• pradeshpoint
  • Pradeshpoint
Wednesday, May 6, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

मोरङको कानेपोखरीमा राजनीतिक स्रोतहरूको अवैध उत्खनन

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ जेष्ठ २१ गते, १२:२० बजे प्रकाशित
in FEATURE, अन्तरवार्ता, पालिका खबर, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
मोरङको कानेपोखरीमा राजनीतिक स्रोतहरूको अवैध उत्खनन
15
SHARES
Share on FacebookShare on Twitter

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकाभित्रका खोलामा प्राकृतिक स्रोतहरूको अवैध उत्खनन हुने गरेको पाइएको छ । गाउँपालिकाको स्वीकृतिविना ठेक्का प्रक्रिया नपुर्‍याई स्काभेटर र जेसीबीलगायत उपकरणहरू प्रयोग गरी नदीजन्य स्रोतको व्यापक दोहन भएको पाइएको हो ।

गाउँपालिकाले नियन्त्रणमा लिएको जेसीबीमार्फत यो गैरकानुनी गतिविधि बाहिर आएको छ । कानेपोखरी ६ स्थित सुकुना खोलाबाट अवैध उत्खननमा प्रयोग भएको को १ क २००० नम्बरको जेसीबी गाउँपालिकाको निर्देशनमा नियन्त्रणमा लिइएको गाउँपालिकाकी अध्यक्ष राजमती इङनामले जानकारी दिइन् ।

उनका अनुसार कुनै पनि ठेक्का सम्झौता नलिएको अवस्थामा पनि नदीजन्य सामग्रीको उत्खनन गरिएको भेटिएको हो । यस्ता कार्यमा सवारी साधन प्रयोग गर्न नपाइने स्पष्ट कानुनी मापदण्ड हुँदाहुँदै जेसीबी प्रयोग गरी नदी दोहन भइरहेको प्रमाणित भएको छ ।

कानेपोखरी गाउँपालिकाले स्काभेटर नियन्त्रणमा लिएसँगै प्रदेश सरकारद्वारा निर्मित कानुन अनुसार आवश्यक कारबाही अघि बढाइने अध्यक्ष इङनामले बताएकी छन् । स्थानीय स्रोतका अनुसार सुकुना खोलामा भइरहेको अवैध उत्खनन कांग्रेसका स्थानीय नेता सन्तोष फुयालको संरक्षणमा भइरहेको छ । फुयाल नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा पक्षधर मानिन्छन् । उत्खनन कार्यमा प्रयोग भएको जेसीबी युवराज खड्काको रहेको छ । उनी कांग्रेसका कार्यकर्ता हुन् । यो संगठित अभ्यासले स्थानीय प्रशासन, राजनीतिज्ञ र व्यवसायीबीचको मिलेमतो प्रष्ट पारेको छ ।

स्थानीय बासिन्दाका अनुसार, राति र दिन दुवै समयमा सुकुना खोलाबाट जेसीबी प्रयोग गरी उत्खनन हुने गर्दछ । उत्खनन गरेर ल्याइएको नदीजन्य सामग्री, ढुङ्गा, गिटी, बालुवा र भरौट कानेपोखरी–६ स्थित रमाइलो बजारदेखि उत्तर फुयालको खाली जग्गामा संकलन गरिएको छ । हालसम्म त्यहाँ ४० देखि ५० ट्रकसम्म सामग्री जम्मा भएको बताइएको छ ।

खोलाबाट अवैध रूपमा निकालिएको बालुवा र गिटी स्थानीय बजारमा महँगो मूल्यमा विक्री भइरहेको छ । एक ट्रयाक्टर सामग्रीको मूल्य ३ हजारदेखि ७ हजार रुपैयाँसम्म लिइने गरिएको स्रोतले जनाएको छ । यसरी सरकारलाई कुनै पनि राजस्व नतिरी अवैध उत्खननबाट आर्थिक लाभ लिने कार्यले आर्थिक अनियमितताको सिर्जना मात्र होइन, खोलाको पारिस्थितिक प्रणालीमा पनि गम्भीर असर पारेको छ ।

चिसाङ र डाँस खोलामा पनि अवैध उत्खनन

सुकुना खोलामात्र होइन, कानेपोखरी गाउँपालिका भित्रका अन्य प्रमुख खोलाहरू चिसाङ खोला र डाँस खोलामा समेत यस्तै प्रकारको अवैध उत्खनन भइरहेको छ । यसअघि पनि गाउँपालिकाले डाँस खोला र चिसाङ खोलाबाट अवैध उत्खननमा प्रयोग भएको स्काभेटर र जेसीबी नियन्त्रणमा लिएको थियो । तर निरन्तर रुपमा यस्ता क्रियाकलाप बढ्दै गएको देखिन्छ । जसले स्थानीय सरकारको निगरानी र कार्यान्वयन क्षमतामाथि प्रश्न खडा गरेको छ ।

प्रदेश सरकारले खोलाबाट उत्खनन गर्दा पालना गर्नुपर्ने स्पष्ट मापदण्डहरू तोकेको छ । ती मापदण्डअनुसार कुनै पनि स्थानबाट खोलाको स्रोत दोहन गर्नुअघि पर्यावरणीय प्रभाव मूल्याङ्कन, स्थानीय तहको स्वीकृति, सम्बन्धित मन्त्रालयको अनुमति, र आवश्यक ठेक्का सम्झौता हुनु आवश्यक छ । साथै, नदीजन्य उत्खननमा उपकरण प्रयोग गर्न कानुनी रुपमा रोक लगाइएको छ । तर, कानेपोखरीमा यी सबै नियमहरूको स्पष्ट उल्लङ्घन भएको स्थानीयको दाबी छ ।

खोलाको प्राकृतिक स्रोतको यस्तो अन्धाधुन्ध दोहनले स्थानीय वातावरणमा दीर्घकालीन असर पार्ने निश्चित छ । अवैध उत्खननका कारण खोलाको प्रवाह प्रणाली परिवर्तन हुन सक्ने, भूक्षय बढ्ने, जलाधार क्षेत्र कमजोर हुने, र बाढी तथा डुबानको जोखिम पनि बढ्ने स्थानीय बताउँछन् ।

यस विषयमा स्थानीय नेता सन्तोष फुयाँलले भने आफ्नो कुनै पनि संलग्न भएको दाबी गरेका छन् । उनले आफ्नो निजी जग्गामा घर बनाउन भरौट राखिएको बताउँदै सवारीसाधन खोला लैजान नदिने निर्देशन दिएको तर काम गर्नेहरूले उल्लङ्घन गरेको बताएका छन् । ‘दुःख पाएको दिदीको घर बनाउन भरौट झिक्न गएको रहेछन्,’ उनले भने, ‘मैले सवारी साधन खोलामा नलैजानु भनेको थिएँ,’ उनले भने । अहिले गाउँपालिकाले नियन्त्रणमा लिएको जेसीबीलाई कानुनी प्रक्रियाअनुसार अगाडि बढ्न दिन आफू तयार रहेको उनले बताए ।

Related Posts

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
FEATURE

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
0

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्‍याएको...

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल
FEATURE

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
0

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहत स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरूमाथि यौन शोषण तथा यौन दुर्व्यवहारसम्बन्धी...

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    792 shares
    Share 317 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    726 shares
    Share 290 Tweet 182
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist