काठमाडौं । असार १५ का अवसरमा दही चिउरा खाने संस्कृतिको विशेषता र महत्वलाई उजागर गर्दै सेफ्स एसोसिएसन अफ नेपालले दही चिउरा प्रवर्द्धन कार्यक्रम सम्पन्न गरेको छ।
आइतबार राजधानीको रानीबारी–३ स्थित संस्थाको कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष रेशम कुमार लामा तामाङले नेपालका मेला, पर्व, रीतिरिवाज र संस्कृतिका आ-आफ्नै विशेषता र महत्व रहेको उल्लेख गरे। उनले दही चिउरा खाने दिनले शरीरलाई शीतलता र शक्ति दिने भएकाले यसको सांस्कृतिक र स्वास्थ्यगत महत्व रहेको बताए।
कार्यक्रममा संस्थापक अध्यक्ष पुष्प थापा, पूर्व अध्यक्षहरू गोविन्द नरसिंह केसी, सेफ रत्न बहादुर थापा, जेत लामा पाख्रिन, निवर्तमान अध्यक्ष श्याम कुमार तामाङ, नाथमका प्रिन्सिपल राम कैलाश बिक्षा, प्रमुख प्रशिक्षक मनराज खत्री लगायतले दही चिउरा हाम्रो पुरानो संस्कृति भएको र यसले स्वदेशी उत्पादनको खपत बढाउनुका साथै नेपाली उद्योग प्रवर्द्धनमा टेवा पुर्याउने धारणा राखे।
कार्यक्रममा महासचिव पदम बहादुर आले मगरले असार १५ को सांस्कृतिक र कृषिपरक महत्वलाई उजागर गर्न दही चिउरा खाने कार्यक्रम गरिएको जानकारी दिए।










Discussion about this post