• pradeshpoint
  • Pradeshpoint
Thursday, April 16, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

मुस्लिम आयोग अध्यक्ष महमदीन अलीद्वारा भोकाहा नरसिंह पालिका अवलोकन

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ जेष्ठ २१ गते, २०:१६ बजे प्रकाशित
in FEATURE, कला, कला पाना, पालिका खबर, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
मुस्लिम आयोग अध्यक्ष महमदीन अलीद्वारा भोकाहा नरसिंह पालिका अवलोकन
35
SHARES
Share on FacebookShare on Twitter

सुनसरी — मुस्लिम आयोगका अध्यक्ष महमदीन अलीले बुधबार सुनसरीकाे भोकाहा नरसिंह गाउँपालिकामा औपचारिक अवलोकन तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेका छन्।

कार्यक्रमका क्रममा अध्यक्ष अलीले गाउँपालिकाको कार्यशैली, सेवा प्रवाह र भौतिक पूर्वाधारको प्रत्यक्ष निरीक्षण गर्दै स्थानीय सरकारको समावेशी दृष्टिकोणको प्रशंसा गरे। उनले गाउँपालिकाले जनमुखी तथा सेवा–मैत्री प्रणालीमा आधारित भएर सबै समुदायलाई लक्षित सेवा प्रदान गरिरहेको बताए।“स्थानीय सरकार नागरिकको ढोका–ढोकासम्म पुग्ने तह हो,” अध्यक्ष अलीले भने, “ पालिकाहरूले मुस्लिम समुदायसहित सबै नेपालीका लागि समान पहुँच सुनिश्चित गर्न सशक्त भूमिका खेलेका छन्।”

उनले गाउँपालिका भवन, कार्यालय व्यवस्थापन, नागरिक सेवा डेस्क, सूचना प्रविधि कक्ष, वडा कार्यालयलगायत संरचनाको अवलोकन गरे। साथै, मुस्लिम आयोगले शिक्षा, स्वास्थ्य, सीप विकास र रोजगारीका क्षेत्रमा स्थानीय सरकारहरूसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाए।गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले आयोग अध्यक्ष अलीलाई स्वागत गर्दै पालिकाको स्थापना कालदेखि नै मुस्लिम समुदायको हितमा कार्यक्रम सञ्चालन हुँदै आएको उल्लेख गरेका थिए । “मुस्लिम आयोगको सरोकार र साथले हाम्रो प्रयासलाई थप ऊर्जा मिलेको छ,” अध्यक्ष आजादले भने, “हामी समावेशी विकासप्रति प्रतिबद्ध छौं।”

उपाध्यक्ष सुनिता कुमारी उराँवले गाउँपालिकाले सबै जात–जाती, वर्ग र समुदायका लागि लक्षित कार्यक्रमहरू सञ्चालन गर्दै आएको जानकारी दिइन्। प्रमुख प्रशासकीय अधिकृत विनोद अधिकारीले सेवा प्रवाह, बजेट परिचालन तथा आगामी योजनाबारे संक्षिप्त प्रस्तुति दिएका थिए।कार्यक्रममा वडा अध्यक्षहरू, महिला प्रतिनिधि, स्थानीय अगुवा र कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। गाउँपालिकाले अध्यक्ष अलीलाई औपचारिक स्वागत र कृतज्ञता व्यक्त गरेको थियो।

कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै अध्यक्ष अलीले मुस्लिम समुदायको शिक्षा, स्वास्थ्य, नागरिक अधिकार र समावेशी सेवाको प्रवर्द्धनमा आयोग क्रियाशील रहेको बताए। उनले स्थानीय सरकारहरूसँगको सहकार्यलाई अझ सुदृढ बनाइने स्पष्ट पारे।

भ्रमणका क्रममा स्थानीय जनप्रतिनिधि तथा नागरिकहरूले आयोग समक्ष आफ्ना समस्या, सुझाव र अपेक्षाहरू राखेका थिए। अवलोकन कार्यक्रमले स्थानीय तह र आयोगबीचको सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

Tags: अध्यक्षअलीद्वाराअवलोकनगाउँपालिकाकोभोकाहा नरसिंहमहमदीनमुस्लिम आयोग

Related Posts

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
FEATURE

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
0

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो
FEATURE

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
0

पवन रौनियार/इनरुवा । सुनसरी जिल्लाको कोशी गाउँपालिका–हरिपुरस्थित कोशी ब्यारेज क्षेत्रमा मुख्य भन्सार कार्यालय सञ्चालनमा रहे पनि जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रका...

तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist