• pradeshpoint
  • Pradeshpoint
Saturday, April 25, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

नेपाल र प्रदेश सरकारले ल्याइसकेकोमा यस्तो हुन्छ स्थानीय सरकारको बजेट ?

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ असार ८ गते, १५:४९ बजे प्रकाशित
in FEATURE, पालिका खबर, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
नेपाल र प्रदेश सरकारले ल्याइसकेकोमा यस्तो हुन्छ स्थानीय सरकारको बजेट ?
13
SHARES
Share on FacebookShare on Twitter

काठमाडौँ । नेपाल सरकार र प्रदेश सरकारले बजेट ल्याइसकेको अवस्थामा हाल स्थानीय तहहरूले पनि बजेट ल्याउन सुरु गरेका छन् । अहिलेसम्म भरतपुर महानगरपालिकासहित केही स्थानीय तहले बजेट सार्वजनिक गरिसकेका छन् ।

कानुनी व्यवस्था अनुसार स्थानीय तहले असार १० गतेसम्म बजेट ल्याउनुपर्छ । स्थानीय सरकार सञ्चालन ऐनको दफा ७१(१) ले ‘गाउँ कार्यपालिका र नगर कार्यपालिकाले आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान (बजेट) असार महिनाको दश गतेभित्र सम्बन्धित गाउँ वा नगर सभामा पेस गर्नु पर्नेछ’ भन्ने व्याख्या गर्दै यसलाई बाध्यकारी बनाएको देखिन्छ । यही कानुनी बाध्यता पूरा गर्दै अधिकांश स्थानीय तह समयमै बजेट ल्याउने गरेका हुन् ।

केही स्थानीय तहले भने विभिन्न विवादले गर्दा बजेट समयमा नल्याउने गरेको विगतका वर्षहरूको उदाहरणले देखाउँछ । बजेट पेस भएको १५ दिनभित्र पारित समेत गरिसक्नुपर्ने व्यवस्था छ ।

संघीय संरचना अनुसार तीन तहको सरकारको अभ्यास गरेको नेपालमा सबै तहको जिम्मेवारी एवं अधिकार फरक फरक छ । सोही अनुसार सम्बन्धित सरकारले स्रोत तथा विनियोजनको अनुमान तयार गर्दै आएका छन् ।

यद्यपि संविधान तथा कानुनले तोकेको जिम्मेवारी अनुसार स्थानीय बजेटको संरचना, प्रकृति र जिम्मेवारी समेत फरक हुने भएकोले यसको बजेट तर्जुमाको प्रक्रिया समेत अरूभन्दा फरक फरक हुने गर्छ । आम नागरिकको सबैभन्दा नजिकको सरकारको रूपमा रहने भएकोले यो प्रक्रिया अरूभन्दा धेरै सहभागितामूलक हुने स्थानीय जनप्रतिनिधिहरू दाबी गर्छन् ।
बजेटको सँघारमा पनि स्थानीय तहमा छैन उत्साह, सरकारमाथिको अविश्वासले खुम्चिँदै आकार

स्थानीय तहको बजेट निर्माण प्रक्रिया ‘टोल भेला’ बाट सुरु हुन्छ । अन्तिममा गाउँ वा नगर सभाबाट बजेट पारित भएपछि बजेट बन्ने प्रक्रिया सकिएर यो कार्यान्वयनको चरणमा जान्छ ।

गाउँपालिका राष्ट्रिय महासंघका महासचिव खिमबहादुर थापा यो प्रक्रियामा सात वटा चरण पार गर्नुपर्ने बताउँछन् । ‘यो प्रक्रिया पुस महिनादेखि नै सुरु भएर सामान्यतया असार अन्तिममा सकिन्छ,’ थापा भन्छन्, ‘यो बजेटको तयारी सबै तयारी भन्ने हो भने त सात चरणको तयारी पूरा गर्छौँ ।’

पहिलो चरण: प्रारम्भिक तयारी र स्रोतको अनुमान

स्थानीय बजेट निर्माणको सुरुवात सामान्यतया आर्थिक वर्षको मध्यतिर अर्थात् पुस महिनाबाटै हुन्छ । स्थानीय तहमा रहेको आर्थिक प्रशासन शाखाले स्रोतको अनुमान गर्छ । स्रोतको अनुमान अन्तर्गत राजस्व तथा अनुदानको प्रक्षेपणको काम हुन्छ ।

राजस्व प्रक्षेपण गर्दा विगतका वर्षहरूको आन्तरिक राजस्व संकलनको अवस्था, चालू आर्थिक वर्षको प्रगति र आगामी वर्षमा थपिन सक्ने नयाँ करका दायराहरूको विश्लेषण गर्ने थापा बताउँछन् । स्थानीय तहको आन्तरिक स्रोतमा घरजग्गा कर, व्यवसाय कर, बहाल कर, मनोरञ्जन कर मुख्य रहने सामान्य प्रवृत्ति छ । त्यसबाहेक संघीय सरकार तथा प्रदेश सरकारबाट बाँडफाँट भएर जाने रकमलाई समेत स्थानीय तहको स्रोतकै रूपमा व्याख्या गरिन्छ । संघीय तथा प्रदेश सरकारले संकलन गर्ने मूल्य अभिवृद्धि अन्तःशुल्कको १५ प्रतिशत तथा रोयल्टीको २५ प्रतिशत रकम स्थानीय तहमा सूत्रमा आधारित भएर पठाउनुपर्ने कानुनी व्यवस्था छ ।

अहिलेको अवस्थामा स्थानीय तहको धेरैजसो स्रोत भने अनुदानमा आधारित हुने गरेको छ । माथिल्ला सरकारबाट स्थानीय तहले वित्तीय समानीकरण, सशर्त, समपूरक र विशेष अनुदानको रूपमा अनुदान पाउने गर्छन् । प्रारम्भिक ’सिलिङ’मा यी सबै कुरा समावेश हुने थापा बताउँछन् । यो अनुमानले बजेटको आकार कत्रो बनाउन सकिन्छ भन्ने प्रारम्भिक खाका तयार गर्छ ।

दोस्रो चरण: मार्गदर्शन र प्राथमिकता निर्धारण

यो चरण चैत महिना सम्पन्न हुन्छ । यस अन्तर्गत कार्यपालिकाले बजेटको सैद्धान्तिक पक्षमा छलफल गर्छ । यसमा आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटले कुन क्षेत्रलाई प्राथमिकता दिने भन्नेबारे मार्गदर्शन तय गरिन्छ ।

उदाहरणको लागि कृषि, स्वास्थ्य, शिक्षा, पूर्वाधार वा रोजगारी सिर्जनामध्ये कुनलाई जोड दिने भन्ने विषयमा कार्यपालिकामा प्रारम्भिक समझदारी बनाइन्छ । गत वर्षका योजनाहरूको समीक्षा र त्यसबाट सिकेका पाठहरूलाई पनि आधार मानिन्छ ।

तेस्रो चरण: टोल र वडा भेला

यो चरण स्थानीय तहको बजेट प्रक्रियाको सबैभन्दा महत्त्वपूर्ण र सहभागितामूलक हिस्सा हो । यो भेला सामान्यतया चैत–वैशाखमा हुन्छ ।

टोल भेला अन्तर्गत प्रत्येक वडाभित्रका टोल–टोलमा नागरिकहरू भेला हुन्छन् । उनीहरूले आफ्नो टोलको तत्कालको आवश्यकता के हो भनेर छलफल गर्छन् । खानेपानीको धारा मर्मत, बाटोमा कल्भर्ट निर्माण, ढल निकास, सामुदायिक भवनको रङरोगन जस्ता साना तर महत्त्वपूर्ण योजनाहरू टोल भेलाबाटै पहिचान हुन्छन् । नागरिकले आफ्ना आवश्यकताको सूची बनाएर वडा कार्यालयमा पेस गर्ने गर्छन् ।

टोलहरूबाट प्राप्त भएका योजनालाई एकीकृत गरी वडा समितिले छलफल गर्छ । वडाको समग्र आवश्यकता र स्रोतको सीमिततालाई ध्यानमा राखेर योजनाहरूको प्राथमिकता निर्धारण गरिन्छ । वडाध्यक्षको नेतृत्वमा हुने यो भेलाले प्राथमिकतामा परेका योजनाहरूलाई बजेटमा समावेश गर्नका लागि गाउँ नगर कार्यपालिकामा सिफारिस गर्ने थापा बताउँछन् ।

‘स्थानीय योजना छनोटमा टोल र वडा भेलाले सबैभन्दा महत्त्वपूर्ण आधार दिन्छ, त्यसैका आधारमा हामी योजना छनोट गर्छौँ,’ थापा भन्छन् ।

चौथो चरण: विषयगत समितिमा छलफल

वडा तहबाट आएका योजनालाई गाउँ वा नगर कार्यपालिका अन्तर्गतको सम्बन्धित विषयगत समितिमा पठाइन्छ । स्थानीय सरकार सञ्चालन ऐन अनुसार स्थानीय तहमा आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, वातावरण तथा विपद् व्यवस्थापन, संस्थागत विकास तथा सुशासन जस्ता समितिको परिकल्पना गरेको छ ।

हरेक समितिले आफ्नो क्षेत्राधिकारभित्र पर्ने योजनाको प्राविधिक पक्ष, लागत अनुमान र सम्भाव्यताको अध्ययन गर्छ । एउटै प्रकृतिका योजना भएमा त्यसलाई एकीकृत गर्ने र दोहोरोपना हटाउने काम पनि यही चरणमा हुने गर्छ । समितिहरूले योजनाहरूलाई अन्तिम रूप दिएर कार्यपालिकामा पेस गर्छन् यो सामान्यतया जेठ अन्तिमसम्म सकिने थापा बताउँछन् । विषयगत समिति दिएका निष्कर्ष कार्यपालिका बैठकमा छलफल हुने उनको भनाइ छ ।

पाँचौँ चरण: नीति तथा कार्यक्रम र बजेटको मस्यौदा लेखन

यो काम सामान्यतया असार सुरु भएपछि सुरु हुन्छ । विषयगत समितिहरूबाट प्राप्त सुझाव र प्राथमिकताका आधारमा कार्यपालिकाले नीति तथा कार्यक्रम एवं बजेटको मस्यौदा लेखनको काम हुन्छ । दुवै काम नगर प्रमुखले तोकेको कार्यपालिकाका कुनै व्यक्ति वा कर्मचारीले गर्न सक्छन् । स्थानीय तहको नीति तथा कार्यक्रम सरकार प्रमुखको रूपमा नगर प्रमुख वा अध्यक्ष र तथा बजेटको प्रस्तुतीकरण उपप्रमुख वा उपाध्यक्षले गर्ने अभ्यास छ ।

बजेट मस्यौदा तयार गर्दा स्रोत बजेटको कुल सीमा र वडास्तरबाट आएका योजना तथा विषयगत समितिले छानेका कार्यक्रम र पालिका स्तरका रणनीतिक महत्वका गौरवका आयोजनाहरू समावेश गर्ने अभ्यास रहेको जनप्रतिनिधिहरू बताउँछन् ।

छैटौँ चरण: नीति तथा कार्यक्रम र बजेट प्रस्तुति

नगर प्रमुख र गाउँपालिका अध्यक्षले नीति तथा कार्यक्रम प्रस्तुत गर्छन् । त्यस्तै प्रमुख वा अध्यक्षको सहमतिमा उपप्रमुख वा उपाध्यक्षले बजेट सभामा प्रस्तुत गर्ने कानुनी व्यवस्था छ । सामान्यतया ४–५ गतेदेखि नीति कार्यक्रम ल्याउने र १० गतेभित्र बजेट प्रस्तुत गर्ने प्रचलन छ ।

सातौँ चरण: छलफल, संशोधन र अनुमोदन

यो बजेट काम असार २५ गतेसम्म गरिसक्नुपर्छ । असार १० गतेसम्म बजेट प्रस्तुत गर्नुपर्ने र त्यसको १५ दिनभित्र पास गरिसक्नुपर्ने भएकोले यो सीमाभन्दा ढिला गर्न नमिल्ने देखिएको हो । यो चरण अन्तर्गत सभामा प्रस्तुत भएको नीति तथा कार्यक्रम र बजेटमाथि सदस्यहरूले दफावार छलफल गर्छन् ।

बजेटमाथि पर्याप्त छलफल होस् भनेर प्रदेश कानुनहरूमा बजेट प्रस्तुतिपछि छलफलका लागि न्यूनतम समय निर्धारण गरिएको हुन्छ । अहिले गण्डकी प्रदेशमा ४८ घण्टा र अरू प्रदेशले ७२ घण्टासम्मको समय छलफलका लागि छुट्याउनेगरी स्थानीय तहको कार्यसञ्चालनसम्बन्धी कानुन बनाएका छन् ।

सभामा कार्यपालिका सदस्यले उठाएका सवाललाई आवश्यक संशोधन गर्न सकिन्छ । सबै पक्षबिच सहमति गरेर वा सम्भव नभए बहुमतबाट बजेट पास गर्ने व्यवस्था छ । यसमा कार्यपालिका सदस्यहरूले दलगत प्रतिनिधित्व नगर्ने भएकोले राजनीतिक दलको ह्विप लाग्दैन । असार २५ मा पास भएको प्रक्रिया उक्त बजेट साउन १ गतेदेखि कार्यान्वयनमा जाने व्यवस्था छ ।

संघ र प्रदेशभन्दा कसरी फरक छ स्थानीय तहको बजेट ?

अहिले संघ तथा प्रदेशले बजेट सार्वजनिक गरिसकेका छन् । दुवै सरकारले लगभग उस्तै र लामो चरण पार गरेर बजेट तयार गर्ने भए पनि स्थानीय तहको बजेट अरूभन्दा फरक रहेको देखिन्छ । नगरपालिका संघका महासचिव थापा प्रत्यक्ष निर्वाचित प्रतिनिधित्व, सहभागिताको प्रकृति, योजना छनोटको आधार, प्रक्रियागत सरलता, जवाफदेहिताको हिसाबले स्थानीय तहको बजेट प्रक्रिया पृथक् हुने बताउँछन् ।

खासगरी संघीय र प्रदेश बजेट ‘टप–डाउन’ अवधारणाको हुन्छ । यसमा अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग र अन्य मन्त्रालयको भूमिका प्रत्यक्ष र नागरिकको अप्रत्यक्ष वा प्रतिनिधिमूलक मात्रै हुन्छ । तर, स्थानीय तह प्रत्यक्ष सहभागिताको अभ्यास हुन्छ । त्यसैले यसमा स्थानीय प्रतिनिधिहरू नागरिकप्रति प्रत्यक्ष रूपमा जबाफदेही हुन्छन् । टोल भेलामा गरेको वाचा अर्को भेलामा पूरा नगर्दा नागरिकले सिधै प्रश्न उठाउन सक्छन् जुन अरू सरकारमा नहुने उनको भनाइ छ ।

स्थानीय तहमा भने नागरिकसँग सिधै जोडिने र साना–साना आवश्यकताका आयोजना रहन्छन् जुन माथिल्ला सरकारभन्दा पृथक् हुन्छ । यस्तो बजेट प्रक्रियामा धेरै निकाय सहभागी नहुने भएकोले प्रक्रियागत रूपमा भने अरू बजेटभन्दा सरल र छिटो हुने विज्ञहरूको अनुभव छ ।

Tags: ७ चरणनेपालबजेटबन्नेयस्तो हुन्छर प्रदेशल्याइसकेकोमासरकारकोसरकारलेस्थानीय

Related Posts

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
FEATURE

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
0

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्‍याएको...

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल
FEATURE

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
0

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहत स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरूमाथि यौन शोषण तथा यौन दुर्व्यवहारसम्बन्धी...

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    792 shares
    Share 317 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    726 shares
    Share 290 Tweet 182
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist