• pradeshpoint
  • Pradeshpoint
Saturday, April 18, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

इटहरी उपमहानगरमा आर्थिक सङ्कटको छायाँ: न त भुक्तानी, न त सम्झौता

अब जनताले उठाएका छन् प्रश्नहरू:

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ जेष्ठ ८ गते, ९:१५ बजे प्रकाशित
in FEATURE, अपराध खबर, अर्थ पाना, पालिका खबर, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
इटहरी उपमहानगरमा आर्थिक सङ्कटको छायाँ: न त भुक्तानी, न त सम्झौता
13
SHARES
Share on FacebookShare on Twitter

इटहरी — कुनै बेला ‘दिवा खाजा’ जस्तो बहुचर्चित कार्यक्रमले शैक्षिक क्षेत्रमै नवीन आशा बोकेको इटहरी उपमहानगरपालिका अहिले आफैं संकटको गहिराइमा डुबेको छ। एकातिर विद्यालयमा खसीको मासु र फलफूल खुवाउने योजना सञ्चारमाध्यमको शिर्षक बनिरहँदा अर्कोतिर ठेकेदार र उपभोक्ता समितिहरू भुक्तानीको याचनामा नगर कार्यपालिकाको ढोका ढक्ढक्याइरहेका छन्।

गत वर्ष उपमहानगरले सुरु गरेको दिवा खाजा कार्यक्रमका लागि ५ करोड ६२ लाख रुपैयाँको ठेक्का दिइएको थियो। संघीय सरकारले दिएको १ करोड ९८ लाख रुपैयाँमा नगरपालिकाले थप ३ करोड ६६ लाख रुपैयाँको योगदान गर्ने निर्णय गरेको थियो। एरिना टिफिनले ठेक्का पाएर ३६ सामुदायिक विद्यालयका ८ हजार विद्यार्थीलाई खाजा आपूर्ति गर्‍यो, तर वर्ष दिन बित्दा पनि सञ्चालक समीर कार्कीका अनुसार १ करोड ८० लाख रुपैयाँ अझै बाँकी छ।

कार्कीको सामाजिक सञ्जालमा पोखिएको आक्रोश यतिबेला जनचासोको विषय बनेको छ। उनले लेखेका छन्, “काम लगाएर पैसा नदिने मेयर र उपमेयरमा लाज भन्ने चीज छैन र?” – यस एक वाक्यले समग्र इटहरीको हालको यथार्थलाई उजागर गरेको छ।

केवल कार्की मात्र होइनन्, इटहरी उपमहानगरको योजनामा सहभागी साना ठेकेदार, उपभोक्ता समिति, र निजी कम्पनीका संचालकहरू पनि भुक्तानीका लागि सधैंजसो नगरपालिकाको ढोका चहारिरहेका छन्। ‘नेशनल फायर सेफ’ कम्पनीका सञ्चालक खगेन्द्र कार्कीले बिक्री गरेका ६ करोड ३६ लाख रुपैयाँका चार विद्युतीय बसमध्ये अझै पौने तीन करोड रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको बताएका छन्। बैंकको किस्तामा घाटा पुगिसकेको उनको भनाइ छ – “अब त सामान बेचेको भन्दा घाटा २८ लाख पुगिसक्यो।”

त्यस्तै, ठेकेदार कृष्ण खड्काको दुई करोड ७० लाख रुपैयाँभन्दा बढीको भुक्तानी अझै रोकिएको छ। भुक्तानी नपाउँदा उनी जस्ता धेरै व्यवसायीहरूले नयाँ योजनामा हात हाल्न सकिरहेका छैनन्।

स्थिति यति गम्भीर बनेको छ कि उपभोक्ता समितिहरूले नै संघर्ष समिति बनाएर आन्दोलन थालेका छन्। चार महिनाअघि गरिएको नगरपालिकाको घेराउ आन्दोलनपछि मेयर हेमकर्ण पौडेलले भुक्तानी दिने आश्वासन त दिएका थिए, तर त्यसले पनि विभेदकारी ढंगले मात्र राहत पुगेको पीडितहरूको गुनासो छ। कसैलाई दिइयो, कसैलाई आश्वासन मात्र बाँडियो।

उपमहानगरका प्रवक्ता दिवस पोखरेलले “भुक्तानी सुरू गरिएको हो” भन्ने दाबी गरे पनि कति बाँकी छ भन्ने स्पष्ट तथ्यांक उनीसँग छैन। उपमेयर संगीताकुमारी चौधरीले त झन् अझै २५ करोडभन्दा बढी रकम भुक्तानी बाँकी रहेको स्वीकार गरेकी छन्। उनको भनाइमा अझै नयाँ योजनाको सम्झौता नहुनु पनि यही कारण हो – “गत वर्षकै पैसा नपाएपछि उपभोक्ता समिति सम्झौता गर्नै मान्दैनन्।”

प्रमुख प्रशासकीय अधिकृत मीनबहादुर भट्टराईको भनाइ पनि फरक छैन – “अब त सम्झौता गरौँ भने पनि समय पुगिसक्यो, समितिहरू आउन मान्दैनन्।”

नगर प्रमुख हेमकर्ण पौडेल भने समस्या उति गम्भीर नभएको दाबी गर्छन् – “इटहरी टाट पल्टिएको होइन, ठूला योजनामा काम गरेकाले भुक्तानी सर्न गएको हो।” संघीय सरकारले अनुदान कटौती गरेपछि केही दबाब सिर्जना भएको उनको तर्क छ।

तर यथार्थ त्यस्तो छैन। भुक्तानी नपाएको पीडा भोगिरहेका व्यवसायी, चर्किएको आशा लिएर धाउने उपभोक्ता समिति र सम्झौता गर्न नसक्ने योजनाहरूको तस्बिर हेर्दा इटहरी साँच्चै शिथिल अर्थतन्त्रको कहालीलाग्दो साक्षी बनेको छ।

अब प्रश्न उठ्छ – दायित्व बोकेको नेतृत्वले जनविश्वास फिर्ता ल्याउन सक्छ त? वा इटहरीको समृद्धिको सपना भुक्तानीको उधारोमै हराउने हो?

Tags: अब जनतालेआर्थिक सङ्कटको छायाँ:इटहरी उपमहानगरमाउठाएका छन्न त भुक्तानीन त सम्झौताप्रश्नहरू

Related Posts

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
FEATURE

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
0

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो
FEATURE

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
0

पवन रौनियार/इनरुवा । सुनसरी जिल्लाको कोशी गाउँपालिका–हरिपुरस्थित कोशी ब्यारेज क्षेत्रमा मुख्य भन्सार कार्यालय सञ्चालनमा रहे पनि जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रका...

तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist