इटहरी । आज (आइतबार) सरकारले हरेक वर्ष असार १५ लाई धान दिवसको दिनको रुपमा मनाउने गरेको छ । साथै, नेपाली समाजमा परम्परागत रुपले नै असार १५ मा दही चिउरा खाने चलन पनि रहँदै आएको हो ।
धान रोपाई र दही चिउरा खाने दिनको महत्वबारे इटहरी वडा नंं. १ मा सञ्चालित श्री राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीहरुले शैक्षिक प्रदर्शनीमा सहभागीलाई बताउँदै थिए । विद्यालयमा आयोजित शैक्षिक प्रदर्शनीमा अवलोकन गर्न आएका अभिभावक तथा तल्लो कक्षा विद्यार्थीलाई स्टलमा राखिएको दही चिउरा खानका लागि कक्षा १२ मा अध्ययनरत विनिसा खनाल आग्रह गर्दै थिइन् ।
राष्ट्रिय माध्यमिक विद्यालय कक्षा १२ को विज्ञान, व्यवस्थापन, शिक्षा, होटल म्यानेजमेन्ट र तीन वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ्सँगै कक्षा १० का ‘शिक्षाको संसारबाट कामको संसार’ परियोजनामा छनोट भएका तीनवटा समूहका विद्यार्थीले एक दिने फुड फेयर एण्ड प्रोजेक्ट वर्क प्रदर्शनी गरे । पहिलोपल्ट विद्यालयले आयोजना गरेको प्रदर्शनीमा परम्परागत सीप र प्रविधिका सामग्री पनि राखेका थिए ।
प्रदर्शनीमा परम्परागत खानाका परिकार पनि राखिएको थियो । ती खानेकुमार विद्यार्थी आफैले बनाएका हुन् । ‘खानेकुरा वास्तवमा हाम्रो जीवन पद्धति सुहाउँदो हुनुपर्छ,’ कक्षा १२ मा अध्ययनरत सेलरोटी बनाउँदै गरेको अवस्थामा भेटिएकी अस्मी राईले भनिन, ‘अधिकांश नेपाली मौलिक खाना लोप हुँदै गएको अवस्थामा त्यसलाई पुनः प्रयोगमा ल्याउनु र प्रचारप्रसार गराउनु आजको आवश्यता छ ।’
विद्यार्थीलाई कक्षामा सिकेको सैद्दान्तिक ज्ञानलाई व्यवहारिक रुपमा अभ्यास नै गराउनका निम्ति गरिएको शैक्षिक प्रदर्शनी गरिएको प्रधानाध्यापक सरनकुमार बस्नेतले बताए । उनका अनुसार विद्यार्थीहरुलाई छोटो सूचना गरेका आधारमा शैक्षिक प्रदर्शनी गरिएको हो । कक्षाकोठामा सैद्दान्तिक ज्ञान जे दिइएको छ त्यसलाई व्यवहारिक रुपमा अभ्यास गराउनु उत्तम हुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कोविदजंग कार्कीले बताए ।
उनका अनुसार आगामी दिनदेखि हरेक वर्ष यस्तो प्रदर्शनी गर्ने योजना रहेको बताए ।
प्रदर्शनीमा १५ वटा स्टल राखिएका थिए । तीमध्ये तीनवटा स्थल इन्स्योर-हेल्भेटास परियोजनाको सहयोगमा विद्यार्थीहरुलाई ‘शिक्षाको संसारमा स्थानान्तरणका लागि उद्यमशीलता सीप विकास कार्यक्रम’ मा छनोट भएका विद्यार्थीको हरेको सहायक प्रधानाध्यापक लक्ष्मी सुवेदीले बताए । प्रदर्शनी अवलोकनका लागि राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी, तिनका अभिभावक, स्थानीय गाउँलेसहित आसपासका शैक्षिक संस्थाका विद्यार्थीहरु सहभागी भएका थिए ।
उज्यालो नेपाल पार्टीको जलविद्युत् शेयर योजना सार्वजनिक
काठमाडौं – उज्यालो नेपाल पार्टीले आफ्ना निर्वाचन घोषणापत्रमा देशभरका प्रत्येक घरपरिवारलाई जलविद्युत आयोजनामा प्रत्यक्ष स्वामित्व दिलाउने महत्वाकांक्षी योजना अघि सारेको...










Discussion about this post