इनरुवा– सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि कुल ६० करोड ३६ लाख ५० हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।
साेमबार सम्पन्न १८औं गाउँसभा अधिवेशनमार्फत गाउँपालिकाका अध्यक्ष अजमल अख्तर ‘अजाद’ले वार्षिक नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुति गर्नुभएको हो। हिजो आइतबार गाउँसभाको उद्घाटन पालिकाको सभा हलमा औपचारिक कार्यक्रमकाबीच सम्पन्न भएको थियो ।
भने आज गाउँपालिका अध्यक्ष अजादले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार विकास तथा सामाजिक समावेशीकरणजस्ता क्षेत्रलाई उच्च प्राथमिकतामा राखिएको छ।
अध्यक्ष अजादले कृषिमा आधारित जीवनशैली भएका किसानलाई थप प्रोत्साहनका लागि कृषि मोटर, बोरिङ, निःशुल्क स्वास्थ्य बीमा, ग्रामीण सडक तथा बाटो कालोपत्र, मर्मत सम्भार, महिलाको उद्यमशिलता तथा क्षमता अभिवृद्धि, ज्येष्ठ नागरिकलाई प्राथमिकता, पोलबत्ती जडान लगायतका कार्यक्रम निरन्तर सञ्चालन गरिने जानकारी दिए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सुनिता कुमारी उराँव, प्रमुख प्रशासकीय अधिकृत विनोद अधिकारी, वडा नं. १ का अध्यक्ष लक्ष्म मेहता, वडा नं. २ का अध्यक्ष आलम अन्सारी, वडा नं. ३ का अध्यक्ष धिरेन्द्र यादव, वडा नं. ४ का अध्यक्ष हारुण अन्सारी, वडा नं. ५ का अध्यक्ष हबिब मन्सुरी, वडा नं. ६ का अध्यक्ष सेराजुद्दिन मन्सुरी, वडा नं. ७ का अध्यक्ष बाैवालाल यादव, वडा नं. ८ का अध्यक्ष भोला हाजी,नेपाल रेडक्रस सोसाइटी भोक्राहा नरसिंहका सभापति युवराज दाहाल, कार्यपालिका सदस्य, वडा सदस्य, पालिकाका कर्मचारीहरू तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।
गाउँसभा शान्तिपूर्ण र सफल रूपमा सम्पन्न भएको पालिकाले जनाएको छ।










Discussion about this post