• pradeshpoint
  • Pradeshpoint
Thursday, May 7, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

भाेक्राहा नरसिंहमा १८औँ गाउँसभा सम्पन्न:

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ असार ९ गते, १०:१८ बजे प्रकाशित
in FEATURE, अर्थ पाना, कला, कला पाना, पालिका खबर, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
भाेक्राहा नरसिंहमा १८औँ गाउँसभा सम्पन्न:
15
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीकाे भोक्राहा नरसिंह गाउँपालिकाको १८औँ गाउँसभा आइतबार सम्पन्न भएको छ। गाउँसभा अधिवेशनमा अध्यक्ष अजमल अख्तरले आर्थिक वर्ष २०८२/०८३ का लागि नीति, योजना तथा कार्यक्रम प्रस्तुत गर्दै समावेशी विकास, सामाजिक न्याय, पूर्वाधार सुदृढीकरण र स्थानीय सशक्तीकरणलाई प्राथमिकता दिएको बताए।

सभाको प्रारम्भमा अध्यक्ष अख्तरले लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात–अज्ञात शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दै पालिकाको तर्फबाट सहभागी सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, अतिथि तथा नागरिकप्रति आभार व्यक्त गरे।गत वर्षको संक्षिप्त समीक्षा

आर्थिक वर्ष २०८१/०८२ मा गाउँपालिकाको कुल संशोधित अनुमानित बजेट ४९ करोड ४९ लाख ९२ हजार ५ सय रुपैयाँ रहेको थियो। सो मध्ये चालु खर्चतर्फ ८३.८१ प्रतिशत र पूँजीगत खर्चतर्फ ६७.९४ प्रतिशत भौतिक तथा वित्तीय प्रगति हासिल गरिएको प्रतिवेदन सभामा प्रस्तुत गरियो।

प्रस्तावित कार्यक्रमका प्रमुख अंशहरू

अध्यक्ष अख्तरद्वारा प्रस्तुत कार्यक्रमअनुसार आगामी वर्ष पालिकाको कार्यसूची यसप्रकार रहनेछः

  • सिचाइ पूर्वाधारमा जोड : ९०० थान बोरिङ पाइप वितरण तथा ८०० थान इलेक्टिक मोटर उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको छ। नेपाल विद्युत प्राधिकरणसँगको साझेदारीमा १६ करोडको सिचाइ परियोजना प्रस्ताव गरिँदा पालिकाले २० प्रतिशत लागत वहन गर्नेछ।
  • कृषि प्रवर्द्धन : सहकारी तथा समूहमार्फत मकै र तरकारी खेतीलाई प्रवर्द्धन गर्ने कार्यक्रम सञ्चालन गरिनेछ।
  • पशुपालन क्षेत्र सशक्तीकरण : पशु औषधि, च्यापकटर वितरण तथा पशु सेवा प्रयोगशाला सञ्चालनको तयारी।
  • सामाजिक सुरक्षा बीमा : विपन्न, दलित तथा गरिब वर्गका २१०० जनालाई निःशुल्क सामाजिक सुरक्षा बीमा।
  • शिक्षा सुधार : अध्यक्ष सुधार कार्यक्रमअन्तर्गत ४ वटा विद्यालयमा भौतिक तथा प्रविधियुक्त सामग्री, नयाँ पाठ्यक्रम, डेस्क-बेन्च मर्मत, डिजिटल बोर्ड, कम्प्युटर र वाइट बोर्ड वितरण।
  • अंग्रेजी माध्यम विस्तार : वडा नं. ४ मा कक्षा १ र २ मा अंग्रेजी माध्यमबाट पठनपाठन सुरु भइसकेको छ भने थप ३ विद्यालयमा आगामी सत्रदेखि अंग्रेजी माध्यमको कार्यान्वयन हुने।
  • स्वास्थ्य सेवामा पहुँच : २ एम्बुलेन्सको खरिद लक्ष्यअन्तर्गत एक एम्बुलेन्स हस्तान्तरणको अन्तिम चरणमा, अर्को प्रक्रिया सम्पन्न हुन बाँकी। वडा नं. ५ मा १५ शैयाको अस्पताल निर्माणको तयारी।
  • पूर्वाधार विकास : संघ, प्रदेश र तराई–मधेश समृद्धि कार्यक्रमको साझेदारीमा २२ किमी कालोपत्रे सडक निर्माण कार्य अघि बढाइएको।
  • सडक बत्ती विस्तार : करिब ३० किमी क्षेत्रका सडकमा विद्युतीय तार विस्तार गरी १२०० बत्ती जडान गरिएको, आगामी वर्ष थप विस्तार गरिने।
  • तटबन्ध निर्माण : सुनसरी खोलादेखि दक्षिण ४ किमी र उत्तर ७ किमी क्षेत्रमा तटबन्ध निर्माणको योजना।
  • सांस्कृतिक क्षेत्र संरक्षण : स्थानीय धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणमा नागरिकको सक्रिय सहभागिता सुनिश्चित गरिने।
  • डिजिटल सेवा प्रवाह : सेवा प्रणालीलाई प्रविधिमैत्री बनाउँदै समस्त वडा कार्यालयहरूमा पूर्वाधार सुदृढीकरण गरिने।
  • न्यायिक सशक्तीकरण : मेलमिलाप केन्द्रलाई सक्रिय बनाउँदै न्यायिक समितिको क्षमता अभिवृद्धिमा जोड।
  • समावेशी विकास : महिला, जेष्ठ नागरिक, बालबालिका तथा अपांगता भएका व्यक्तिहरूको संरक्षण र सशक्तीकरणमा केन्द्रित कार्यक्रम।

बजेटको संरचना

गाउँपालिकाले आगामी वर्षका लागि कुल रु. ६० करोड ३६ लाख ५० हजार १ सय ९५ बराबरको बजेट प्रस्ताव गरेको छ। त्यसअनुसार,

  • चालु खर्च : रु. १५ करोड ४ लाख १५ हजार १ सय ९५
  • पूँजीगत खर्च : रु. १४ करोड ९७ लाख
  • प्रदेश सरकारबाट शर्तबद्ध अनुदान : रु. २ करोड ६० लाख ३५ हजार
  • संघीय सरकारबाट शर्तबद्ध अनुदान : रु. २७ करोड ७५ लाख

अध्यक्ष अख्तरका अनुसार कालोपत्रे सडक निर्माणको दायित्व भुक्तानी गर्नुपर्ने बाध्यताले अन्य कार्यक्रमहरूलाई सन्तुलित राखी बजेट विनियोजन गरिएको हो।

त्यसैगरी सभा समापनमा अध्यक्ष अख्तरले समृद्ध गाउँपालिका निर्माणका लागि योजना, कार्यान्वयन र निगरानीमा सबै पक्षको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै भने,

“समृद्धिको मार्ग जनताको सहभागिताबाट खुल्छ। हामी योजनाबद्ध ढंगले, प्रभावकारी कार्यान्वयनमार्फत समाज रूपान्तरणको दिशामा दृढतापूर्वक अघि बढिरहेका छौं।”

Tags: १८औं६० करोड बढीगाउँपालिकागाउँसभा सम्पन्न:नीति तथा कार्यक्रमभोक्राहा नरसिंहसार्वजनिक गर्‍याे

Related Posts

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
FEATURE

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
0

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्‍याएको...

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल
FEATURE

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
0

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहत स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरूमाथि यौन शोषण तथा यौन दुर्व्यवहारसम्बन्धी...

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    792 shares
    Share 317 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    726 shares
    Share 290 Tweet 182
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist