• pradeshpoint
  • Pradeshpoint
Monday, April 27, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

कोशी प्रदेश ठुलो सरकारी स्वास्थ्य संस्था धराशायी

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ असार ३१ गते, १६:३६ बजे प्रकाशित
in FEATURE, पालिका खबर, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
कोशी प्रदेश ठुलो सरकारी स्वास्थ्य संस्था धराशायी
12
SHARES
Share on FacebookShare on Twitter

विराटनगर । स्वास्थ्य बीमा बोर्डको एउटा निर्णयले कोशी प्रदेशकै ठुलो सरकारी स्वास्थ्य संस्था, विराटनगरस्थित कोशी अस्पताल धराशायी हुनसक्ने सरोकारवालाले बताएका छन् ।

बीमा बोर्डले आगामी साउन १ गतेदेखि लागू हुने गरी कोशी अस्पताललाई ‘प्रथम सेवा विन्दु’ बाट हटाइएपछि यसको वार्षिक २० करोड रुपैयाँभन्दा बढीको आम्दानी गुम्ने निश्चित भएको हो ।

यो निर्णयले अस्पतालको आर्थिक अवस्था कमजोर पार्नेमात्रै नभएर हजारौँ बीमित बिरामीलाई निजी अस्पतालमा जान बाध्य पर्ने गरी षड्यन्त्र गरिएको भन्दै आलोचना सुरु भएको छ ।

असार १९ गते बसेको स्वास्थ्य बीमा बोर्डको बैठकले संघीय सरकार मातहतका सबै अस्पताललाई ‘प्रथम सेवा विन्दु’ बाट हटाउने निर्णय गरेको थियो । यसअघि बीमितहरूले सिधै कोशी अस्पतालमा आएर उपचार सेवा लिन पाउँथे भने अब उनीहरूले स्थानीय स्वास्थ्य संस्थाबाट सिफारिस (रिफरल) लिएर मात्र आउनुपर्नेछ । अस्पताल प्रशासनका अनुसार यो निर्णयले मासिक १ करोड ६६ लाख रुपैयाँभन्दा बढीको आम्दानी कटौती हुनेछ । वार्षिक रूपमा भने करिब २० करोड २ लाख रुपैयाँ गुम्ने देखिन्छ ।

यो निर्णयले विराटनगर महानगरपालिकाभित्रका करिब १ लाख १६ हजार ३६० बीमितलाई प्रत्यक्ष मारमा पार्नेछ । उनीहरूले अब प्राथमिक उपचारका लागि रानी प्राथमिक स्वास्थ्य केन्द्रमा जानुपर्नेछ । जसको सीमित पूर्वाधार र जनशक्तिले यति ठुलो चाप थेग्न असम्भव छ । कोशी अस्पतालको तथ्याङ्कअनुसार, यहाँ दैनिक आउने करिब ८५० बिरामीमध्ये आधाभन्दा बढी (४१७ जना) बीमाका हुन्छन् । जसमा लगभग २५० जनाले प्रथम सेवा विन्दुकै रूपमा उपचार गराइरहेका थिए ।

कोशी अस्पतालको आर्थिक संकट निर्णय लागू हुनुअघिदेखि नै थियो । अस्पतालले चालु आर्थिक वर्षमा बीमितको उपचार गरेबापत बोर्डसँग २८ करोड ५१ लाख रुपैयाँ दाबी गरेकोमा हालसम्म जम्मा ८५ लाख ९० हजार मात्र भुक्तानी पाएको छ । बाँकी २७ करोड ६५ लाख रुपैयाँ भुक्तानी नदिएको बोर्डले अब आम्दानीको मुख्य स्रोत नै बन्द गरिदिँदा अस्पताल चल्नै नसक्ने अवस्थामा पुग्ने भएको छ ।

अस्पतालमा कार्यरत ३७६ कर्मचारी (स्थायी, करार र ज्यालादारी) को तलब भत्तामा मात्रै मासिक डेढ करोड रुपैयाँ खर्च हुन्छ । जुन आन्तरिक आम्दानीबाट धानिएको थियो । कोशी अस्पताल विकास समितिका अध्यक्ष महेश भट्टराईले भने, ‘आम्दानीको स्रोत नै बन्द भएपछि हामीले कर्मचारीलाई तलब खुवाउन र अस्पतालको प्रशासनिक खर्च धान्न सक्दैनौं । यो निर्णयले अस्पताल बन्द हुने अवस्था आउन सक्छ ।’

यो निर्णयलाई स्वास्थ्य क्षेत्रका विज्ञ र जनप्रतिनिधिहरूले ‘जनविरोधी’ र ‘निजी अस्पताल पोस्ने षड्यन्त्र’ को संज्ञा दिएका छन् । संघीय सांसद अमनलाल मोदीले प्रतिनिधिसभामा बोल्दै यो निर्णय स्वास्थ्य क्षेत्रका बिचौलियाको प्रभावमा गरिएको आरोप लगाए । ‘पालिकास्तरका स्वास्थ्य संस्थाबाट रिफरल लिएर बिरामी सरकारीमा होइन, सिधै निजी अस्पतालमा जान बाध्य हुन्छन्,’ उनले भने, ‘यसले सरकारी अस्पताललाई धराशायी बनाउँछ । यो निर्णय तत्काल खारेज गरियोस् ।’

कोशी अस्पताल कर्मचारी युनियनका अध्यक्ष डा. रोशन खड्काले पनि यो निर्णयले आम नागरिकको स्वास्थ्य अधिकार हनन गर्ने र स्वास्थ्य बीमा कार्यक्रमको उद्देश्य नै असफल पार्ने खतरा औंल्याए ।

अस्पतालकी प्रमुख मेडिकल सुपरिन्टेन्डेण्ट (मेसु) डा. रुणा झाले बोर्डको निर्णय तत्काल सच्याउन माग गरेकी छिन् । ‘कोशीमा आउने अधिकांश बिरामी गरिब र स्वास्थ्य बीमाकै भरमा उपचार गर्नेहरू छन् । उनीहरूलाई अर्को ठाउँबाट रिफरल लिएर आउनु निकै झन्झटिलो र अव्यवहारिक छ,’ उनले भनिन्, ‘हामीले स्वास्थ्य मन्त्रालय र बोर्डलाई पत्राचार गरिसकेका छौँ । यदि यो निर्णय फिर्ता भएन भने जनता र सरकार कसैको पनि हित हुँदैन ।’

अस्पताल प्रशासन, कर्मचारी, जनप्रतिनिधि र स्थानीय नागरिकले कोशी अस्पतालजस्तो महत्त्वपूर्ण संस्थालाई प्रथम सेवा विन्दुबाट हटाउने हचुवा निर्णय तुरुन्त फिर्ता लिएर यसको सेवालाई पूर्ववत् रूपमा सञ्चालन गर्न दिन सरकार र बीमा बोर्डसँग माग गरेका छन् ।

Tags: कोशीठुलोधराशायीप्रदेशसरकारीसंस्थास्वास्थ्य

Related Posts

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
FEATURE

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
0

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्‍याएको...

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल
FEATURE

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
0

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहत स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरूमाथि यौन शोषण तथा यौन दुर्व्यवहारसम्बन्धी...

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    792 shares
    Share 317 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    726 shares
    Share 290 Tweet 182
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist