• pradeshpoint
  • Pradeshpoint
Saturday, May 2, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

मोरङको सिंघीया खोलादेखि नयाँबजारसम्म करिब ६ किलोमिटर सडक ६ वर्षसम्म बेहाल

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ साउन १३ गते, १२:२७ बजे प्रकाशित
in FEATURE, पालिका खबर, भ्रष्टाचार, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
मोरङको सिंघीया खोलादेखि नयाँबजारसम्म करिब ६ किलोमिटर सडक ६ वर्षसम्म बेहाल
18
SHARES
Share on FacebookShare on Twitter

विराटनगर । र्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत मोरङको कटहरी गाउँपालिकामा पर्ने सिंघीया खोलादेखि नयाँबजारसम्मको सडक खण्डको निर्माण कार्यमा ढिलासुस्ती भएको भन्दै ठेक्का रद्द गर्ने दबाब बढ्दै गएको छ ।

करिब ६ किलोमिटर सडक खण्ड निर्माणको ठेक्का लागेको ६ वर्ष बितिसक्दा पनि भौतिक प्रगति २७ प्रतिशतमा सीमित छ । निर्माण व्यवसायीको चरम लापरबाही र सरकारी निकाय निरीह बन्दा अलपत्र परेको यो सडकले हजारौँ नागरिकको दैनिकी कष्टकर बनाएको छ ।

यो सडकमा घाम लाग्दा धुलो र पानी पर्दा हिलोले वरिपरिका सर्वसाधारण समस्यामा छन् ।

यो सडक खण्ड हुलाकी राजमार्गको रतुवा खोलादेखि विराटनगरको केशलिया खोलासम्मको ४४ किलोमिटर लामो परियोजनाको एक हिस्सा हो । तीन वर्षभित्र चार लेनको फराकिलो सडक निर्माण सम्पन्न गर्ने लक्ष्यसहित २०७६ सालमा तीन अर्ब ६० करोड रुपैयाँमा गजुरमुखी र श्रेष्ठ कन्स्ट्रक्सन प्रालिलाई संयुक्त ठेक्का दिइएको थियो । तर, कटहरी खण्डको जिम्मेवारी पाएको श्रेष्ठ कन्स्ट्रक्सनले कामलाई पूर्णतः बेवास्ता गर्दा सिङ्गो परियोजनाकै गतिमा अवरोध सिर्जना भएको छ ।
सिंघीया खोलादेखि कटहरी–४ स्थित जुडीखोलासम्मको ६ किलोमिटर खण्डको निर्माण सम्झौता २०७६ कार्तिक २४ गते भएको थियो । सुवास श्रेष्ठ सञ्चालक रहेको श्रेष्ठ कन्स्ट्रक्सनले ७६ करोड रुपैयाँमा लिएको यो ठेक्का तीन वर्षभित्र २०७९ कार्तिक २३ गतेसम्ममा सम्पन्न गर्नुपर्ने थियो । तर, तोकिएको समयमा काम सुरुसमेत हुन नसकेपछि पहिलो पटक म्याद थप गरियो ।

त्यसपछि पनि कामले गति नलिएपछि दोस्रो पटक म्याद थप गरेर २०८२ जेठ मसान्तसम्मको समयसीमा तोकिएको भनिए पनि हुलाकी सडक आयोजनाका अनुसार दोस्रो पटक थपिएको म्याद समेत गत जेठ मसान्तमै सकिइसकेको छ । ६ वर्षको लामो अवधिमा जम्मा २७ प्रतिशत काम भएको छ ।

‘घरको झ्याल–ढोका थुनेर पनि धुलोबाट बच्न सकिँदैन, खानामा र ओछ्यानमा समेत धुलो हुन्छ,’ कटहरीका स्थानीय गोकुल भट्टराईले आफ्नो पीडा पोखे, ‘अब त अति भयो । हामीले जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीकै कार्यकक्षमा ठेकेदारका प्रतिनिधिसँग २२ पटकभन्दा बढी छलफल गर्‍यौं । हरेक पटक ‘अब छिट्टै पिच हुन्छ’ भन्ने आश्वासन मात्रै पाइयो, तर काम भएन । अब यो ठेक्का तोडेर ठेकेदारलाई कालोसूचीमा राखी कारबाही गर्नुपर्छ । नत्र यहाँका जनताले कहिलेसम्म दुःख पाउने ?’

कटहरी–२ का पूर्ववडाअध्यक्ष किशोर पाण्डेका अनुसार यो सडक खण्ड औद्योगिक क्षेत्रसँग जोडिएकाले हजारौँ श्रमिकहरू दिनहुँ साइकलमा यही बाटो प्रयोग गर्छन् । ‘हिलो र खाल्डाखुल्डीले गर्दा साइकलयात्रीहरू लडेर घाइते हुने घटना सामान्य भइसक्यो । कतिपय गम्भीर दुर्घटनामा परेर ज्यानसमेत गएको छ’, उनले भने, ‘यो सडक अब विकास मार्ग नभई मृत्यु मार्ग बन्दैछ । जनताको पीडाको कुनै सुनुवाइ भएन ।’

मुख्य ठेकेदार श्रेष्ठ कन्स्ट्रक्सनले काममा चरम बेवास्ता गरेपछि र सम्पर्कमा समेत आउन छाडेपछि आयोजनाले ६ महिनाअघि कांग्रेसका स्थानीय नेता अभिषेक गिरीलाई पेटी ठेक्कामा काम गर्न दिएको जानकारी गराएको छ ।

नागरिकस्तरबाट चर्को दबाब र विरोध प्रदर्शन हुन थालेपछि राजनीतिक दल र जनप्रतिनिधिहरू पनि तातेका छन् । सोमबार जिल्ला प्रशासन कार्यालय मोरङमा बसेको सर्वदलीय बैठकमा जनप्रतिनिधिहरूले एक स्वरमा वर्तमान ठेक्का रद्द गरी नयाँ प्रक्रिया थाल्न दबाब दिएका छन् ।

तर, पेटी ठेकेदारले पनि कामलाई गति दिन सकेको छैन । पेटी ठेकेदारका प्रतिनिधि किशोर अटलले बिजुलीका खम्बाहरू नहटाउँदा काम गर्न अप्ठ्यारो परेको तर्क अघि सारेका छन् । यद्यपि, उनले मुख्य ठेकेदारले काम गरेको रकम समयमै भुक्तानी नदिँदा पनि समस्या बल्झिएको स्वीकार गरे ।

हुलाकी सडक आयोजनाका प्रमुख युवराज पोखरेलले मुख्य ठेकेदार सुवास श्रेष्ठ लामो समयदेखि सम्पर्कविहीन रहेको बताए । ‘दोस्रो पटक थपिएको म्याद पनि जेठ मसान्तमा सकिइसक्यो। प्रगति २७ प्रतिशत मात्रै छ,’ उनले भने, ‘यदि ठेकेदार कम्पनी सम्पर्कमा आएर काम सुचारु गर्दैन भने हामी कानुनी प्रक्रियाअनुसार विकल्प खोज्न बाध्य हुनेछौँ ।’

नागरिकस्तरबाट चर्को दबाब र विरोध प्रदर्शन हुन थालेपछि राजनीतिक दल र जनप्रतिनिधिहरू पनि तातेका छन् । सोमबार जिल्ला प्रशासन कार्यालय मोरङमा बसेको सर्वदलीय बैठकमा जनप्रतिनिधिहरूले एक स्वरमा वर्तमान ठेक्का रद्द गरी नयाँ प्रक्रिया थाल्न दबाब दिएका छन् ।

मोरङ क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री अमनलाल मोदीले ठेकेदार कम्पनीको लापरबाही अक्षम्य भएको बताए । ‘मैले यो सडकको दुरवस्थाबारे पटक–पटक संसद् र संसदीय समितिमा आवाज उठाएको छु । यहाँ आएर ठेकेदारलाई बारम्बार भन्दा पनि काम भएन,’ सांसद मोदीले आक्रोश व्यक्त गरे, ‘अब आश्वासनले पुग्दैन । तत्काल यो ठेक्का तोड्नुपर्छ र काम नगर्ने कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढाउनुपर्छ । कटहरीका जनताले अब एक दिन पनि यो सास्ती भोग्न सक्दैनन् ।’

त्यसैगरी, प्रतिनिधिसभा सदस्य तथा कांग्रेस सांसद डिकबहादुर लिम्बूले पनि ठेकेदारलाई अन्तिम पटक सोधेर काम गर्न नसक्ने भए तत्काल नयाँ प्रक्रियामा जान सुझाव दिए । नेकपा एमाले मोरङका उपाध्यक्ष सागर थापाले दुई–दुई पटक म्याद थप्दा पनि काम नगर्ने ठेकेदारलाई कारबाहीका लागि अन्तिम चेतावनी पत्र पठाउने र अटेर गरेमा ठेक्का खारेज गर्नुपर्नेमा जोड दिए ।

पटक–पटकका आन्दोलन, दर्जनौं बैठक र जनप्रतिनिधिहरूको निरन्तरको प्रयासका बाबजुद अलपत्र हुलाकी सडकको कटहरी खण्ड अब सरकार र सम्बन्धित निकायको निर्णयको पर्खाइमा छ ।

Tags: ६ वर्षसम्मकरिब ६किलोमिटरसडकखोलादेखिनयाँबजारसम्मबेहालमोरङकोसिंघीया

Related Posts

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
FEATURE

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
0

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्‍याएको...

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल
FEATURE

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
0

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहत स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरूमाथि यौन शोषण तथा यौन दुर्व्यवहारसम्बन्धी...

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    792 shares
    Share 317 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    726 shares
    Share 290 Tweet 182
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist