• pradeshpoint
  • Pradeshpoint
Monday, February 9, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

“एसपी साब, अस्तिको पाँच लाख कहाँ गयो?” — पूर्वमुख्यमन्त्री कार्कीको चुनौतीले कोशी प्रदेश हल्लायो

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ जेष्ठ १० गते, १३:४० बजे प्रकाशित
in FEATURE, अपराध खबर, अर्थ पाना, पालिका खबर, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
“एसपी साब, अस्तिको पाँच लाख कहाँ गयो?” — पूर्वमुख्यमन्त्री कार्कीको चुनौतीले कोशी प्रदेश हल्लायो
19
SHARES
Share on FacebookShare on Twitter

विराटनगर — कोशी प्रदेशसभा सोमबार असाधारण रूपमा गर्मायो जब पूर्वमुख्यमन्त्री केदार कार्कीले सदनमै खरो अभिव्यक्ति दिँदै प्रदेश सरकार र सुरक्षा प्रशासनमाथि गम्भीर आरोपहरू लगाए। उनले प्रहरी, गृह मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगबीचको समन्वित भ्रष्टाचारको संरचना रहेको दाबी गर्दै “एसपी साब, अस्तिको पाँच लाख कहाँ गयो?” भनेर सोझै प्रश्न तेस्र्याए।

कार्कीको आरोपअनुसार मोरङको जोगबनी नाका भ्रष्टाचारको केन्द्रबिन्दु बनेको छ। उनका अनुसार दिनभर व्यापारीलाई तर्साउने, राति गैरकानुनी ढंगले ट्रक छिराउने, र त्यसबाट असुलिएको पैसा माथिल्लो तहसम्म पुर्‍याउने कार्यमा प्रहरी प्रशासन संलग्न छ। “रक्षक नै भक्षक भएपछि सुशासनको कल्पना कसरी गर्ने?” भनेर उनले प्रदेशसभाको मर्यादा नै हल्लाउने अभिव्यक्ति दिए।

पूर्वमुख्यमन्त्री कार्कीले आफ्नो अभिव्यक्तिमा केवल प्रहरी मात्र होइन, अख्तियार र न्यायालयसम्मलाई समेत लक्षित गरे। “ललिता निवास प्रकरणका आरोपीहरू संरक्षण पाउँछन्, अदालतमा पैसा तिर्न सक्नेले मात्रै न्याय पाउँछ,” भन्दै उनले भ्रष्टाचारको संरचनागत जालोप्रति गम्भीर आपत्ति जनाए।

यसअघि सांसद डा. विरेन्द्र महतोले आफ्ना छोराको समकक्षता बनाउन ५ हजार रुपैयाँ घुस दिएको स्वीकारोक्ति संसदमा चर्चाको विषय बनेको थियो। त्यसैप्रकार, अहिले कार्कीको अभिव्यक्तिले नयाँ छानबिन समिति गठनको माग फेरि बलियो बनेको छ।

स्वास्थ्य, स्थानीय निकाय र विपद राहतमा समेत भ्रष्टाचारको आरोप

कार्कीले प्रदेश सरकारका अन्य क्षेत्रहरूमा समेत गम्भीर बेथिति भएको आरोप लगाए। हरैंचाको एक स्वास्थ्य चौकीमा एकै रातमा बीमा कार्डबाट २९ हजार रुपैयाँ दाबी गरिएको प्रसंग उल्लेख गर्दै उनले सरकारी स्वास्थ्य प्रणालीमा व्यापक अनियमितता रहेको बताए। “नोबेल अस्पतालमा एक रातमा ३ हजार लाग्छ, तर सरकारी चौकीमा त्यति नै समयमा २९ हजार?” उनले प्रश्न गरे।

स्थानीय निकायहरूमा ठेक्का–पट्टामा संलग्न जनप्रतिनिधिहरूले सुशासनको कल्पना नै धरापमा पारेको उनको भनाइ थियो। “जब जनप्रतिनिधि स्वयं ठेकेदार हुन्छन्, तब भ्रष्टाचार रोक्न सकिन्न,” भन्दै उनले विराटनगर महानगरलाई विशेष रूपमा आलोचना गरे।

मुख्यमन्त्रीमाथि पनि प्रश्न, ‘राहत के कार्यकर्तालाई?’

मुख्यमन्त्रीको विपद् व्यवस्थापन कोष प्रयोगको विषयमा पनि कार्कीको टिप्पणी चर्को थियो। उनले बुढीगंगा–२ मा राहत वितरणको घटनालाई उदाहरण दिँदै सोधे — “मुख्यमन्त्री आफै पुगे, तर राहत पार्टी कार्यकर्तालाई भयो कि पीडितलाई?” यसले सरकारको जवाफदेहिता र निष्पक्षताको सवाल फेरि उठाएको छ।

“म सुकरातझैं विषपान गर्न तयार छु, तर भ्रष्टाचारसँग सम्झौता छैन”

कार्कीले आफ्नो मन्तव्यको अन्त्यमा कुनै पनि परिणाम भोग्न तयार रहेको धारणा राखे। “म जेल जान तयार छु, सुकरातझैं विषपान गर्न तयार छु, तर भ्रष्टाचारसँग सम्झौता गर्ने छैन,” भन्दै उनले ईमानदारीको सन्देश दिए।

यता केदार कार्कीको यो अभिव्यक्ति कोशी प्रदेशको राजनीतिमा एक नयाँ बहसको सुरुवात भएको छ। प्रहरीदेखि लिएर मन्त्री, अख्तियारदेखि अदालतसम्म, अनि स्थानीय निकायदेखि स्वास्थ्य चौकीसम्म फैलिएको भनिएको भ्रष्टाचारमाथि छानबिन हुने हो वा फेरि सामान्य खबरझैं भुलिने हो — अब प्रदेश सरकारको जवाफ र निर्णयमाथि सिंगो प्रदेशले नजर राखेको छ।

Tags: "एसपी साबअस्तिको पाँच लाखकहाँ गयो?" — पूर्वमुख्यमन्त्रीकार्कीकोकोशी प्रदेशचुनौतीहल्लायो

Related Posts

“कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा निर्वाचन लक्षित सुरक्षा बैठक सम्पन्न”
FEATURE

“कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा निर्वाचन लक्षित सुरक्षा बैठक सम्पन्न”

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ माघ २६ गते, १३:२४ बजे प्रकाशित
0

इनरुवा । विराटनगरस्थित कोशी प्रदेश प्रहरी कार्यालयमा आगामी निर्वाचनलाई केन्द्रमा राख्दै प्रदेशस्तरीय सुरक्षा बैठक तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ।...

प्रतिनिधिसभा निर्वाचनअघि आयोगको मतदाता शिक्षा अभियान तीव्र
FEATURE

प्रतिनिधिसभा निर्वाचनअघि आयोगको मतदाता शिक्षा अभियान तीव्र

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ माघ २६ गते, १३:१३ बजे प्रकाशित
0

काठमाडौं — प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा मत बदर हुने समस्या न्यूनीकरण गर्न निर्वाचन आयोग सक्रिय बनेको छ। मतदातालाई सचेत बनाउने...

घरभित्रै मृत अवस्थामा फेला परेकी रंगेलीकी महिला, श्रीमान् नियन्त्रणमा

घरभित्रै मृत अवस्थामा फेला परेकी रंगेलीकी महिला, श्रीमान् नियन्त्रणमा

२०८२ माघ २६ गते, १२:१९ बजे प्रकाशित
संविधानले दिएको सहकार्यको भावनाअनुसार काम हुन नसक्दा प्रदेश सरकार अप्ठ्यारोमा : मुख्यमन्त्री कार्की

संविधानले दिएको सहकार्यको भावनाअनुसार काम हुन नसक्दा प्रदेश सरकार अप्ठ्यारोमा : मुख्यमन्त्री कार्की

२०८२ माघ २६ गते, ११:५३ बजे प्रकाशित
सधैंभरी जनताका पक्षमा काम गर्नेछु: उम्मेदवार कोइराला

सधैंभरी जनताका पक्षमा काम गर्नेछु: उम्मेदवार कोइराला

२०८२ माघ २४ गते, १६:४३ बजे प्रकाशित
‘कोशी एक्सिलेन्स अवार्ड २०२६’ को मिति सारियो, कार्यक्रम चैत्र ७ गते हुने

‘कोशी एक्सिलेन्स अवार्ड २०२६’ को मिति सारियो, कार्यक्रम चैत्र ७ गते हुने

२०८२ माघ २३ गते, १७:५९ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

“कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा निर्वाचन लक्षित सुरक्षा बैठक सम्पन्न”

“कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा निर्वाचन लक्षित सुरक्षा बैठक सम्पन्न”

२०८२ माघ २६ गते, १३:२४ बजे प्रकाशित
प्रतिनिधिसभा निर्वाचनअघि आयोगको मतदाता शिक्षा अभियान तीव्र

प्रतिनिधिसभा निर्वाचनअघि आयोगको मतदाता शिक्षा अभियान तीव्र

२०८२ माघ २६ गते, १३:१३ बजे प्रकाशित
घरभित्रै मृत अवस्थामा फेला परेकी रंगेलीकी महिला, श्रीमान् नियन्त्रणमा

घरभित्रै मृत अवस्थामा फेला परेकी रंगेलीकी महिला, श्रीमान् नियन्त्रणमा

२०८२ माघ २६ गते, १२:१९ बजे प्रकाशित
संविधानले दिएको सहकार्यको भावनाअनुसार काम हुन नसक्दा प्रदेश सरकार अप्ठ्यारोमा : मुख्यमन्त्री कार्की

संविधानले दिएको सहकार्यको भावनाअनुसार काम हुन नसक्दा प्रदेश सरकार अप्ठ्यारोमा : मुख्यमन्त्री कार्की

२०८२ माघ २६ गते, ११:५३ बजे प्रकाशित
सधैंभरी जनताका पक्षमा काम गर्नेछु: उम्मेदवार कोइराला

सधैंभरी जनताका पक्षमा काम गर्नेछु: उम्मेदवार कोइराला

२०८२ माघ २४ गते, १६:४३ बजे प्रकाशित
‘कोशी एक्सिलेन्स अवार्ड २०२६’ को मिति सारियो, कार्यक्रम चैत्र ७ गते हुने

‘कोशी एक्सिलेन्स अवार्ड २०२६’ को मिति सारियो, कार्यक्रम चैत्र ७ गते हुने

२०८२ माघ २३ गते, १७:५९ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1394 shares
    Share 558 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    818 shares
    Share 327 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    788 shares
    Share 315 Tweet 197
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    766 shares
    Share 306 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    722 shares
    Share 289 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist