• pradeshpoint
  • Pradeshpoint
Tuesday, February 17, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

बाबा पेपर मिलदेखि झुलेङ्गे पुलसम्म कालोपत्रे जीवनशैली नै सहज बन्दै

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ बैशाख २७ गते, १२:३६ बजे प्रकाशित
in FEATURE, अर्थ पाना, कला, कला पाना, पालिका खबर, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
लोकमार्गसँग जोड्ने लक्ष्मीमार्ग धमाधम कालोपत्र
22
SHARES
Share on FacebookShare on Twitter

दिपेन्द्र यादव /सुनसरी – कहिले काँक्रीटको सपना देख्ने गाउँहरू आजकल कालोपत्रेको स्पर्श पाउँदैछन्। भोक्राहा नरसिंह गाउँपालिका–५ का बासिन्दाका लागि यस्तै एउटा सपना साकार भएको छ। बाबा पेपर मिलदेखि टपराटोल हुँदै जल्पापुर नरसिंह जोड्ने झुलेङ्गे पुलसम्मको झन्डै ३ हजार ५ सय मिटर सडक कालोपत्रे भएपछि गाउँलेहरूको यात्रा मात्र होइन, जीवनशैली नै सहज बन्दै गएको छ।
गाउँपालिकाको आफ्नै स्रोतमा आधारित यो परियोजनामा झन्डै ३ करोड ८४ लाख रुपैयाँ खर्च भएको छ। एच एम समीक्षा जेभी कन्ट्रक्सन प्रा.लि.ले निर्माण कार्य सम्पन्न गरेको यस सडकले गाउँका जनताको दैनिकीमा उल्लेखनीय परिवर्तन ल्याएको छ।
गाउँपालिका अध्यक्ष अजमल अख्तर आजाद भन्छन्, “हामी स्थानीय सरकार हौं, तर हाम्रो सोच राष्ट्रिय हो। जनताको आवश्यकता बुझ्दै, पारदर्शिता र सहभागिताको आधारमा पूर्वाधार विकासलाई गति दिइरहेका छौं। कालोपत्रे सडकले आज हाम्रो प्रतिबद्धतालाई भौतिक स्वरूप दिएको छ।”

यस योजनाले केवल एउटा सडक निर्माण गरेको होइन, बरु त्यसले गाउँका सपना, अपेक्षा र सम्भावनाहरूलाई पनि उज्यालोमा ल्याएको छ। खासगरी जल्पापुर र बविया क्षेत्रका बासिन्दा यसबाट अत्यन्त लाभान्वित भएका छन्। पहिले हिलो, धुलो र झोलुङ्गे बाटाको पीडा सहन बाध्य थिए, अहिले भने उनीहरूलाई गाउँपालिका कार्यालयसम्म पुग्न अब १५ मिनेट पनि लाग्दैन।
स्थानीयवासी ६५ वर्षीया अमृता देवी यादव भन्छिन्, “पहिले त हस्पिटल जान पनि गाडी भेटिन्नथ्यो, बाटो नै थिएन। अहिले एम्बुलेन्स सिधा घरमै आउँछ। बाटो बनेपछि गाउँ पनि बाँचेजस्तो भयो।”

गाउँपालिकाले हालसम्म हुलाकी राजमार्गदेखि भारतीय सिमानासम्म ३.७ किलोमिटर, महेन्द्र राजमार्गदेखि टपराटोल हुँदै झुलेङ्गे पुलसम्म ३.५ किलोमिटर, र लवटोलिया–वडा नं. ३ कार्यालयसम्म १.१ किलोमिटर सडक कालोपत्रे गरिसकेको छ। त्यस्तै, चिरौली–प्रकाशपुर जोड्ने ४.५ किलोमिटर सडकको ८० प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको प्राविधिक सुनिल विक्रम शर्माले जानकारी दिए। बाँकी कार्य जेठ महिनाभित्र सम्पन्न हुने अपेक्षा गरिएको छ।
यसैगरी, सामवाला चोकदेखि सुनसरी खोला हुँदै बाबा पेपर मिल मार्ग भएर महेन्द्र राजमार्ग जोडिने वैकल्पिक मार्ग पनि कालोपत्रे भएपछि देवानगञ्ज, बर्जु, र हरिनगरका स्थानीयहरूलाई कोशी टप्पु तथा कोशी ब्यारेजको अवलोकनमा समेत सहजता भएको छ। अब इनरुवा हुँदै लामो घुम्ती लिनुपर्ने बाध्यता हटेको छ, जसले यात्रालाई किफायती, समयमैत्री र सहज बनाएको छ।
अध्यक्षको दिर्घदृष्टि र जनताको सहभागिता अध्यक्ष आजादको स्पष्ट अठोट  “गाउँका दुर्गम बस्ती, खोला किनार र सीमान्त बस्तीहरूलाई यातायात सञ्जालले जोड्नु हाम्रो अबको प्रमुख लक्ष्य हो। खाल्डाखुल्डीले भरिएको बाटो होइन, दीर्घकालीन मर्मत सम्भारसहितको पूर्वाधार हामी बनाउनेछौं।”
उनका अनुसार, गाउँपालिकाले आगामी वर्षहरूमा पूर्वाधार योजनाहरूमा व्यापक लगानी गर्दै जनतासँग सल्लाह र समन्वयमा काम अघि बढाउने छ। सडक मात्र होइन, त्यो सडकले शिक्षा, स्वास्थ्य, व्यापार र पर्यटनको ढोका खोल्ने विश्वास अध्यक्षले व्यक्त गरेका छन्।

यता बाबा पेपर मिलदेखि झुलेङ्गे पुलसम्मको कालोपत्रे मार्ग केवल गिट्टी र तारको बाटो होइन, यो आशाको बाटो हो। गाउँपालिकाको दिर्घदृष्टि, नेतृत्वको प्रतिबद्धता र जनताको सक्रिय सहभागिताले गाउँलाई बिस्तारै समृद्धिको गोरेटोबाट राजमार्गतर्फ डोर्याउन थालेको छ।

Tags: कालोपत्रेजीवनशैलीझुलेङ्गे पुलसम्मबाबा पेपरमिलदेखिसहज बन्दै

Related Posts

उज्यालो नेपाल पार्टीको जलविद्युत् शेयर योजना सार्वजनिक
FEATURE

उज्यालो नेपाल पार्टीको जलविद्युत् शेयर योजना सार्वजनिक

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ फाल्गुन ४ गते, ११:५२ बजे प्रकाशित
0

काठमाडौं – उज्यालो नेपाल पार्टीले आफ्ना निर्वाचन घोषणापत्रमा देशभरका प्रत्येक घरपरिवारलाई जलविद्युत आयोजनामा प्रत्यक्ष स्वामित्व दिलाउने महत्वाकांक्षी योजना अघि सारेको...

सर्लाहीमा इन्जिनियर हत्या, नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षाकर्मी परिचालन
FEATURE

सर्लाहीमा इन्जिनियर हत्या, नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षाकर्मी परिचालन

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ फाल्गुन ४ गते, ११:३७ बजे प्रकाशित
0

इनरुवा । सर्लाहीको मलङ्गवा नगरपालिका आइतबार राति एक जना इन्जिनियरको गोली हानी हत्या भएको छ। मृतक ३६ वर्षीय प्रमोदकुमार यादव...

इटहरीका वडाध्यक्ष प्रभात आचार्य एमालेबाट कारबाहीमा, छोरा राष्ट्रिय निर्माण दलमा उम्मेदवार

इटहरीका वडाध्यक्ष प्रभात आचार्य एमालेबाट कारबाहीमा, छोरा राष्ट्रिय निर्माण दलमा उम्मेदवार

२०८२ फाल्गुन ४ गते, ११:०६ बजे प्रकाशित
भोजपुर चुनाव: पूर्वमुख्यमन्त्रीहरूको शक्ति परीक्षण

भोजपुर चुनाव: पूर्वमुख्यमन्त्रीहरूको शक्ति परीक्षण

२०८२ फाल्गुन ४ गते, १०:४९ बजे प्रकाशित
तराईका जिल्लामा ४४ डिएसपी र ११० इन्स्पेक्टर खटाइयाे

तराईका जिल्लामा ४४ डिएसपी र ११० इन्स्पेक्टर खटाइयाे

२०८२ फाल्गुन २ गते, १९:५३ बजे प्रकाशित
काठमाडौं महानगरपालिकाको मूल्यांकनमा पछाडि, विराटनगर पहिलो स्थानमा

काठमाडौं महानगरपालिकाको मूल्यांकनमा पछाडि, विराटनगर पहिलो स्थानमा

२०८२ फाल्गुन १ गते, १२:३६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

उज्यालो नेपाल पार्टीको जलविद्युत् शेयर योजना सार्वजनिक

उज्यालो नेपाल पार्टीको जलविद्युत् शेयर योजना सार्वजनिक

२०८२ फाल्गुन ४ गते, ११:५२ बजे प्रकाशित
सर्लाहीमा इन्जिनियर हत्या, नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षाकर्मी परिचालन

सर्लाहीमा इन्जिनियर हत्या, नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षाकर्मी परिचालन

२०८२ फाल्गुन ४ गते, ११:३७ बजे प्रकाशित
इटहरीका वडाध्यक्ष प्रभात आचार्य एमालेबाट कारबाहीमा, छोरा राष्ट्रिय निर्माण दलमा उम्मेदवार

इटहरीका वडाध्यक्ष प्रभात आचार्य एमालेबाट कारबाहीमा, छोरा राष्ट्रिय निर्माण दलमा उम्मेदवार

२०८२ फाल्गुन ४ गते, ११:०६ बजे प्रकाशित
भोजपुर चुनाव: पूर्वमुख्यमन्त्रीहरूको शक्ति परीक्षण

भोजपुर चुनाव: पूर्वमुख्यमन्त्रीहरूको शक्ति परीक्षण

२०८२ फाल्गुन ४ गते, १०:४९ बजे प्रकाशित
तराईका जिल्लामा ४४ डिएसपी र ११० इन्स्पेक्टर खटाइयाे

तराईका जिल्लामा ४४ डिएसपी र ११० इन्स्पेक्टर खटाइयाे

२०८२ फाल्गुन २ गते, १९:५३ बजे प्रकाशित
काठमाडौं महानगरपालिकाको मूल्यांकनमा पछाडि, विराटनगर पहिलो स्थानमा

काठमाडौं महानगरपालिकाको मूल्यांकनमा पछाडि, विराटनगर पहिलो स्थानमा

२०८२ फाल्गुन १ गते, १२:३६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1395 shares
    Share 558 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    818 shares
    Share 327 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    789 shares
    Share 316 Tweet 197
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    766 shares
    Share 306 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    722 shares
    Share 289 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist