• pradeshpoint
  • Pradeshpoint
Thursday, April 16, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

भोक्राहा नरसिंहमा १८ औं गणतन्त्र दिवसको अवसरमा दीप प्रज्वलन कार्यक्रम भव्य रूपमा सम्पन्न

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ जेष्ठ १५ गते, २१:३० बजे प्रकाशित
in FEATURE, अर्थ पाना, कला, कला पाना, पालिका खबर, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
भोक्राहा नरसिंहमा १८ औं गणतन्त्र दिवसको अवसरमा दीप प्रज्वलन कार्यक्रम भव्य रूपमा सम्पन्न
32
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाको आयोजनामा १८ औं गणतन्त्र दिवसको अवसरमा दीप प्रज्वलन कार्यक्रम एक विशेष र भावनात्मक माहोलमा सम्पन्न गरिएको छ। गाउँपालिका कार्यालय परिसरमा आयोजित उक्त कार्यक्रमले गणतन्त्रको गौरवपूर्ण इतिहास र वर्तमान सन्दर्भमा नागरिक चेतना जगाउने उद्देश्य बोकेको थियो।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजादको प्रमुख आतिथ्यता रहनुका साथै वडा अध्यक्षहरू, प्रमुख प्रशासकीय अधिकृत, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, समाजसेवी, स्थानीय बुद्धिजीवी, सुरक्षा निकाय, शिक्षक–विद्यार्थी, महिला समूह तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति थियो।समारोहको औपचारिक सुरुआत दीप प्रज्वलनबाट गरिएको थियो। उक्त दीप प्रज्वलनले लोकतन्त्र, गणतन्त्र र शान्तिको प्रकाश फैलाउने सन्देश दिएको सहभागीहरूले बताएका थिए।

गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले दीप प्रज्वलनपश्चात सम्बोधन गर्दै गणतन्त्र प्राप्तिका लागि नेपाली जनताले गरेको संघर्ष र बलिदानको स्मरण गर्नुपर्दछ भन्दै सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो। उहाँले भन्नुभयो, “गणतन्त्र केवल राजनीतिक परिवर्तनको उपज होइन, यो जनताको सम्मान, अधिकार र अवसरको सुनिश्चितताको आधार स्तम्भ हो। यसको रक्षा र प्रवर्द्धन हाम्रो सामूहिक कर्तव्य हो।”अध्यक्ष आजादले अझै पनि धेरै वर्ग, समुदाय र भूगोलसम्म गणतन्त्रको उपलब्धि पूर्ण रूपमा नपुगेको भन्दै समावेशी, समान र न्यायपूर्ण समाज निर्माणका लागि सबै तह र तप्काबाट प्रतिबद्धता आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। उहाँले सामाजिक रूपान्तरणका लागि शिक्षा, स्वास्थ्य, रोजगारी र सुशासनलाई प्राथमिकता दिएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा स्थानीय विद्यालयका विद्यार्थीहरूले देशभक्तिपूर्ण गीत तथा कविता प्रस्तुत गरी समारोहलाई झनै भावनात्मक बनाएका थिए। दीप प्रज्वलनपछि राष्ट्रका लागि बलिदान दिने ज्ञात–अज्ञात सहिदहरूको सम्झनामा मौनधारण गरिँदै श्रद्धाञ्जली अर्पण गरिएको थियो।

गाउँपालिकाले यस वर्ष पनि गणतन्त्र दिवसलाई विशेष महत्व दिँदै विविध जनचेतनामूलक, सांस्कृतिक तथा सन्देशमूलक कार्यक्रमहरू आयोजना गर्ने तयारी गरिरहेको छ। यस प्रकारका कार्यक्रमले स्थानीय तहमा लोकतान्त्रिक मूल्य र गणतान्त्रिक चेतनाको विकासमा सहयोग पुग्ने विश्वास गरिएको छ।

कार्यक्रमको समापनमा गाउँपालिकाले सबै उपस्थित सहभागीप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने प्रतिवद्धता जनाएको थियो।

Tags: १८ औंअवसरमाकार्यक्रमगणतन्त्र दिवसदीप प्रज्वलनभव्य रूपमाभोक्राहा नरसिंहमासम्पन्न

Related Posts

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
FEATURE

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
0

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो
FEATURE

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
0

पवन रौनियार/इनरुवा । सुनसरी जिल्लाको कोशी गाउँपालिका–हरिपुरस्थित कोशी ब्यारेज क्षेत्रमा मुख्य भन्सार कार्यालय सञ्चालनमा रहे पनि जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रका...

तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist