काठमाडौं । नेपाल प्रहरीको बढुवा प्रक्रियामा लामो समयदेखि चलिरहेको अन्धकार, अन्योल र रस्साकस्सीलाई चिर्दै अन्ततः न्यायको उज्यालो झुल्किएको छ। प्रहरी संगठनभित्र वर्षौंदेखि खेलिंदै आएको शक्ति, साजिश र सत्ताको बर्चस्वबीच एक जना निडर अधिकृतले आफ्नो वरियता र कर्मको बलमा स्थान सुरक्षित गरेका छन्—कमल थापा।
साजिशको पिँजरा, निष्कपटको उडान
२०५८ सालको ब्याचमा पहिलो नम्बरमा परेका थापा यसअघि पटक–पटक योजनाबद्ध रूपमा बढुवा प्रक्रियाबाट छुटाइँदै आएका थिए। सत्ताको वरिपरि घुम्ने केही नेता, संगठनभित्रकै ईर्ष्यालु पंक्ति र प्रायोजित सञ्जालहरूले उनलाई बनावटी मुद्दामा फसाउने प्रयास गरे। निष्पक्ष र निर्भीक प्रहरी नेतृत्व देख्न नसक्ने शक्तिहरूका लागि उनी तगडा चुनौती थिए। त्यसैले, थापालाई ‘हटाउने’ मिशन त बसेकै थियो—तर हारे।
वरियताको विजय, कनिष्ठताको पतन
गृहमन्त्री र संगठनबीचको रस्साकस्सीमा लामो समय अल्झिएको बढुवा अन्ततः प्रधानमन्त्री कार्यालयबाट आएको स्पष्ट निर्देशनले टुंगिएको हो—वरियता र कार्यकुशलता हेरेर मात्रै बढुवा गर। अनि तयार भयो सूची, जसमा थापाको नाम चम्कियो शीर्ष स्थानमा। संगठनभित्र गुम्सिएको न्यायले अहिले सास फेरिरहेको छ।
भविष्यको महानिरीक्षक कमल थापा?
थापा मात्र होइन, २०५८ सालको ब्याचका डीएन ज्ञवालीजस्ता अन्य पात्रको पनि सम्भावना देखिन्छ। तर, थापाको मार्ग अब एक कदम अगाडि बढेको छ—प्रहरी महानिरीक्षक (आईजीपी) सम्मको यात्रा सम्भव देखिन थालेको छ। यदि यिनै थापा पहिले नै बढुवा भएका भए, संगठनले यति बेला एकनिष्ठ नेतृत्व पाइसकेको हुन्थ्यो।
काठमाडौंदेखि शुद्धिकरणसम्म: कमल थापा
थापा कुनै सामान्य अधिकृत होइनन्। जनयुद्धको कालखण्डमा कमाण्डो टोलीको नेतृत्व, सीआईबी, अख्तियार र सम्पत्ति शुद्धिकरणजस्ता संवेदनशील क्षेत्रमा उनको भूमिका निर्विवाद छ। स्पष्ट वक्ता, सिद्धान्तमा अडिग र अनुशासनमा कठोर यो अधिकारी संगठनभित्र धेरैका लागि आदर्श र केहीका लागि डर हुन्।










Discussion about this post