विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका-२ मा रहेको विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा १० शैयाबाट क्षमता वृद्धि गरी १७ शैयाको सुविधा सम्पन्न पि.आई.सि. यु (PICU) सञ्चालनमा आएको छ। हस्पिटलको चौथो तल्लामा स्थापना गरिएको यस पि.आई.सि. यु मा ३ वटा आइसोलेसन कक्षसहित १७ शैयाको व्यवस्था गरिएको छ। विराट नर्सिङ होमका सिइओ तथा विराट मेडिकल कलेज टिचिङ हस्पिटलका बोर्ड अफ डिरेक्टर डा. निकिता कार्की र नवजात शिशु तथा बाल रोग विशेषज्ञ प्रोफेसर डा. हेमसागर रिमालले रिबन काटेर पि.आई.सि. यु को उद्घाटन गर्नुभएको थियो।
उद्घाटन कार्यक्रममा डा. चन्द्र भुषण झा, डा.सतिश यादव, डा.मनोज कुमार चौधरी, नर्सिङ सुपरिटेन्डेन्ट आयुषमा साक्य, नर्सिङ इन्चार्ज अप्सरा पुर्कुटीलगायतको उपस्थिति रहेको थियो। यस पि.आई.सि. यु मा पहिले १० शैयाको व्यवस्था थियो । भने हाल १७ शैयाको सुविधा सम्पन्न सेवा उपलब्ध छ। हाल डेडिकेटेड पेडियाट्रिक ICU लेभल ३ सञ्चालनमा रहेको छ।
हस्पिटल प्रशासनले छिट्टै पेडियाट्रिक आई.सि. यु लेभल ४ को विस्तार गरिने जनाएको छ। यो सेवाले पूर्वी नेपालका बालबालिकाहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नेछ।










Discussion about this post