राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि करिब ४४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
शुक्रबार सम्पन्न १२औँ गाउँसभामा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार कर्णले ४३ करोड ८४ लाख १९ हजार रुपैयाँको बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो।
प्रस्तुत बजेट अनुसार, कुल रकममध्ये चालुतर्फ ३२ करोड ८८ लाख १५ हजार रुपैयाँ र पूँजीगततर्फ १० करोड ९६ लाख ४ हजार रुपैयाँ विनियोजन गरिएको छ।
बजेटका स्रोतहरू यस प्रकार रहेका छन्:
- संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान अन्तर्गत १० करोड ६७ लाख,
- सशर्त अनुदानबाट १९ करोड १० लाख,
- संघीय राजस्व बाँडफाँडबाट ८ करोड ९० लाख ७९ हजार ३६८ रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
प्रदेश सरकारबाट:
- राजस्व बाँडफाँडतर्फ ४५ लाख,
- वित्तीय समानीकरण अन्तर्गत ८० लाख,
- सशर्त अनुदान ८० लाख,
- विशेष अनुदान ३० लाख,
- समपूरक अनुदान २० लाख रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ।
त्यस्तै, गाउँपालिकाको आन्तरिक स्रोतबाट २ करोड ६१ लाख ४० हजार रुपैयाँ उठ्ने अनुमान गरिएको छ।
सभामा बजेटसँगै आगामी वर्षका नीति तथा कार्यक्रमहरू समेत प्रस्तुत गरिएको थियो।










Discussion about this post