विराटनगर । विराटनगरमा भदौ १ गते निकालिने यसपटकको रथको बनावट र स्वरुप फरक देखिने भएको छ । यसपटकदेखी रथलाई आकर्षक ढंगले निर्माण गरी विगतको भन्दा फरक बनाईने भएको हो । श्रीराधाकृष्ण रथयात्रा समारोह समिति २०८२ ले विराटनगरमा सोमबार पत्रकार सम्मेलनको आयोजना गरी रथयात्राको तयारीबारे जानकारी दिने क्रममा भदौ १ गते आईतबार अपरान्ह ३ः३० बजे रथयात्रा निकालिने भएको हो
छिमेकी राष्ट्र भारत तथा नेपालका कारीगरहरुद्धारा अहिले निर्माण कार्य धमाधम भईहरेका रथयात्रा मुल समारोह समितिका अध्यक्ष कैलाश रेग्मीले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । नयाँ रथको उचाई यसपटक २१ फिट ३ ईन्च, चौडाई १४ फिट, लम्बाई १९ फिट र जुवाको भाग ८ फिट रहेको रेग्मीले बताउनुभयो । रथको अग्रभाग जुवाबाट १६५ फिट लम्बाईको डोरी दायाँ र १६५ फिट लम्वाईको डोरी बायाँ पट्टि फैलिएको छ । जसलाई दायाँ पट्टिको लठ्ठामा पुरुष भक्तजन र बायाँपट्टिको लठ्ठामा महिला भक्तजनहरुले लठ्ठा तानी रथयात्रा संचालन गरिने भएको छ । नयाँ रथको निर्माण भईरहेको ८० प्रतिशत निर्माण कार्य समेत पुरा भईसकेको कार्यक्रममा जनाईएको छ । यसपटकको ५८ औं संस्करण सम्पन्न गर्न १ हजार १ सदस्यि मूल समारोह समिति गठन गरिएको छ ।
दक्षिण एशियाकै दोश्रो ठुलो रथयात्राका रुपमा स्थापित श्रीराधाकृष्ण रथयात्रा ब्यवस्थित र भब्यरुपमा सम्पन्नगर्न श्री राधाकृष्ण मन्दिर कार्यसमितिका अध्यक्ष कैलाश रेग्मीको अध्यक्षतामा १ हजार १ सदस्यिय मूल समारोह समिति गठन गरिएको छ । सोहि समितिको मातहत रहनेगरि १६ वटा उपसमितिहरु समेत गठन गरिएको छ । मन्दिर परिसरबाट प्रस्थान हुने रथ महानगरको ९ किलोमिटर क्षेत्रको परिक्रमा गर्ने क्रममा ४४ स्थानमा विश्राम गर्ने तालिका रहेको छ । यस्तै श्रीकृष्ण जन्माष्टमीको सन्दर्भ पारेर वितरण गर्ने गरिएको १ लाख १ हजार राशीको पोखरमल राठी धर्म संस्कृति पुरस्कार यसबर्ष श्री परमार्थ सिंघिया आरती सेवा समितिलाई प्रदान गरिने आयोजक समितिले जनाएको छ । विक्रमसम्बत २०१८ सालदेखी शुरु भएको श्रीराधाकृष्ण खट्यात्रा २०२५ सालबाट रथयात्रामा रुपान्तरण गरिएको थियो । खट्यात्रा शूरुआतबाट गणनागर्दा यसपटकको रथयात्राको ९४ औं महोत्सव हो ।










Discussion about this post