• pradeshpoint
  • Pradeshpoint
Tuesday, February 17, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

घुस्की नाका नजिकै जमिनमुनि लुकाइएको १,१२० केजी गाँजा बरामद

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ जेष्ठ २१ गते, ११:०३ बजे प्रकाशित
in FEATURE, अपराध खबर, कला, कला पाना, पालिका खबर, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
घुस्की नाका नजिकै जमिनमुनि लुकाइएको १,१२० केजी गाँजा बरामद
16
SHARES
Share on FacebookShare on Twitter

जुगेश दास/ सुनसरी । सुनसरी जिल्लाको हरिनगर गाउँपालिका–६ स्थित भारतसँग सिमाना जोडिएको घुस्की नाकाबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले ठूलो मात्रामा लागुऔषध गाँजा बरामद गरेको छ। मंगलबार राति सञ्चालन गरिएको विशेष संयुक्त अपरेसनमार्फत १,१२० किलोग्राम (११ सय २० केजी) गाँजा फेला पारिएको हो।

प्रहरीका अनुसार गाँजा प्लास्टिक र बोरामा विशेषरूपमा प्याक गरी जमिनमुनि लुकाइएको अवस्थामा भेटिएको हो। प्रारम्भिक अनुसन्धानबाट उक्त गाँजा अवैध रूपमा तस्करीका लागि भण्डारण गरिएको हुन सक्ने अनुमान गरिएको छ।

संयुक्त अपरेसन सशस्त्र प्रहरी बल बसन्तपुर, सशस्त्र प्रहरी बल घुस्की, अस्थायी प्रहरी चौकी घुस्की, ईलाका प्रहरी कार्यालय देवानगञ्ज तथा कप्तानगञ्ज सशस्त्र प्रहरी गणको सहभागितामा सञ्चालन गरिएको थियो।

घटनाबारे जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) योगराज खतिवडाले भने, “प्रारम्भिक सूचनाको आधारमा समन्वित रूपमा अपरेसन सञ्चालन गरियो। सटीक सूचनाको प्रयोग, तालमेल र टोलीको सक्रियताले गर्दा ठूलो परिमाणमा गाँजा बरामद गर्न सफल भयौं। अनुसन्धानलाई थप अगाडि बढाइँदैछ।”

बरामद गाँजा घटनास्थलबाट संकलन गरी आवश्यक कानुनी प्रक्रिया तथा अनुसन्धानका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ। यो बरामदगी पछिल्लो समय जिल्लामा भएको सबैभन्दा ठूलो लागुऔषध नियन्त्रणको सफलताका रूपमा लिइएको छ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सिमा क्षेत्रमा अवैध क्रियाकलाप तथा लागुऔषध तस्करी नियन्त्रण गर्न अभियानहरू तीव्र पारिरहेको छ। यो घटनाबाट तस्करविरुद्धको अभियान थप प्रभावकारी बन्दै गएको प्रहरी स्रोतले जनाएको छ।

Tags: ११२० केजीगाँजा बरामदघुस्कीजमिनमुनिनाका नजिकैलुकाइएको

Related Posts

उज्यालो नेपाल पार्टीको जलविद्युत् शेयर योजना सार्वजनिक
FEATURE

उज्यालो नेपाल पार्टीको जलविद्युत् शेयर योजना सार्वजनिक

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ फाल्गुन ४ गते, ११:५२ बजे प्रकाशित
0

काठमाडौं – उज्यालो नेपाल पार्टीले आफ्ना निर्वाचन घोषणापत्रमा देशभरका प्रत्येक घरपरिवारलाई जलविद्युत आयोजनामा प्रत्यक्ष स्वामित्व दिलाउने महत्वाकांक्षी योजना अघि सारेको...

सर्लाहीमा इन्जिनियर हत्या, नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षाकर्मी परिचालन
FEATURE

सर्लाहीमा इन्जिनियर हत्या, नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षाकर्मी परिचालन

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ फाल्गुन ४ गते, ११:३७ बजे प्रकाशित
0

इनरुवा । सर्लाहीको मलङ्गवा नगरपालिका आइतबार राति एक जना इन्जिनियरको गोली हानी हत्या भएको छ। मृतक ३६ वर्षीय प्रमोदकुमार यादव...

इटहरीका वडाध्यक्ष प्रभात आचार्य एमालेबाट कारबाहीमा, छोरा राष्ट्रिय निर्माण दलमा उम्मेदवार

इटहरीका वडाध्यक्ष प्रभात आचार्य एमालेबाट कारबाहीमा, छोरा राष्ट्रिय निर्माण दलमा उम्मेदवार

२०८२ फाल्गुन ४ गते, ११:०६ बजे प्रकाशित
भोजपुर चुनाव: पूर्वमुख्यमन्त्रीहरूको शक्ति परीक्षण

भोजपुर चुनाव: पूर्वमुख्यमन्त्रीहरूको शक्ति परीक्षण

२०८२ फाल्गुन ४ गते, १०:४९ बजे प्रकाशित
तराईका जिल्लामा ४४ डिएसपी र ११० इन्स्पेक्टर खटाइयाे

तराईका जिल्लामा ४४ डिएसपी र ११० इन्स्पेक्टर खटाइयाे

२०८२ फाल्गुन २ गते, १९:५३ बजे प्रकाशित
काठमाडौं महानगरपालिकाको मूल्यांकनमा पछाडि, विराटनगर पहिलो स्थानमा

काठमाडौं महानगरपालिकाको मूल्यांकनमा पछाडि, विराटनगर पहिलो स्थानमा

२०८२ फाल्गुन १ गते, १२:३६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

उज्यालो नेपाल पार्टीको जलविद्युत् शेयर योजना सार्वजनिक

उज्यालो नेपाल पार्टीको जलविद्युत् शेयर योजना सार्वजनिक

२०८२ फाल्गुन ४ गते, ११:५२ बजे प्रकाशित
सर्लाहीमा इन्जिनियर हत्या, नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षाकर्मी परिचालन

सर्लाहीमा इन्जिनियर हत्या, नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षाकर्मी परिचालन

२०८२ फाल्गुन ४ गते, ११:३७ बजे प्रकाशित
इटहरीका वडाध्यक्ष प्रभात आचार्य एमालेबाट कारबाहीमा, छोरा राष्ट्रिय निर्माण दलमा उम्मेदवार

इटहरीका वडाध्यक्ष प्रभात आचार्य एमालेबाट कारबाहीमा, छोरा राष्ट्रिय निर्माण दलमा उम्मेदवार

२०८२ फाल्गुन ४ गते, ११:०६ बजे प्रकाशित
भोजपुर चुनाव: पूर्वमुख्यमन्त्रीहरूको शक्ति परीक्षण

भोजपुर चुनाव: पूर्वमुख्यमन्त्रीहरूको शक्ति परीक्षण

२०८२ फाल्गुन ४ गते, १०:४९ बजे प्रकाशित
तराईका जिल्लामा ४४ डिएसपी र ११० इन्स्पेक्टर खटाइयाे

तराईका जिल्लामा ४४ डिएसपी र ११० इन्स्पेक्टर खटाइयाे

२०८२ फाल्गुन २ गते, १९:५३ बजे प्रकाशित
काठमाडौं महानगरपालिकाको मूल्यांकनमा पछाडि, विराटनगर पहिलो स्थानमा

काठमाडौं महानगरपालिकाको मूल्यांकनमा पछाडि, विराटनगर पहिलो स्थानमा

२०८२ फाल्गुन १ गते, १२:३६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1395 shares
    Share 558 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    818 shares
    Share 327 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    789 shares
    Share 316 Tweet 197
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    766 shares
    Share 306 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    722 shares
    Share 289 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist