काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले आज सातै प्रदेशका १४ जना उत्कृष्ट कृषकहरूलाई विशेष सम्मान प्रदान गर्नुभएको छ। कृषि क्षेत्रको विकासमा उल्लेखनीय योगदान पुर्याएका उनीहरूलाई ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार कार्यविधि, २०८१’ अनुसार छनोट गरिएको हो।
संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रदेशस्तरीय कृषि मन्त्रालयहरूको सिफारिसमा उत्कृष्ट कृषकको छनोट गरी सम्मानका लागि राष्ट्रपतिकहाँ सिफारिस पठाएको थियो।
समारोहमा राष्ट्रपतिद्वारा प्रत्येक कृषकलाई नगद रु. २ लाख सहित प्रशंसापत्र प्रदान गरिएको हो।
सम्मानित कृषकहरूको नामावली
१. सुरेश कुमार मेहता – आर्य कृषि फर्म, गढी गा.पा.–६, सुनसरी
२. रमेश साह – रमेश कृषि फर्म, रङ्गेली न.पा.–१, मोरङ
३. भरत कुमार यादव – शम्भुनाथ माछा फार्म, शम्भुनाथ न.पा.–४, सप्तरी
४. हिरा बहादुर थापा मगर – निजगढ केरा एग्रिकल्चर फर्म, निजगढ न.पा.–९, बारा
५. चेतप्रसाद ढकाल – कालिका पशु विकास केन्द्र, रत्ननगर न.पा.–१५, चितवन
६. दयाराम मचामसि – ग्रीनलाइन एग्रो प्रा.लि., सूर्यविनायक न.पा.–८, भक्तपुर
७. छिरिङ ढोका गुरुङ – ङवाङ हिसी कृषि तथा पशुपन्छी अर्गानिक फर्म, बारागुङ मुक्तिनाथ गा.पा.–३, मुस्ताङ
८. वाटुली तिवारी – मित्र बाटिका कृषि फर्म, हुप्सेकोट गा.पा.–४, गिरुबारी, नवलपरासी (प.सु.पु.)
९. जयपाल मौर्य – डुडुवा गा.पा.–६, बाँके
१०. सुवास कुर्मी – श्री शान्ति उन्नत पशुपालन तथा माछा फर्म प्रा.लि., सियारी गा.पा.–३, रुपन्देही
११. गोविन्द ओली – गुर्भाकोट न.पा.–१३, सुर्खेत
१२. भरतनाथ योगी – बागचौर न.पा.–८, सल्यान
१३. प्रेम प्रसाद जोशी – खप्तड पशुपन्छी तथा कृषि फर्म, जानकी गा.पा.–५, कैलाली
१४. लोक बहादुर थापा – कैलाशेवरी कृषि तथा पोल्ट्री फर्म प्रा.लि., धनगढी उप–म.न.पा.–१६, कैलाली
कृषि तथा पशुपालन क्षेत्रमा नवप्रवर्तन, व्यावसायिकता र आत्मनिर्भरताको अभ्यासमा सक्रिय रूपमा योगदान पुर्याउने कृषकहरूलाई राष्ट्रिय तहमा सम्मानित गरिनु सराहनीय कदम भएको टिप्पणी विज्ञहरूले गरेका छन्।
संघीय मन्त्रालयले आगामी वर्षहरूमा यस्ता सम्मानहरूलाई अझ संस्थागत र नियमित बनाउन नीतिगत तयारी थालिएको जानकारी दिएको छ।










Discussion about this post