विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरको सुरक्षा सुनिश्चितता अभियान अन्तर्गत झापा, सुनसरी र इलाम जिल्लाबाट लागुऔषधसहित १७ जना पक्राउ परेका छन्।
प्रहरी टोलीले जेठ २३ गते झापाको मेचीनगर–१३ स्थितबाट सोही स्थानका ३५ वर्षीय लक्ष्मी सोरेन, २६ वर्षीय विष्णु मग्राती र मोरङको लेटाङका २९ वर्षीय सन्तोष परियारलाई १ ग्राम १५० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।
त्यसैगरी, झापाकै शिवसताक्षी नगरपालिका–१ का २६ वर्षीय प्रणिस मुखिया र २४ वर्षीय तेजबहादुर दर्जीलाई ७०० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिइएको छ।
सुनसरी जिल्लाको कोशी गाउँपालिका–१ स्थितबाट सोही स्थानका हिमाल कुमार मण्डल, करण कुमार मण्डल, २१ वर्षीय दयानन्द कुमार यादव, इटहरी–५ का ३३ वर्षीय अजय चौधरी, धरान–१७ का २७ वर्षीय विवेक विश्वकर्मा, संगम राई, १९ वर्षीय किरण राई, बराहक्षेत्र–७ का २२ वर्षीय कौशल कालिकोटे र २० वर्षीय याकुव राईलाई २२ ग्राम ८१० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको हो।
त्यस्तै, इलाम नगरपालिका–७ स्थितबाट सोही स्थानका २६ वर्षीय रुपन राई, देउमाई नगरपालिका–२ का २९ वर्षीय पासाङ शेर्पा र माई नगरपालिका–१ का २१ वर्षीय अबिरल राईलाई १ ग्राम ३९० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।










Discussion about this post