अमर खड्का /इटहरी । नेपाल शिक्षक संघ सुनसरीको दोस्रो प्रतिनिधीसभा शनिबार इनरुवामा सम्पन्न भएको छ ।
कार्यक्रममा वर्षभरीका गतिविधी र भावी कार्ययोजना समेटिएको सांगठानिक प्रतिवेदन जिल्ला सचिव रोवनराज कार्कीले प्रस्तुत गरे । आर्थिक गतिविधी समेटिएको प्रतिवेदन अर्थ सचिव कासीराम चौधरीले पेस गरे ।
नेपाली काँग्रेस कोशी प्रदेश सदस्य दामोदर दाहाल प्रमुख अथिति रहेको कार्यक्रममा जिल्लाका ११ वटा स्थानीय तहको अधिवेसन सकिएपनि धरान नगर अधिवेसन हुन नसकेको अवस्थामा पुरानै समितिलाई काम गर्न दिने निर्णय भएको छ । आशबहादुर राईको नेतृत्वमा रहेको समितिलाई अर्को अधिवेसन नहुँदासम्म काम गर्न दिने निर्णय भएको प्रतिनिधीसभाबाट पास भएको छ ।
सुनसरी जिल्लाका १२ वटै पालिकाबाट सहभागिता रहेको कार्यक्रममा विशिष्ट अथिति नेपाल विद्यार्थी संघ सुनसरी अध्यक्ष प्रमोद भट्टराई, नेपाल शिक्षक संघ कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष सुरेश चौधरी, पूर्व संघीय सदस्य रेणुका पोखरेललगायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए । कार्यक्रम नेपाल शिक्षक संघ सुनसरी अध्यक्ष वेणुप्रसाद सिग्देलको सभापतित्वमा भएको थियो ।
शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्याएको...










Discussion about this post