अमर खड्का /इटहरी । विद्यालयबाटै शिक्षालाई व्यवहारिक बनाएर स्वदेशमै काम गर्ने वातावरण तयार गर्न इटहरी वडा नं. १ मा सञ्चालित राष्ट्रिय माध्यमिक विद्यालयमा ‘शिक्षाको संसारबाट कामको संसार’ कार्यक्रम सुरु भएको छ । यसका लागि बुधबार कक्षा १० का ३० जना विद्यार्थीको पाँचवटा समूहमध्ये तीनवटा समूह चयन गरिएको छ ।
इन्सियूर÷हेल्भेटास परियोजनाको सहयोगमा विद्यार्थीहरुलाई ‘शिक्षाको संसारमा स्थानान्तरणका लागि उद्यमशीलता सीप विकास कार्यक्रम’ अन्तर्गत व्यवसायिक योजना निर्माण तथा उत्कृष्ट समूहको घोषणा कार्यक्रममा तीनवटा समूह चयन गरिएको स्रोत शिक्षक युवराज काफ्लेले बताए । उनका अनुसार विद्यार्थीहरुले गर्ने कार्यको प्रस्ताव पेस गरि प्रस्तुतीका आधारमा चयन गरिएको हो ।
चयन भएका विद्यार्थीको प्रत्येक समूहलाई अब सात–सात हजार रुपैयाँ प्रदान गरिनेछ । सो रकमबाट विद्यार्थीहरुले विद्यालय हाताभित्रै पढाईलाई कुनै असर नपर्ने गरि आम्दानी हुने कार्य गर्नेछन् ।
माध्यमिक विद्यालयका विद्यार्थीहरुमा उद्यमशीलता सम्बन्धी सीप, सिर्जनाशीलता र नवप्रवर्तन क्षमताको विकास गरि व्यवसायिक योजना तयार गर्ने र कार्यान्वयनका लागि उत्प्रेरण प्रदान गर्ने मुख्य उद्देश्य राखेर यस्तो कार्यक्रम सुरु गरिएको प्रधानाध्यापक सरनकुमार बस्नेतले बताए । यसले विद्यार्थीलाई सैद्दान्तिक शिक्षासँगै व्यवहारिक ज्ञान पनि प्राप्त हुने र आयआर्जनसँग जोड्दा परनिर्भरता पनि हट्ने बस्नेतले बताए ।
भोक्राहा नरसिंह गाउँपालिकाद्वारा स्वास्थ्य संस्थालाई कम्प्युटर तथा प्रिन्टर सेट हस्तान्तरण
इनरुवा । सुनसरीकाे भोक्राहा नरसिंह गाउँपालिकाले पालिकाभित्र रहेका स्वास्थ्य संस्थाहरूमा PAMS V2 र EHMIS प्रणाली अद्यावधिक तथा प्रभावकारी रूपमा सञ्चालन गर्न...










Discussion about this post