्म: राष्ट्रिय भाक्का दिवस मनाइँदै

२०८२ पुस २९ गते, १३:२१ बजे प्रकाशित
सोलुखुम्बुमा बोलेरो जिप दुर्घटना : दुईको ज्यान गयो, सात घाइते

सोलुखुम्बुमा बोलेरो जिप दुर्घटना : दुईको ज्यान गयो, सात घाइते

२०८२ पुस २९ गते, १२:१० बजे प्रकाशित
सुनसरीमा प्रतिनिधिसभा निर्वाचनः ५ लाख ८० हजार ९४५ मतदाता सूचीकृत

सुनसरीमा प्रतिनिधिसभा निर्वाचनः ५ लाख ८० हजार ९४५ मतदाता सूचीकृत

२०८२ पुस २४ गते, १२:३१ बजे प्रकाशित
कोशी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेर, नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण

कोशी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेर, नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण

२०८२ पुस २३ गते, १३:०२ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1393 shares
    Share 557 Tweet 348
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    818 shares
    Share 327 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    788 shares
    Share 315 Tweet 197
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    765 shares
    Share 306 Tweet 191
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    722 shares
    Share 289 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist